Ntc summer Offer
Khabar Dabali २० बैशाख २०८१ बिहीबार | 2nd May, 2024 Thu
NIMB

खेलकुद क्षेत्रको विकासमा सरकारले विशेष ध्यान दिइनेछ:प्रधानमन्त्री दाहाल

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका लागि खेल क्षेत्र बहुआयामिक सम्भावनायुक्त क्षेत्र भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिने बताएका छन् ।  

राष्ट्रिय खेलकुद परिषद्को ६० औँ वार्षिकोत्सव समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले शारीरिक र मानसिक विकासका साथै देशको बहुआयामिक विकासमा सहयोग गर्ने बताए । 

“यो एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कूटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “खेल कूटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन् । त्यसैले शारीरिक र मानसिक विकासका साथै अर्थतन्त्रको सुदृढीकरण, कूटनीतिक सन्तुलन र सहकार्य एवं देशको बहुआयमिक विकासका निम्ति यस क्षेत्रको भूमिका निर्णायक देखिँदै आएको छ ।”

आफूले आफ्नो कार्यकालमा खेलकुद, साहित्य–कला र प्रविधिको क्षेत्रलाई उच्च महत्त्व दिँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकार खेल क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनेछ ।”

यसपटक राष्ट्रिय खेलकुद परिषद्का निम्ति राम्रो संयोग जुरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले परिषद्को संरक्षकका हैसियतले आफूले परिषद्लाई दर्बिलो साथ र सहयोग विश्वास दिलाए  । 

“नेपाली खेलकुदको क्षेत्रमा केही नयाँ मानक स्थापित गर्ने मेरो विश्वास छ,” प्रधानमन्त्री प्रचण्डले भने, “परिषद्लाई नयाँ उचाइँमा उठाउँदै खेल क्षेत्रको विकास र खेलाडीहरूको वृत्तिविकासमा समर्पित हुन थप प्रेरणा मिलोस् ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सर्लाहीमा आगलागीबाट ६५ भन्दा बढी घर जले

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिका—१ स्थित बाराउद्योरण गाउँमा भिषण आगलागी हुँदा करिब ६५ घर जलेका छन् ।  आज दिउँसो स्थानीय शत्रुघन राउतको घरमा ला...

देशभर इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । तर, उनीहरूले के समस्या...

माधवनारायणमा ५ घर जलेर नष्ट, ७ लाख बढीको क्षती

रौतहट । रौतहटको माधवनारायण नगरपालिका ६  विनटोलमा बिहीवार भएको आगलागीबाट ५ घर जलेर ७ लाख भन्दा बढीको क्षती भएको छ ।  बिहीबार दिउँसो साढे १ बजे स्थान...

फरक ढङ्गको विकासको अभ्यासमा छौँ: मुख्यमन्त्री कार्की

झापा । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार फरक ढङ्गको विकासको अभ्यास गर्न लागिपरेको बताएका छन् ।  झापाको शिवसताक्षी नगरपालिका–६ ...

देशभर चारसय ३६ स्थानमा डढेलो

काठमाडौं । देश भर वन डढेलोको अवस्था बिकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज  ५३ जिल्लाका चार सय ...

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी । कर्णाली नदीमा एक जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका–७ का ५५ वर्षीय दिलबहादुर शाही कर्णाली नदीमा बेपत्ता भएका हुन् । नुहाउन...

अफगानिस्तानलाई विश्व बैंकबाट ८४ मिलियन सहयोग

एजेन्सी । अफगानिस्तानले देशमा चलिरहेको मानवीय सङ्कटको बीचमा विश्व बैंकबाट ८४ मिलियन अमेरिकी डलर सहयोग प्राप्त गरेको टोलो न्यूजले जनाएको छ ।  उक्त स...

इजरायलद्वारा गाजाको उत्तरी क्षेत्रमा खाद्यान्न पठाउन सहजता

एजेन्सी । इजरायलले अक्टोबर ७ मा सुरु भएको विनासकारी युद्धको श्रङ्खलापछि रोकिएको इजाज क्रसिङमार्फत जोर्डनबाट उत्तरी क्षेत्रमा खाद्यान्न र चिकित्सा आपूर...

विपक्षी गठबन्धन र पाकिस्तानका नेताको साझेदारी रहेको प्रधानमन्त्री मोदीको आरोप

एजेन्सी । प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी गठबन्धन, आइएनडिआईका कांग्रेस नेता सलमान खुर्शिद र माजवादी पार्टीकी नेता मारिया आलम खानको ‘भोट जिहाद’ अ...

विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको सङ्ख्या दोब्बर बढ्ने अनुमान

एजेन्सी । एसियाली विकास बैंक (एडिबी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनले विकासोन्मुख एसिया र प्रशान्त क्षेत्रमा ६० वर्ष वा सोभन्दा माथिका मानिसको सं...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies