Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

मस्को आक्रमण युक्रेनको संलग्नतामा ‘कट्टरपन्थी इस्लामवादी’ समूहले गरेको पुटिनको जिकिर

खबरडबली संवाददाता

एजेन्सी । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत साता मस्कोको बाहिरी क्षेत्रस्थित कन्सर्ट हलमा भएको आक्रमणमा ‘कट्टरपन्थी इस्लामवादीहरू’ जिम्मेवार रहेको साथै यसमा युक्रेन पनि कुनै न कुनै रूपमा यसमा संलग्न रहेको बताएका छन् । 

मार्च २२ मा क्रोकस सिटी हलमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा रूसी अधिकारीहरूले ११ जनालाई पक्राउ गरेका छन् । सोमबार टेलिभिजनमा प्रसारण भएको वार्तामा रूसी नेता पुटिनले भने, “यो जघन्य अपराध विश्वले नै सदियौंदेखि लड्दै आएको कट्टरपन्थी इस्लामवादीहरूको हातबाट भएको थियो भन्ने हामीलाई जानकारी छ ।”

अलजजीराले रूसी नेता पुटिनलाई उद्धृत गर्दै लेखेको छ, “यो अत्याचार सन् २०१४ देखि नव–नाजी किएभको योजनामा हाम्रो देशसँग युद्ध गरिरहेकाहरूको प्रयासको सम्पूर्ण शृङ्खलाको एउटा कडी मात्र हुन सक्छ ।” 
पुटिनले घटनाबारे गम्भीर भएर सोच्नु र निष्कर्ष निकाल्नु आवश्यक रहेको बताउँदै उनले भने, “निःसन्देह, अपराध गरेपछि आतङ्कवादीहरूले युक्रेन जान किन खोजे र त्यहाँ उनीहरूलाई कसले पर्खिरहेको थिया भन्ने प्रश्नको जवाफ खोज्नु आवश्यक छ ।”

उनले भने, “हामीलाई थाहा छ, रूस र रूसी जनताविरुद्ध यो ज्यादती गर्न कसको हात प्रयोग गरिएको थियो र कसले आदेश दियो भन्ने कुरा हामी जान्न चाहन्छौँ ।” शुक्रबारपछि रूसको खोरासान प्रान्तबाट  इस्लामिक स्टेटले धेरै पटक आक्रमणको पछाडि आफ्नो हात रहेको बताउँदै आएको छ र आईएसआईएलसम्बद्ध सञ्चारमाध्यमहरूले आक्रमणका क्रममा बन्दुकधारीहरूको ग्राफिक भिडियो सार्वजनिक गरेका छन् ।

सोमबार क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले तत्काल कसैलाई आरोप लगाउनुभन्दा रूसमा गरिएको आक्रमणको अनुसन्धानको नतिजा पर्खन पत्रकारहरूसँग आग्रह गरेका थिए । अमेरिकाले मार्च ७ मा मस्कोका अधिकारीहरूलाई सम्भावित आक्रमणबारे चेतावनी दिएको भन्ने समाचारबारे टिप्पणी गर्न समेत उनले इन्कार गरे । उनले रूसले त्यस्तो कुनै पनि गोप्य सूचनालाई अनुसन्धान प्रक्रियापछि मात्र सार्वजनिक हुने बताए । 

रुसी अनुसन्धान समितिका अनुसार मार्च २२ मा क्रोकस सिटी हलमा भएको आतङ्कवादी आक्रमणमा अहिलेसम्म कुल १३७ जनाको मृत्यु भइसकेको छ भने र घाइतेहरूको अवस्था हेर्दा मृतकको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

मस्को क्षेत्रीय स्वास्थ्य मन्त्रालयले १८२ जना घाइते भएको जनाएको छ । युक्रेनी सीमातर्फ भाग्न खोजेका चार जना संदिग्ध आक्रमणकारीसहित आक्रमणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको छ ।

युक्रेनको संलग्नता पुष्टि गर्ने प्रमाण नभेटिएको अमेरिकी भनाइ 

मस्कोको कन्सर्ट हलमा भएको आतङ्कवादी हमला क्रोकसस्थित आइएसआइएसले गरेको पुष्टि गर्दै संयुक्त राज्य अमेरिकाले यस आक्रमणसँग युक्रेन र युक्रेनी सरकारको सम्बन्ध रहेको कुनै प्रमाण नभेटिएको बताएको छ ।

ह्वाइट हाउसकी प्रेस सचिव करिन जिन पियरेले यो आतङ्कवादी हमला आईएसआईएसले गरेको र रूसी राष्ट्रपति पुटिनले यो कुरा बुझेको बताए । “यो आईएसआईएसले गरेको आतङ्कवादी हमला थियो । पुटिनले यो कुरा बुझ्नुभएको छ । उहाँलाई आक्रमणबारे राम्ररी थाह छ र युक्रेन सरकारको यस आक्रमणमा सम्बन्ध छ भन्ने कुनै स्पष्ट प्रमाण छैन,” उनले भने । 

ह्वाइट हाउसकी प्रेस सचिव करिन जीन पियरेले एक विज्ञप्ति जारी गर्दै आइएसआइएसलाई ‘साझा आतङ्कवादी शत्रु’ को संज्ञा दिँदै यसलाई विश्वभरबाट परास्त गर्नुपर्ने बताए । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रूसको मस्कोमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिकाले रूसी जनताप्रति समवेदना प्रकट गरेको बताए । 

ब्लिन्केनले भने, “संयुक्त राज्य अमेरिका मार्च २२ मा मस्कोमा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दछ । यस भयानक घटनापछि भएको जनधनको क्षतिप्रति शोक व्यक्त गर्न हामी रूसका जनताप्रति ऐक्यवद्धताका साथ उभिएका छौं।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending