Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

यौन सम्पर्क कसरी गर्ने ?

खबरडबली संवाददाता

काठमाडाैं । मान्छेलाई यौनप्रति स्वभाविक चासो हुन्छ । यद्यपि यस सम्बन्धमा खुला बहस वा टिकाटिप्पणी गर्नु शोभनिय मानिदैन, खासगरी हाम्रो समाजमा । त्यसैले धेरैजसोले यौनप्रति उठ्ने जिज्ञासाहरु मेट्न पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदिको मद्दत लिन्छन् ।

भनिन्छ, जुन कुरा बढी लुकाइन्छ त्यसप्रति चासो र सरोकार अरु बढ्छ । यौनप्रति पनि यस्ता अनगिन्ती चासो मान्छेका मनभित्र गुम्सिएका छन् । मान्छेले के कस्ता कुरामा चासो राख्छन् ? यहाँ प्रस्तुत गरिएको छ ।

के यौन सम्पर्कको क्रममा महिलाहरू चरम सुखसम्म पुग्न सक्छन् ?
यदि महिलाको साथमा यौन सम्पर्कभन्दा पहिले महिलासाथीसँग यौन उत्तेजना आउने कुरा नगर्ने हो भने यौन सम्पर्कको क्रममा अर्गेज्म प्राप्त हुन सक्दैन । धेरै महिलाहरूको साथमा यो समस्या हुन सक्छ । यस्तोमा पुरुषले नै यौन सम्पर्कभन्दा पहिले महिलासँग प्रेमले भरिएको कुराकानी गर्नुपर्छ । त्यसबाट महिलालाई उत्तेजित गराउने र त्यसपछि महिलाको संवेदनशील अंगमा छुनुपर्छ । महिलालाई जति धेरै मानसिक रुपमा उत्तेजित गर्न सकिन्छ, उति नै धेरै यौनको मजा लिन सकिन्छ ।

धेरै छिटो स्खलित हुने समस्यालाई कसरी समाधान गर्ने ?

यौन आनन्द लिनको लागि लामो समय बिस्तारामा समय बिताउनु पर्छ नै भन्ने त छैन । छोटो समयमा पनि हामीले चरम उत्कर्ष र चरम आनन्द लिन सक्छौं । तर यसको लागि बिस्तारामा कति समय बिताउन सकिएला भन्ने चिन्तालाई सबैभन्दा पहिले हामीले भुल्नुपर्ने हुन्छ । यसको लागि धेरै समय महिलालाई उत्तेजनामा ल्याउने जस्ता कार्य पहिले गरौं । यौन सम्पर्कको लागि ३ देखि १३ मिनेटको समय उपयुक्त मान्ने गरिन्छ । तर बिस्ताराको विषयमा चिन्ता भने लिनु हुन्न ।

यौन सम्पर्कको सुरुवात कसरी गर्ने ?

प्रायः यौन सम्पर्कको सुरुवात गर्ने जिम्मेवारी पुरुष साथीसँग बढी हुन्छ । जबकि महिलाले केवल पुरुषलाई सपोर्ट मात्रै गर्ने गर्छन् । तर सधैं महिलाले सपोर्ट गर्ने र पुरुषले नै यौन सम्पर्कको सुरुवात गर्नुपर्छ भन्ने पनि हुँदैन । यदि आफ्नो सम्बन्धमा तपाईं सर्माउने खालका हुनुहुन्छ भने आफ्नो यौन सम्पर्क गर्न लागेको साथीलाई केही उत्तेजित सन्देशहरू पठाउन सक्नुहुन्छ । बिस्तारै बिस्तारै कुराकानी अघि बढ्न थालेपछि दुवै एक अर्काकोे नजिक आउनु पर्छ । आमनेसामने एक अर्काेसँग कुराकानी गर्ने र बिस्तारै यौन क्रियामा अघि बढ्दा यौनको आनन्द दुई गुणा बढी हुने गर्छ ।

के लगातार यौन सम्पर्क राख्दा महिलाको योनी शिथिल हुन्छ ?  

समय गुज्रिँदै जाँदा केही महिलामा यस्तो समस्या पनि हुन सक्छ । तर ज्यादातर महिलाको साथ यस्तो हुँदैन । महिलाहरू यौनको मजा हरेक स्थितिमा लिन सकिन्छ । बस् पुरुष साथीले महिलालाई उत्तेजित गर्न सक्नुपर्छ ।

के यौन सन्तुष्टिको लागि पुरुषको गुप्ताङ्गको आकारले असर गर्छ ?

महिला र पुरुषको शारीरिक र मानसिक स्थितिमा यौन सम्पर्कको मजा भर पर्ने गर्छ । पुरुषको गुप्तांगको आकार यसमा सहायक हुने गर्दैन ।

के महिलालाई गुद्वारमा गरिएको यौनसम्पर्कमा मजा आउने गर्छ ?

केही महिलाहरू गुद्वारमा गरिने यौनसम्पर्कलाई पनि मजा मान्ने गर्छन् भने केहीलाई यो अनावश्यक लाग्ने गर्छ । विभिन्न अध्ययनहरूले यस किसिमको यौन सम्पर्क गर्ने महिलाहरूको संख्या धेरै हुने गरेको देखाएको छ । यसमा केही नोक्सानी हुन्छ कि हुँदैन ? भन्ने यकिन नभएका कारण धेरैले यसलाई सहजै स्वीकार्ने गरेका त छैनन् । तर यो किसिमको यौन सम्पर्कमा महिला र पुरुषलाई समेत बढी आनन्द आउने गरेको अध्ययनले देखाएको छ ।

के सम्भोगको समयमा स्खलन रोक्नु खतरनाक कुरा हो ?

धेरैलाई जिज्ञासा हुन सक्छ कि सम्भोगको समयमा स्खलन रोक्नु के खतरनाक हुन्छ ? तर कुनै पनि वैज्ञानिक कारण अहिलेसम्म पत्ता लागेको छैन कि सम्भोगको समयमा स्खलन रोक्दा शरीरलाई नोक्सानी हुन्छ भन्ने । बरु यही तरिकाले पुरुषले लामो समयसम्म यौन सम्पर्क गर्न सक्छन् वा शीघ्रपतनबाट जोगिने यो अर्काे उपाय पनि हो ।

पत्नीलाई यौन सम्पर्कको लागि कसरी राजी गर्ने ?

जब पुरुषले यौन सम्पर्कको समयमा नयाँ नयाँ तरिका अपनाउनु हुन्छ भने त्यस्तो अवस्थामा पत्नीले यौनबाट नयाँ आनन्द लिन सक्छिन् । कैयौं पटक एकै किसिमको यौन आसनले महिलामा उदासीनता आउन सक्छ । त्यसैले जसरी पनि हरेक पल्टको यौन क्रियाकलापमा सकेसम्म नयाँनयाँ आसनमा यौन सम्पर्क गर्ने गरौं । यसले महिला साथी पनि यौन सम्पर्कमा सहजै स्वीकार्ने गर्छन् । एजेन्सी

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending