Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

समयमा पैसा फिर्ता गर्न नसक्दा बारा कांग्रेस पूर्वसभापति सहाबुदिन दम्पती फरार

खबरडबली संवाददाता

बारा । नेपाली काङ्ग्रेसका पुर्व सभापति मोहम्मद सहाबुदिन दम्पती फरार भएका छन् । कांग्रेस बिरगंज महानगरका पुर्व सभापती मोहम्मद सहाबुदिन र उनकी पत्नी नजमा बेगम अहिले फरार भएका हुन । 

गत साता जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोली बिरगंज महानगरपालिका वडा नं. ३, छपकैया स्थित उनिहरुको निवासमा पुग्दा दुबैजना फरार रहेका थिए ।

के हो घटना ?
सहाबुदिनले २०७४ सालमा आफ्नो जग्गा बिक्री गर्ने भनी बैना स्वरुप बारा जिल्ला, कलैया उपमहानगरपालिका वडा नं.४ का दिपु प्रसाद गुप्तासंग ७५ लाख रुपैया बुझेका थिए । पैसा लिएको कागज भने उनले आफ्नी पत्नी नजमा बेगमसंग गर्न लगाएका थिए ।

साहसंग पटक पटक गरि पैसा बुझेपछी सहाबुदिनले विभिन्न बहानामा जग्गा दिन आनाकानी गर्नथाले। जग्गा पनि नदिने र पैसा फिर्ता गर्ने अवस्था समेत नदेखेपछी पांच वर्ष पछि २०७८ सालमा पिडित गुप्ताले बारा जिल्ला अदालतमा आफ्नो रकम फिर्ता गराईदिन माग गर्दै मुद्दा दायर गरे।

अदालतले २०८० पुस ८ गते गुप्ताको पक्षमा फैसला गर्दै ७ दिन भित्रमा ७५ लाख रुपया अदालतमा दखिला गर्न आदेश दिएको थियो। बिगो दाखिला नगरे सो बराबरको कैद हुने फैसला आदेश भएपछी आतिएका सहाबुदिन दम्पत्ती २०८० माघ ४ गते बारा जिल्ला अदालतमा बिन्ती पत्र चढाउँदै २०८० माघ मसांत भित्र ३ किस्तामा गरि रकम दाखिला गर्ने सुबिधा प्रदान गरिदिन आग्रह गरेका थिए ।

सोही मितिमा अदालतले माग बमोजिमको फैशला गरेपनी नजमाले रकम दाखिला गरिनन। अदालतले माघ १४ गते प्रथम किस्ताको २५ लाख रुपया सहित स्वयम् हाजिर हुन आदेश गरेपनी उनिहरु फागुन ४ गते मात्रै हाजिर भएको र सो मितिमा जम्मा २१ लाख रुपैया दाखिला गरि पुनः फागुन मसान्त सम्मको अन्तिम समय माग गरेका थिए ।

नजमाको माग बमोजिम अदालतले फेरि एक पटक फागुन मसान्तसम्मको समय दियो तर उनले रकम दाखिला गरिनन। रकम दाखिला नगरेपछी जिल्ला अदालतले चैत १ गते बिगो रकम असुल गर्न उनको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पर्सा प्रहरीले नजमालाई पक्राउ गर्ने आदेश बमोजिम उनको निवासमा पुग्दा उनी फरार भएकी हुन ।

यता, ७५ लाख रुपया बुझाउनु पर्नेमा जम्मा २१ लाख रुर्पया मात्र अदालतमा दाखिला गरि ५४ लाख रुपैया लिएर फरार रहेका सहाबुदिन दम्पत्तीले अहिले सामाजिक संजाल तथा केही दर्ताबिनाको अनलाईनको माध्यमले आफुले पैसा दिई दिँदा समेत प्रहरिले घरमा छापा हानी दुःख दिएको आरोप लगाउंदै आएका छ्न । तर पिडित गुप्ताले भने अदालतको निर्णय र प्रमाण सहित आफ्नो बाँकी ५४ लाख रुपैया पाउनुपर्ने भनी सहाबुदिन दम्पत्तिलाई सम्पर्कमा आउन आग्रह गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

चिसो बढेपछि जनकपुरका विद्यालयहरूमा एक दिन बिदा

जनकपुरधाम । अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राख्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) एक ...

आगलागीपीडित किसानलाई राहत: जलेको उखु चिनी मिलले खरिद गर्ने सहमति

सर्लाही  । एक साताअघि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा आगलागीबाट क्षति भएको उखु अब चिनी मिलहरूले खरिद गर्ने भएका छन् । आगलागीपछि उखु बिक्री नहुन...

कैदीको कैद मिनाहा राष्ट्रपतिको अधिकार होइन: सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले कैदीहरूको कैद कट्टा (मिनाहा) सम्बन्धी निर्णय अब राष्ट्रपतिसमक्ष लैजान नपाइने स्पष्ट व्याख्या गरेको छ । अदालतले यससम्बन्धी ...

निर्मल निवासको छायाँमा फुटेको राप्रपा फेरि जोडिँदै, थापा–लिङ्देन एकताको औपचारिकता आज

काठमाडौँ । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच आज औपचारिक एकता हुने भएको छ । दुई ...

आयोगको पत्रले कांग्रेसमा ल्यायाे तरंग, बयानअघि देउवासँग गोप्य रणनीति बनाउँदै रमेश लेखक

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले बयानका लागि बोलाउने निर्णय गरेपछि पूर्वगृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेसका...

कठ्याङ्ग्रिदो जाडोले थिचिएका तराईकाे जीवन: गुन्द्री ओढेर भुइँमै रात काट्दै रौतहटकी ६० वर्षीया देवरतिया देवी

रौतहट । पुसको कठ्याङ्ग्रिदो जाडो, शीतलहर र कुहिरोले तराईको जनजीवन कष्टकर बन्दै गएको छ । यही जाडोको मारमा परेकी छन् रौतहटकी ६० वर्षीया देवरतिया देवी मा...

डेंगुभन्दा खतरनाक जेईको त्रास : नेपालमा हरेक तीन संक्रमितमध्ये एकको मृत्यु, मृत्युदर ३३ प्रतिशत पुगेको खुलासा

काठमाडौं । नेपालमा डेंगुभन्दा कैयौँ गुणा घातक मानिने ‘जापानिज इन्सेफलाइटिस’ (जेई) को संक्रमण र मृत्युदर भयावह रूपमा बढ्दै गएको छ । पछिल्लो एक वर्षको त...

सुनको चाँदीको मूल्यमा दैनिक नयाँ रेकर्ड, सुन एकैदिन ५ हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको  मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको  मूल्य तोलामा ५५ सय र...

गोरखामा मानव कङ्गाल फेला, अनुसन्धान जारी

गोरखा । जिल्लाको गोरखा नगरपालिका – ५ चिल्ड्रेनपार्क नजिकै रहेको लसुने जङ्गलमा मानव कङ्गाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मानव कङ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending