बारा । नेपाली काङ्ग्रेसका पुर्व सभापति मोहम्मद सहाबुदिन दम्पती फरार भएका छन् । कांग्रेस बिरगंज महानगरका पुर्व सभापती मोहम्मद सहाबुदिन र उनकी पत्नी नजमा बेगम अहिले फरार भएका हुन ।
गत साता जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली बिरगंज महानगरपालिका वडा नं. ३, छपकैया स्थित उनिहरुको निवासमा पुग्दा दुबैजना फरार रहेका थिए ।
के हो घटना ?
सहाबुदिनले २०७४ सालमा आफ्नो जग्गा बिक्री गर्ने भनी बैना स्वरुप बारा जिल्ला, कलैया उपमहानगरपालिका वडा नं.४ का दिपु प्रसाद गुप्तासंग ७५ लाख रुपैया बुझेका थिए । पैसा लिएको कागज भने उनले आफ्नी पत्नी नजमा बेगमसंग गर्न लगाएका थिए ।
साहसंग पटक पटक गरि पैसा बुझेपछी सहाबुदिनले विभिन्न बहानामा जग्गा दिन आनाकानी गर्नथाले। जग्गा पनि नदिने र पैसा फिर्ता गर्ने अवस्था समेत नदेखेपछी पांच वर्ष पछि २०७८ सालमा पिडित गुप्ताले बारा जिल्ला अदालतमा आफ्नो रकम फिर्ता गराईदिन माग गर्दै मुद्दा दायर गरे।
अदालतले २०८० पुस ८ गते गुप्ताको पक्षमा फैसला गर्दै ७ दिन भित्रमा ७५ लाख रुपया अदालतमा दखिला गर्न आदेश दिएको थियो। बिगो दाखिला नगरे सो बराबरको कैद हुने फैसला आदेश भएपछी आतिएका सहाबुदिन दम्पत्ती २०८० माघ ४ गते बारा जिल्ला अदालतमा बिन्ती पत्र चढाउँदै २०८० माघ मसांत भित्र ३ किस्तामा गरि रकम दाखिला गर्ने सुबिधा प्रदान गरिदिन आग्रह गरेका थिए ।
सोही मितिमा अदालतले माग बमोजिमको फैशला गरेपनी नजमाले रकम दाखिला गरिनन। अदालतले माघ १४ गते प्रथम किस्ताको २५ लाख रुपया सहित स्वयम् हाजिर हुन आदेश गरेपनी उनिहरु फागुन ४ गते मात्रै हाजिर भएको र सो मितिमा जम्मा २१ लाख रुपैया दाखिला गरि पुनः फागुन मसान्त सम्मको अन्तिम समय माग गरेका थिए ।
नजमाको माग बमोजिम अदालतले फेरि एक पटक फागुन मसान्तसम्मको समय दियो तर उनले रकम दाखिला गरिनन। रकम दाखिला नगरेपछी जिल्ला अदालतले चैत १ गते बिगो रकम असुल गर्न उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पर्सा प्रहरीले नजमालाई पक्राउ गर्ने आदेश बमोजिम उनको निवासमा पुग्दा उनी फरार भएकी हुन ।
यता, ७५ लाख रुपया बुझाउनु पर्नेमा जम्मा २१ लाख रुर्पया मात्र अदालतमा दाखिला गरि ५४ लाख रुपैया लिएर फरार रहेका सहाबुदिन दम्पत्तीले अहिले सामाजिक संजाल तथा केही दर्ताबिनाको अनलाईनको माध्यमले आफुले पैसा दिई दिँदा समेत प्रहरिले घरमा छापा हानी दुःख दिएको आरोप लगाउंदै आएका छ्न । तर पिडित गुप्ताले भने अदालतको निर्णय र प्रमाण सहित आफ्नो बाँकी ५४ लाख रुपैया पाउनुपर्ने भनी सहाबुदिन दम्पत्तिलाई सम्पर्कमा आउन आग्रह गरेका छन्।


यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०८३ - २२:१३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विक्रमसिंह थापाले सुनसरी, सिरहा र कपिलवस्तुमा भएका दुःखद घटनाप्रति प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन्...
श्रावण २७ गते, २०८३ - २२:०९
काठमाडौँ । नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान विकास लघुवित्त वित्तीय संस्था र दुग्ध विकास संस्थानबीच किसानबाट दूध खरिद तथा बिक्रीसम्बन्धी त्र...
श्रावण २७ गते, २०८३ - २२:००
काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरिएको हो। श्रेष्ठविरुद्ध ...
श्रावण २७ गते, २०८३ - २१:४२
ओखलढुङ्गा । सिद्धिचरण नगरपालिका–५ डाँडाखर्कका पाँच परिवारका लागि पहिरो अब वर्षायामको मात्रै समस्या रहेन, हरेक दिनको त्रास बनेको छ। दुई दशकदेखि सिस्नेख...
श्रावण २७ गते, २०८३ - २१:३२
पोखरा । हिमालको काख, पहाडका भिराला बस्ती र हरियालीले भरिएका गाउँलाई नेपालमा पानीको स्रोतको धनी मानिन्छ। तर पछिल्ला वर्षहरूमा यही पहाडमा पानीको संकट गह...
श्रावण २७ गते, २०८३ - २१:२९
काठमाडौँ । एप्पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘भिडियोटेप’को औपचारिक घोषणा गरिएको छ। ललितपुरस्थित लाबिम मलमा आयोजित...
श्रावण २७ गते, २०८३ - २१:२६
काठमाडौँ । ‘इट इज माइ ट्यालेन्ट नेपाल’ सिजन–१ को जुलाई महिनाको विजेता गिनीज अधिकारी बनेकी छन्। प्रतिभा खोजीसम्बन्धी उक्त कार्यक्रमअन्तर्गत जुलाईको उत...
श्रावण २७ गते, २०८३ - २१:२१
काठमाडौँ । गैरआवासीय नेपाली संघको १७औँ युरोप क्षेत्रीय सम्मेलनले नेपाली नागरिकताको निरन्तरता, लगानीमैत्री वातावरण, सुरक्षित वैदेशिक रोजगारी, महिला तथा...
श्रावण २७ गते, २०८३ - २१:१८
काठमाडौँ । गैरआवासीय नेपाली संघको ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन आगामी अगस्ट १५ देखि १७ सम्म चीनको ग्वाङ्झाउमा आयोजना हुने भएको छ। ‘आरोहण २०२६–...
श्रावण २७ गते, २०८३ - २१:०१
विराटनगर । केन्द्रमा फेरिएको सत्ता समीकरणको असर कोशी प्रदेश सरकारमा पनि देखिएको छ। नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ राजनीतिक सहकार्य बने...



प्रतिकृया लेख्नुहोस्: