कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा निमार्णाधीन चार लेनको पुल निर्माण योजनाको काम प्रभावित भएको पाँच महिनापछि पुनः सञ्चालन भएको छ ।
पुल योजनामा काम गरेबापतको करोडौँ रकम भुक्तानी नपाएपछि गत असोजको तेस्रो साता निर्माण कम्पनीले पुल निर्माणको काम रोकेको थियो । केही दिनअघि गत वर्ष काम गरेको रकम सरकारले उपलब्ध गराएपछि निर्माण कम्पनीले निर्माणको बाँकी काम छ महिनाभित्र सक्ने गरी सञ्चालन गरेको जनाएको छ ।
विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै ८ दशमलव ६ किलोमिटर छ लेनको निर्माणको कामको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ । निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापतका रु साढे आठ करोड रकम हालै कम्पनीलाई उपलब्ध भएको जानकारी दिए ।
उनले पुलसँगै निर्माण हुन गइरहेको पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागका पुर्याउने प्रक्रियामा रहेको जानकारी दिए । “भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ ।” उनले भने, “गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।”
उनले ८ दशमव ६ किलोमिटर छ लेनको पहुँच मार्गमध्ये एक हजार पाँच सय मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको बताए । “रकम अभावलगायतको कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ”, इन्जिनियर पाण्डेयले भने, “कोरोना कहर, रकम अभाव र भेरियसन, डिजाइन स्वीकृतिलगायतका कारणले पुल निर्माणमा ढिलाइ भयो ।”
रु तीन अर्ब ६६ करोड लागतमा बनिरहेको पुलसँगै सुदूरपश्चिमको व्यापारिक नाकाका रुपमा विकास गर्न खोजिएको छ । पुलसँगै महाकाली नदीपारिको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको काम पनि प्रक्रियामा छ ।
पुलको दुवैतर्फ बाँध बाधेर पर्यटकीयस्थल हुने गरी पोखरी निर्माण गरिएको छ । पसलको उत्तरतर्फ एक वर्गकिलोमिटर भन्दा ठूला दुई वटा पोखरी र दक्षिणतर्फ ० दशमलव ३ वर्गकिलोमिटरका दुई वटा पोखरी निर्माण भएका छन् ।
गएको बर्सातपछि पोखरीको डिजाइनीमै समस्या आएपछि यहाँ ‘भेरिएसन’को काम धकेलिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १९:०५
नयाँदिल्ली । उत्तरपूर्वी भारतमा एउटा यात्रु वहाक रेल हात्तीको झुण्डमा ठोक्किएर दुर्घटना हुदाँ सात वटा हात्तीको घटना स्थलमै मृत्यु भएको अधिकारीहरूले शन...
पौष ५ गते, २०८२ - १९:०२
बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका सातवटा वडा कार्यालयहरू अझै पनि आफ्नै भवन नहुँदा भाडाको घरबाट सेवा प्रवाह गर्न बाध्य छन्। उपमहानगरका वडा नम्बर ४, ५,...
पौष ५ गते, २०८२ - १८:५९
मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी कोरला सीमा क्षेत्रमा शुक्रबार संयुक्त सुरक्षा गस्ती गरिएको छ । हिउ...
पौष ५ गते, २०८२ - १८:५७
गुल्मी । राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह सन्तोषजनक देखिए पनि जनशक्ति अभाव, बजेट न्यूनता र प्रविधिगत समस्याक...
पौष ५ गते, २०८२ - १८:५४
चितवन । चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा गरिएको पछिल्लो गणनामा घडियाल गोहीको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। निकुञ्ज कार्यालयल...
पौष ५ गते, २०८२ - १८:५२
पोखरा । शिरानमा चाँदी जस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल फेवा, बेगनास, रुपा, मैदीदेखि दिपागं र गुँदे, खास्टे, न्यरेनीसम्मका ताल...
पौष ५ गते, २०८२ - १८:५०
चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र जनसेवाका लागि राजनीति गर्नुपर्ने बताएका छन् । उज्यालो नेपाल पार्टी चितवनको ...
पौष ५ गते, २०८२ - १८:४८
म्याग्दी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले देशको वर्तमान राजनीतिक अन्योल अन्त्य गर्न आगामी फागुन २१ गतेका लागि तय ग...
पौष ५ गते, २०८२ - १८:४५
काठमाडौं । निर्वाचन आयोगले ७४ वटा मतदान स्थल थपेको छ । आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगले ७४ वटा म...
पौष ५ गते, २०८२ - १८:४३
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनलाई विध्न–बाधाबाट जोगाएर सफल बनाउन सबैलाई एकजुट हुन अपील गरेका छन् । ...




प्रतिकृया लेख्नुहोस्: