Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

‘केजरीवाल लामो समय जेलमा बस्नुपर्दैन’

खबरडबली संवाददाता

एजेन्सी । दिल्लीको मदिरा नीति प्रकरणमा आफ्ना पतिलाई पक्राउ गरिएको विषयमा भइरहेको विरोध प्रदर्शन र राजनीतिक खिचातानीका बीच दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालकी पत्नी सुनिता केजरीवालले विरोध सभालाई आइतबार सम्बोधन गर्दै केजरीवाल लामो समयसम्म जेलमा बस्नु नपर्ने बताएकी छन् । 

मुख्यमन्त्री केजरीवालको पक्षमा समर्थन जुटाउन आम आदमी पार्टी (आप), विपक्षी दलहरूको गठबन्धन (इन्डिया) र उसका साझेदारहरूको शक्ति प्रदर्शनमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सुनिताले भनिन्, “केजरीवाल देशभरका करोडौं जनताको हृदयमा बसिसकेकोले संघीय सरकारले उहाँलाई लामो समयसम्म हिरासतमा राख्न सक्दैन ।”

दिल्लीका मुख्यमन्त्री हाल मदिरा नीतिसम्बन्धी मुद्दामा प्रवर्तन निर्देशालय (इडी) को हिरासतमा छन् । उक्त मुद्दा अनुसन्धानका लागि उनलाई १ अप्रिल (सोमबार) सम्म हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिइएको छ ।

उनले भनिन्, “केजरीवालले जुन दृढ सङ्कल्प र साहसका साथ लड्नुभएको छ यसले भारतीय स्वतन्त्रताका लागि सङ्घर्षका क्रममा अन्तिम बलिदान दिएका स्वतन्त्रता सेनानीहरूको सम्झना गराउँछ ।”

सभालाई सम्बोधन गर्दै उनले आगामी लोकसभा चुनावमा सत्तामा आएमा विपक्षी गठबन्धनले पूरा गर्ने बताएका छ वटा वाचा पढेर सुनाएकी थिइन् । 

विपक्षी गठबन्धनले देशभर २४ सै घण्टा बिजुली आपूर्ति, गरिबका लागि निःशुल्क विद्युत सेवा, प्रत्येक इलाका/गाउँमा राम्रो सरकारी विद्यालय, स्वामीनाथन आयोगको प्रतिवेदन अनुसार किसानहरूको सहयोगका लागि लागि न्यूनतम समर्थन मूल्य र दिल्लीलाई पूर्ण राज्यको दर्जा प्रदान गर्नु समावेश छ । केजरीवाललाई ईडीले २१ मार्चमा मदिराको अन्तः शुल्क नीतिसम्बन्धि मुद्दामा घण्टौँ लामो सोधपुछपछि गिरफ्तार गरेको थियो ।

आइतबार सबै प्रमुख विपक्षी नेताहरू रामलीला मैदानमा मञ्चमा भेला भएर केजरीवालको गिरफ्तारीको विरोध गरेका थिए ।

महार्‍यालीलाई सम्बोधन गर्दै आम आदमी पार्टीका वरिष्ठ नेता तथा दिल्लीका मन्त्री गोपाल रायले वर्तमान् मुख्यमन्त्री केजरीवाललाई मदिरा नीति प्रकरणमा पक्राउ गर्नुपर्ने कारणबारे प्रश्न उठाएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: