Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सात वर्षपछि धाप्लाङघाट पुलको ‘डिजाइन’ परिवर्तन

खबरडबली संवाददाता

खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीस्थित धाप्लाङघाटमा मोटरेबल पुल निर्माण थालिएको सात वर्ष भयो । विसं २०७६ मै सम्पन्न भइसक्ने गरी निर्माण कम्पनीले सुनकोशीस्थित सो पक्की पुल निर्माण जिम्मा लिएको हो । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको डिजाइन अहिले आएर फेरिएको छ । 

मोटरेबल पुलको करीब १५ प्रतिशत काम भएपछि सडक विभागले मोटरेबल पुलको डिजाइन परिवर्तन गरेको हो । ठेक्का लागेर निर्माण सुरु गरिएको सात वर्षपछि धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पक्की पुलको डिजाइन परिवर्तन गरेपछि स्थानीय बासिन्दा अचम्मित भएका छन् । खोटाङ र उदयपुरतर्फ वर्षौँअघि सडक बनिसकेको भए पनि हालसम्म धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा झोलुङ्गे पुल प्रयोग हुँदै आएको छ ।

धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि तथा नगदे बाली निर्यातका क्रममा लोडअनलोड गर्दा किसानले थप व्यायभार खेपिरहेका छन् ।  “नदीमा सवारीसाधन वारपार गर्ने अवस्था छैन । पुल तार्न पैसा तिरेर सामान लोड अनलोड गर्नुपर्ने बाध्यता छ”, बराहपोखरी गाउँपालिकाका प्रमुख शालिकराम वञ्जराले भने, “बनेर सञ्चालन हुनुपर्ने समय बितेको चार वर्ष भयो । बल्ल डिजाइन परिवर्तन भएको छ । अब कहिले निर्माण सम्पन्न हुन्छ टुङ्गो छैन ।”

डिजाइन ‘रिभ्यू’ स्वीकृत भएसँगै निर्माण व्यवसायीले गत फागुन–२८ गतेदेखि धाप्लाङघाटमा मोटरेबल पक्की पुल निर्माणको काम सुरु गरेको पाइएको छ । डिजाइन परिवर्तनसँगै निर्माणाधीन मोटरेबल पुलको चार वटा ‘वेल’ फाउण्डेशनको सट्टामा चार वटा ‘पाइल’ फाउण्डेशन ठड्याइनेछ ।

ठेकेदारले प्राविधिक रुपमा ‘वेल’ फाउण्डेशन बनाउन कठिन भएको भन्दै ‘पाइल’ फाउण्डेशन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन ‘रिभ्यु’ का लागि गत साउन–१५ गते सडक विभागसँग माग गरेको थियो । ठेकेदार कम्पनीले विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्ने गरी विसं २०७३ असार–३० धाप्लाङघाटको मोटरेबल पुल निर्माणको सम्झौता गरेको थियो । 

म्याद नाघेको चार वर्ष बित्दा ठेकेदारले नदीको दुई किनारमा पिलर मात्र ठड्याएको देखिन्छ । पुल निर्माणमा चरम ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीको रु चार करोड ४२ लाख अग्रिम भुक्तानी जमानत भने विभागले तानिसकेको छ ।

विसं २०७४ भदौ–३१ गते तत्कालीन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धाप्लाङघाटमा निर्माणाधीन दुई सय मिटर लामो मोटरेबल पुल शिलान्यास गरेका थिए । भ्याटबाहेक रु २२ करोड ५० लाखमा विसं २०७६ असार–२९ गतेभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

गलत डिजाइनका कारण लामो समयदेखि अलपत्र धाप्लाङघाट पुल डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीले निर्माणको काम पुनःसुरु गरेको खोटाङ प्रदेशसभा ‘ख’ का प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले बताए । “धाप्लाङघाटमा पहिलेको डिजाइन अनुसार मोटरेबल पुल निर्माण हुने सम्भावना थिएन । ठेकेदार कम्पनीले किन निर्माणको काम अगाडि बढाएन भनेर खोजी गर्दा गलत डिजाइन भन्ने बुझियो”, उनले भने, “विज्ञहरुको सुझावअनुसार अहिले धाप्लाङघाटमा मोटरेबल पुल निर्माणको डिजाइन परिवर्तन गरिएको छ । डिजाइन परिवर्तनसँगै ठेकेदार कम्पनीले निर्माणको कामसमेत सुरु गरेको छ । अब भने धाप्लाङघाटमा मोटरेबल पुल निर्माण हुने निश्चित भएको छ ।”

पूर्वी तराईका विभिन्न सहरसँग जोडिन धाप्लाङघाटमा मोटरेबल पुल निर्माण भएपछि खोटाङको बराहपोखरी, जन्तेढुङ्गा र खोटेहाङ गाउँपालिका तथा भोजपुरका केही स्थानीयको जीवनशैली फेरिने आशा गरिएको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending