मुम्बई । चलचित्र क्रु २९ मार्चमा हलमा रिलिज भएको थियो । यस फिल्ममा करिना कपुर, तब्बु र कृति सेनन एयर होस्टेसको भूमिकामा छन् । पुरै फिल्म यी तीनको वरिपरि घुमेको छ ।
फिल्मले पहिलो दिन विश्वभर बक्स अफिसमा करिब २० करोडको कलेक्सन गरेको छ । योसँगै अभिनेत्री तब्बुको कामको पनि निकै तारिफ भइरहेको छ । तब्बु करिना र कृति दुवैभन्दा जेठो भए पनि उनी कुमारी हुन् । यसबारे अभिनेत्रीले धेरै वर्षअघि केही भनेकी थिइन् ।
केही वर्षअघि तब्बु अजय देवगनसँग ‘द कपिल शर्मा शो’ मा आएकी थिइन् । त्यही क्रममा कपिलले उनीसँग बिहे नगर्नुको कारण सोध्दा अभिनेत्रीले यसको पछाडिको रोचक कथा सुनाइन् । यो कथा अजय देवगनसँग सम्बन्धित छ किनभने तब्बु र अजय कलेजका साथी हुन् । उनीहरुले सँगै धेरै फिल्म पनि गरेका छन्, जुन सफल पनि भएका छन् ।
जब कपिल शर्माले तब्बुलाई सोधे, ‘तिमी यति सुन्दर र प्रतिभाशाली छौ, तब तिम्रो जीवनमा अहिलेसम्म किन कोही आएन ? किन बिहे नगरेको ? यो कुरामा तब्बुले अजय देवगनतर्फ औंल्याएर भनिन्, ‘उसलाई सोध ।’
अभिनेत्रीले थप भनिन्, ‘जब कुनै केटा मलाई कलेजमा प्रपोज गर्न आउँथ्यो, अजयले उसलाई म तिम्रो लायक छैन भनी भगाउँथे । त्यसपछि समय बित्दै जाँदा बिहे गर्ने सोचको अन्त्य भयो ।’
तर, अभिनेत्रीले हाँस्दै यसो भनिन् । मिडिया रिपोर्टका अनुसार अजय र तब्बुले एकअर्कालाई कहिल्यै डेट गरेनन् किनभने उनीहरू असल साथी बन्न पाउँदा खुसी थिए । धेरै रिपोर्टमा तब्बु कुनै समय साउथ अभिनेता नागार्जुनसँग प्रेममा थिइन् भन्ने पनि बताउँछन् । तर, अभिनेत्रीले यसबारे खुलेर अझै केही पनि भनेकी छैनन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २७ गते, २०८२ - २०:१८
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्ने भएका छन् । कीर्त...
मंसिर २७ गते, २०८२ - २०:०८
जाकार्ता । इन्डोनेसियाले ऊर्जा सुरक्षालाई सुदृढ पार्ने उद्देश्यसहित सन् २०२६ देखि डिजेलको आयात पूर्ण रूपमा बन्द गर्ने लक्ष्य तय गरेको छ। सरकार बायोडिज...
मंसिर २७ गते, २०८२ - २०:०५
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय पर्साका सर्वेक्षक रामप्रमोद राउत र कार्यालय सहयोगी अरुणप्रसाद उपाध्यायलाई घुस (रिसवत) लिई ...
मंसिर २७ गते, २०८२ - २०:०३
काठमाडाैँ । संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका आप्रवासीहरूलाई उनीहरूको मूल देश फर्काउनका लागि तय गरेको शुक्रबारको ‘डिपोर्टेसन’ उडान रद्द गरेको काराका...
मंसिर २७ गते, २०८२ - १९:५९
धनकुटा । धनकुटा नगरपालिका –९, मुलघाटस्थित तमोर नदीमा हाम फलेर एक जाना पुरुष बेपत्ता भएका छन् । शुक्रबार दिउँसो करिब २ बजे तमोर नदीमा हाम फलेर एकजन...
मंसिर २७ गते, २०८२ - १९:३२
लन्डन । बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुने बीसीसी (ब्रिटिश चेम्बर्स अफ कमर्स) ले जनाएको छ । नोभेम्बरमा जारी बजेटले अर्थतन्त्रमा उल...
मंसिर २७ गते, २०८२ - १९:२५
गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाउन पहल भइरहेको बताएका छन् । गोरखाक...
मंसिर २७ गते, २०८२ - १९:१८
म्याग्दी । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्त...
मंसिर २७ गते, २०८२ - १९:०२
तनहुँ । नेपाली कम्युनिष्ट पार्टीका नेतृ एवं पूर्वमन्त्री पम्फा भुसालले फागुन २१ गतेको चुनावले देशलाई लयमा ल्याउने विश्वास व्यक्त गरेकी छन् । नेपाली...
मंसिर २७ गते, २०८२ - १८:५६
गण्डकी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबिचको एकतापछि बनेक...




प्रतिकृया लेख्नुहोस्: