Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए

खबरडबली संवाददाता

काठमाडौं । भारतको साउथ अभिनेता सिद्धार्थ र अभिनेत्री अदिति राव हैदरीले विवाह गरेका छन् ।

दुवैले तेलंगानाको श्री रंगनायक स्वामी मन्दिरमा विवाह गरेका थिए । उनीहरुले विवाह  गरेको तर औपचारिक जानकारी अहिलेसम्म नदिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सिद्धार्थ र अदिति राव हैदरीले तेलंगानाको श्रीरंगापुरम जिल्लाको रंगनायक स्वामी मन्दिरमा गोप्य रूपमा विवाह गरेका हुन् । दुवै पछिल्लो केही वर्षदेखि एकअर्कालाई डेट गरिरहेका थिए ।

सिद्धार्थ र अदितिले २०२१ मा तमिल-तेलुगु फिल्म महासमुद्रममा सँगै काम गरेका थिए । त्यसपछि यी दुईबीचको निकटता बढेको थियो । सिद्धार्थले रंग दे बसन्ती र चश्मेबद्दूर जस्ता चर्चित बलिउड फिल्ममा काम गरिसकेका छन् । अदिति राव हैदरी दक्षिण र हिन्दी चलचित्रकी चर्चित अभिनेत्री हुन् । उनले पद्मावत, बोस, रकस्टार र मर्डर–३ जस्ता फिल्ममा काम गरिसकेकी छन् ।

अदितीको जन्म २८ अक्टोबर १९८६ मा हैदराबादमा एहसान हैदरी र विद्या रावको घरमा भएको थियो । अदिति हैदराबादकी निजाम थिइन् । साहेल अकबर हैदरीकी नातिनी हुन् । अदितिका हजुरबुवा राजा जे रामेश्वर राव वानापार्टी, तेलंगानाका राजा थिए ।

अदितिले भरतनाट्यम डान्सरको रुपमा आफ्नो करियर सुरु गरेकी थिइन् । उनले प्रसिद्ध भरतनाट्यम नर्तकी लीला सैमसनको नृत्य समूहमा पनि काम गरिन् । यहाँ काम गरेपछि उनी अभिनयमा लागेकी थिइन्  । उनले पहिलो पटक २००७ मा तमिल फिल्म श्रृंगाराममा अभिनय गरेकी थिइन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव

सुनसरी । सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभाव भएको छ । धरानमा खानेपानीको समस्या समाधानका लागि पटक–पटकका प्रयास सफल हुन सकेका छैनन् । अहिले स...

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादव अमेरिका प्रस्थान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष एवं नेपाल सरकारका उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका प...

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र पश्चिमखण्डमा २३ प्रतिशत प्रगति भएको छ ।  पूर्वीखण्डका इन्जिनियर विष्णुप्रसाद पाण्...

सर्लाहीका पाँच पालिकाका विद्यार्थीले अझै पाएनन पाठ्यपुस्तक

सर्लाही । सर्लाहीका पाँच पालिकाले रकम निकासा नगर्दा धेरै विद्यालयले अझै पाठ्यपुस्तक वितरण गर्नसकेका छैनन् । जिल्लाका कविलासी, हरिपुर्वा र गोडैता नग...

मुम्बई इण्डियन्समाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा दिल्लीले मुम्बईलाई १० ...

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु १९ लाख बढीको क्षति भएको छ ।  शुक्रबार राती मकालु गाउँपालिका–५ खोक...

राैतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

राैतहट । रौतहटमा प्रहरी गस्ती टोलीले स्थानीय कटहरिया नगरपालिका स्थित लागूऔषध गाँजासहित बारा निजगढका एक दम्पतीलाई पक्राउ गरेको छ । गाँजा सहित पक्राउ...

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म जम्मा हुने भएको छ । निर्वाचन आयोगले सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको का...

इलाम-२ मा ५८ र बझाङमा ५० प्रतिशत मतदान

काठमाडौं । आज सम्पन्न इलाम-२ र बझाङको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार इलाम-२ मा करिब ५८ प्रत...

सर्लाहीकाे ब्रह्मपुरीमा मकैवारीभित्र २० वर्षीय युवककाे शव फेला

सर्लाही । ब्रह्मपुरी गाउँपालिका-२ धर्मपुरमा आज विहान एक युवक मकैबारीभित्र शव फेला परेकाे छ । स्थानीय सीताराम साहका छोरा २० वर्षीय अरविन्द साह गाउँक...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies