पाेखरा । ‘पर्यटन, संस्कृति र खाना’ नाराका साथ कास्कीको पोखरामा यही चैत २९ गतेदेखि फेवा नववर्ष महोत्सव, २०८१ आयोजना हुनेभएको छ ।
होटल सङ्घ पोखराले आज यहाँ पत्रकार सम्मेलन गरी तीन दिनसम्म चल्ने सो महोत्सवमा रैथाने एवं परम्परागत खानाको प्रवद्र्धन, सांस्कृतिक झाँकी, लोकदोहरी एवं पर्यटक दौड प्रतियोगितालगायत पर्यटन प्रवद्र्धनसँग सम्बन्धित विविध कार्यक्रम प्रस्तुत हुने जनाएको छ ।
पोखराको ड्यामसाइड चोकदेखि खहरेचोकसम्म करिब साढे तीन किलोमिटरसम्म आयोजना गरिने मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुँदा कुनै पनि किसिमको शुल्क नलाग्ने आयोजकले स्पष्ट गरेको छ । यसैगरी पोखराका होटलले महोत्सव अवधिभरका लागि यसअघि लिँदै आएको सेवा शुल्कमा २० प्रतिशतका दरले छुट दिने निणर्य गरेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
अध्यक्ष सुवेदीले १९औँ संस्करणअन्तर्गत हुन गइरहेको फेवा महोत्सवमा पोखरा र गण्डकी प्रदेशका दुई लाख स्थानीय बासिन्दासहित अन्य स्वदेशी एवं विदेशीसमेत गरी जम्मा तीन लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए ।
होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले औपचारिकरूपमा पर्यटकीय राजधानी घोषणा भइसकेपछि पोखरामा हुन गइरहेको महोत्सवलाई सफल तुल्याउन तीनै तहको सरकारसहित सम्बद्ध क्षेत्रका सबै पक्षबीच सहयोग र सहकार्य भइरहेको जानकारी दिँदै महोत्सव ऐतिहासिकरूपमा सफल हुने विश्वास व्यक्त गरे ।
होटल सङ्घ पोखराका महासचिव राजेन्द्र ढकालले कोभिड–१९ सङ्क्रमणका कारण प्रत्यक्ष प्रभावित मुलुकको होटल व्यवसायलाई लयमा फर्काउने सन्दर्भमा हुन गइरहेको फेवा महोत्सवबाट आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने धारणा व्यक्त गरे ।
पोखरामा अहिले रु पाँच खर्बको लगानीमा बनेका एक हजार २०० होटलमा ४० हजार बेड रहेको र १५ हजार नेपालीले रोजगारी पाएको होटल सङ्घ पोखराका अध्यक्ष सुवेदीले जानकारी दिए ।
कोभिड–१९ सङ्क्रमणपछि पोखराका करिब २५ प्रतिशत होटल व्यवसायी पेसाबाट विस्थापित भएको र करिब पाँच हजारले प्रत्यक्ष एवं अप्रत्यक्षरूपमा रोजगारी गुमाएको उल्लेख गर्दै आयोजक पक्षले आसन्न पोखरा महोत्सवलाई थप उपलब्धिमूलक बनाउने अभियानमा साथ दिन सबैसँग अनुरोध गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: