काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हटाउने विषयलाई लिएर सार्वजनिक भएको घटनाबारे स्पष्टिकरण दिएका छन्।
मंगलबार जारी विज्ञप्तिमा पाण्डेले नेपाल ट्रस्टको स्वामित्वमा रहेको क्षेत्रको सडक विस्तार गर्ने क्रममा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका छन्।
पाण्डेले नेपाली सेना राष्ट्रको सार्वभौमसत्ता, राष्ट्रिय एकता, सुरक्षा तथा विपद् व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको संस्था भएकाले सेनाप्रति आफ्नो पूर्ण सम्मान रहेको बताएका छन्।
उनका अनुसार सडक विस्तारको कामका क्रममा सम्बन्धित सैनिक इकाइलाई आवश्यक जानकारी दिन केही मिनेट ढिलाइ हुँदा प्रारम्भिक रूपमा सामान्य असहज अवस्था सिर्जना भएको थियो। त्यसपछि नेपाली सेनाका जिम्मेवार अधिकारीहरूसँग समन्वय र छलफल गरी सेनाको पूर्ण सहयोगमा सडक विस्तारको काम सम्पन्न गरिएको उनले जनाएका छन्।
विज्ञप्तिमा उक्त कार्य काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति तथा शहरी विकास मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा सम्पन्न भएको पनि उल्लेख गरिएको छ।
पाण्डेले सामाजिक सञ्जाल वा सञ्चारमाध्यममार्फत तथ्यभन्दा फरक सूचना प्रवाह गरेर भ्रम फैलाउने तथा संस्थाबीच अनावश्यक विवाद सिर्जना गर्ने कार्य नगर्न सबैसँग आग्रह गरेका छन्।
राष्ट्र निर्माण, विकास र जनसेवाको साझा यात्रामा नेपाली सेनासहित सबै राज्य संयन्त्रबीच सहकार्य, आपसी सम्मान र समन्वय नै आफ्नो प्राथमिकता रहेको प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - १७:५७
काठमाडौं । सुनसरीको देवानगञ्ज घटनामा घाइते भई उपचारका क्रममा मृत्यु भएका रविन्द्र मेहताका परिवार र गृहमन्त्री सुधन गुरुङबीच वार्ता सुरु भएको छ। महा...
श्रावण १९ गते, २०८३ - १७:४५
काठमाडौँ । नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङ एक लाख रुपियाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान...
श्रावण १९ गते, २०८३ - १७:२४
काठमाडौं । प्रतिनिधिसभा सदस्य राजुनाथ पाण्डेले गोकर्णेश्वर नगरपालिका–४ स्थित माकलबारी क्षेत्रमा सडक विस्तारका क्रममा नेपाली सेनाको ब्यारेकको पर्खाल हट...
श्रावण १९ गते, २०८३ - १७:११
काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया स्वास्थ्यमा समस्या आएपछि वीर अस्पतालमा भर्ना भएका छन्। थपलियाका छोरा सुरज थप...
श्रावण १९ गते, २०८३ - १७:०२
काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर घाइते भएका २२ वर्षीय रवीन्द्र मेहताको उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले शव बुझ्न अस्वीकार गरेक...
श्रावण १९ गते, २०८३ - १६:४९
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको आत्मविश्वास बढाउन र लगानीको वातावरण सुधार गर्न सरकारले बैंकिङ...
श्रावण १९ गते, २०८३ - १६:४२
काठमाडौँ। एलपी ग्यासको कालोबजारी रोक्न र आयल निगमको घाटा अन्त्य गर्न प्रविधिमा आधारित ट्र्याकिङ प्रणाली तत्काल लागू गर्न सांसद रहबर अन्सारीले माग गरेक...
श्रावण १९ गते, २०८३ - १६:११
काठमाडौं । नेकपा (एमाले) ले भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारलाई आवश्यक सहयोग गर्न तयार रहेको जनाएको छ। मंगलबार प...
श्रावण १९ गते, २०८३ - १६:०४
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले ‘म्याच फिक्सिङ’ गरेको आरोपमा अमेरिकी क्रिकेटर अखिलेश रेड्डीलाई आठ वर्ष प्रतिबन्ध लगाएको छ । आ...
श्रावण १९ गते, २०८३ - १५:५३
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढिरहेको बताउनुभएको छ । परराष्ट्र मन्त्रालयमा आज आर्थिक कूटन...



प्रतिकृया लेख्नुहोस्: