Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

कक्षा १२ को नतिजा विवादित बन्दै, विद्यार्थी आज माइतीघरमा प्रदर्शन गर्दै

खबरडबली संवाददाता

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको आरोप लगाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्ने घोषणा गरेका छन्।

विद्यार्थीहरूको भनाइमा नतिजा प्रकाशन हतारमा गरिँदा मूल्याङ्कनमा गम्भीर त्रुटि भएको छ। पुनर्मूल्याङ्कन र रिटोटलिङको प्रभावकारी व्यवस्था नहुँदा हजारौं विद्यार्थी अन्यायमा परेको उनीहरूको दाबी छ।

आन्दोलनको नेतृत्व रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूले गरिरहेका छन्। उनीहरूले सामाजिक सञ्जालमार्फत देशभरका विद्यार्थीहरूलाई प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।

आन्दोलन संयोजकमध्ये एक रञ्जित कार्कीले नतिजाले धेरै विद्यार्थीको भविष्य प्रभावित भएको बताए।

"छिटो नतिजा सार्वजनिक गर्ने नाममा धेरै त्रुटि भएको देखिन्छ। कतिपय विद्यार्थी छात्रवृत्तिका आवेदनबाट वञ्चित हुने अवस्थामा पुगेका छन् भने धेरैको नतिजा अपेक्षाभन्दा फरक आएको छ," उनले भने।

विद्यार्थीहरूले प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गरिसकेको र कार्यक्रम शान्तिपूर्ण बनाउन नेपाल प्रहरीसँग समन्वय भइरहेको बताएका छन्।

उनीहरूको मुख्य मागमा निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता रहेका छन्।

विद्यार्थीहरूले कक्षा १२ को नतिजा केवल अंकको विषय नभई हजारौं विद्यार्थीको शैक्षिक भविष्यसँग जोडिएको संवेदनशील विषय भएकाले सम्बन्धित निकायले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताएका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विश्वकपको नकआउट चरणमा दक्षिण अफ्रिका र क्यानडा आमनेसामने

काठमाडौं । फिफा विश्वकप २०२६ को नकआउट चरण (राउन्ड अफ ३२) को पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा भिड्ने भएका छन्। समूह चरणको अन्तिम खेलमा दक्षिण अफ...

युक्रेनी ड्रोन आक्रमणको असर : मस्कोको प्रमुख तेल रिफाइनरी ६ महिना बन्द हुने

काठमाडौं । युक्रेनले लगातार गरेको ड्रोन आक्रमणपछि मस्कोको दक्षिणमा रहेको रूसको एक प्रमुख तेल प्रशोधन केन्द्र (रिफाइनरी) कम्तीमा ६ महिनाका लागि बन्द हु...

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५१९ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १९ लाख ३१ हजार ५०२ राजस्व दाखिला भ...

जतिबेला पनि निद्रा लागिरहन्छ ? यी हुन सक्छन् कारण

काठमाडौं । दिनभर लगातार निद्रा लागिरहनु केवल कम निदाएको कारण मात्र नहुन सक्छ। पर्याप्त समय सुत्दा पनि सधैं थकान, आलस्य र निद्रा महसुस भइरहेमा त्यसले श...

कक्षा १२ को नतिजा विवादित बन्दै, विद्यार्थी आज माइतीघरमा प्रदर्शन गर्दै

काठमाडौं । कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै प्रभावित विद्यार्थीहरू आन्दोलनमा उत्रिने भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि ...

रास्वपा महाधिवेशनमा मतदान जारी, बिहान ८ बजेसम्म २१ सय मत खस्यो

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मध्यरातिदेखि सुरु भएको मतदान बिहीबार बिहानसम्म पनि ...

मोहरम पर्वलाई शान्तिपूर्ण बनाउन पर्सामा सर्वपक्षीय बैठक, ९ बुँदे आचारसंहिता जारी

वीरगञ्ज । मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन का...

गर्मी बढेपछि वीरगन्जका विद्यालय ४ दिन बिदा

पर्सा । वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो ग...

लमजुङमा विद्युत् उत्पादन बढ्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने लमजुङमा यतिबेला विद्युत् उत्पादन बढ्न थालेको छ । पर्याप्त पानी अभावमा विद्युत् उत्प...

झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण

झापा । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड र कृषि सामग्री कम्पनीको झापा शाखाले जिल्लाका सहकारी र कृषि फार्महरूमार्फत किसानलाई रासायनिक मल बिक्री गरिरहेको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending