Khabar Dabali ११ असार २०८३ बिहीबार | 25th June, 2026 Thu
Investment bank

थमन विक हत्या प्रकरण : उच्च अदालतमा ४९औँ पेशी पनि स्थगित

खबरडबली संवाददाता

महोत्तरी। मधेश प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्मा संलग्न रहेको थमन विक हत्या प्रकरणसम्बन्धी मुद्दाको उच्च अदालत जनकपुरमा तोकिएको ४९औँ पेशी पनि स्थगित भएको छ।

उच्च अदालत जनकपुरको संयुक्त इजलासमा न्यायाधीशद्वय कैलाशप्रसाद सुवेदी र कृष्णप्रसाद सुवेदीको इजलासमा बुधबारका लागि पेशी तोकिएको थियो। तर निवेदक पक्षका कानुन व्यवसायीले पेशी स्थगनको निवेदन दिएपछि सुनुवाइ अघि बढ्न नसकेको अदालतले जनाएको छ।

मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या भएको घटनामा महोत्तरी जिल्ला अदालतले २०८० मंसिर २८ गते तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रदेशसभा सदस्य अभिराम शर्मा सहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो।

जिल्ला अदालतको फैसलाबाट अभिराम शर्मासहित प्रदीप साह, संजयकुमार साह, मोहन ठाकुर, धर्मेन्द्र राय, रामशंकर शाही (शंकर शाही) र सुरेश पाण्डे दोषी ठहर भएका थिए।

उक्त फैसलाविरुद्ध अभिराम शर्माका बुवा महेन्द्र शर्मा तथा अन्य अभियुक्तका परिवारजन र प्रतिनिधिहरूले २०८१ वैशाखमा उच्च अदालत जनकपुरमा पुनरावेदन दर्ता गराएका थिए। पुनरावेदन दर्ता भएको लामो समय बितिसक्दा पनि मुद्दाको अन्तिम सुनुवाइ प्रक्रिया निष्कर्षमा पुग्न सकेको छैन।

उच्च अदालतको अभिलेखअनुसार हालसम्म उक्त मुद्दामा ४९ पटक पेशी तोकिएको छ। तीमध्ये २८ वटा पेशी विभिन्न कारणले स्थगित भएका छन्। ११ वटा पेशीमा अदालतबाट विभिन्न आदेश जारी भएका छन् भने ६ वटा पेशी ‘हेर्न नभ्याइने’ सूचीमा परेका छन्। दुई वटा पेशी ‘हेर्दाहेर्दै’ अवस्थामा पुगेका थिए भने दुई वटा पेशीमा बकपत्र सम्पन्न भएको अदालतको विवरणमा उल्लेख छ।

पछिल्ला पेशीहरू पनि निरन्तर प्रभावित हुँदै आएका छन्। असार ३ गतेको पेशी ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो भने जेठ २७ गते अर्को पेशी तोक्ने आदेश भएको थियो। जेठ २० र १३ गतेका पेशीहरू ‘लगाउ’मा रहेका अन्य मुद्दाका कारण स्थगित भएका थिए। यसअघि जेठ ६ गतेको पेशी पनि निवेदक पक्षका कानुन व्यवसायीको आग्रहमा स्थगित गरिएको थियो।

अदालतका प्रवक्ता उपरजिस्ट्रार शम्भु भुजेलका अनुसार थमन विक हत्या प्रकरणसँग सम्बन्धित अन्य सात वटा मुद्दासँगै ‘लगाउ’मा राखेर सुनुवाइ गर्नुपर्ने भएकाले पनि पेशी व्यवस्थापनमा समस्या देखिएको हो। साथै पुनरावेदक, प्रत्यर्थी वा कानुन व्यवसायीहरूको अनुपस्थिति तथा स्थगन निवेदनका कारण समेत सुनुवाइ प्रभावित हुँदै आएको उनले बताए। उनका अनुसार आगामी हप्ता असार १७ गतेका लागि अर्को पेशी तोकिएको छ र असार मसान्तभित्रै मुद्दाको टुंगो लाग्ने सम्भावना रहेको छ।

बहुचर्चित थमन विक हत्या प्रकरण लामो समयसम्म निष्कर्षमा पुग्न नसक्दा पीडित परिवार, अभियुक्त पक्ष तथा सर्वसाधारणको चासो बढ्दै गएको छ। पटक–पटक पेशी स्थगित हुँदा न्याय सम्पादन प्रक्रियामा ढिलाइ भएको भन्दै कानुन क्षेत्रका जानकारहरूले छिटो सुनुवाइमार्फत मुद्दाको टुंगो लगाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ  चाँगुनारायण  र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि  कुखुरा नष्ट ...

बारेकोट गाउँपालिकाले पारित गर्‍यो ५८ करोड दुई लाखको बजेट

जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ५८ करोड २ लाख ७८ हजार ८ सय ६६ रुपियाँ ७६ पैसा बराबरको बजेट पारित गरेको छ। बुधबार स...

रास्वपा महाधिवेशन - बिहान ९:३० बजेसम्म २५ सय प्रतिनिधिले गरे मतदान

चितवन । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत जारी निर्वाचनमा बिहीबार बिहान ९:३० बजेसम्म २,५०० प्रतिनिधिले मतदान गरेका छन...

थमन विक हत्या प्रकरण : उच्च अदालतमा ४९औँ पेशी पनि स्थगित

महोत्तरी। मधेश प्रदेशसभाका निलम्बित सांसद अभिराम शर्मा संलग्न रहेको थमन विक हत्या प्रकरणसम्बन्धी मुद्दाको उच्च अदालत जनकपुरमा तोकिएको ४९औँ पेशी पनि स्...

प्रधानमन्त्रीका सल्लाहकारलाई प्रश्न: रास्वपा सङ्घीयता नै खारेज गर्ने बाटोमा लागेको हो ?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीभित्र कुनै पनि किसिमको गुट उपगुट नरहेको स्पष्ट प...

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौँ। सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार ५४६ सामुदायिक विद्यालयमा सञ्चालन गरेको छ । स्वास्थ्य सेवा विभागका महाशाखाका निर...

रास्वपा केन्द्रीय सदस्य निर्वाचन: आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनका लागि आज साँझ ७:३० बजेबाट मतदान सुरु हुने भएको छ। पार्टीका प्रवक्ता मनिष ...

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

विराटनगर। नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेल...

रास्वपा महामन्त्रीमा गणेश पराजुलीको उम्मेदवारी घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश पराजुलीले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। चितवनमा जारी पार्टी...

रास्वपाले सार्वजनिक गर्‍यो केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची, ३८४ जनाको नाम समावेश

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका व्यक्तिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। पार्ट...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending