Khabar Dabali ४ जेष्ठ २०८३ सोमबार | 18th May, 2026 Mon
Investment bank

मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुपर्छ: सांसद ओली

खबरडबली संवाददाता

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँग माग गरेको छिन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै उनले कुवेतलगायतका मुलुकहरूमा नेपाली महिलालाई मानव तस्करहरूले १० देखि १२ लाख रुपियाँमा वैदेशिक रोजगारीको नाममा बेच्ने गरेको उल्लेख गर्दै त्यस्ता गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरिन्।

प्रमुख सचेतक ओलीले सरकारले खाडी मुलुकहरूमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले विभिन्न बाटो प्रयोग गरेर ती देशहरूमा लैजाने क्रम नरोकिएको बताउँदै त्यसमा कडाइका साथ निगरानी गर्न सरकारलाई सचेत गराइन्।

“शर्मिला दर्जीलाई कुवेतमा नेपाली राज्यले तुरुन्त खोजी गरोस् । म नेपाल सरकारलाई यस विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । यो एउटा प्रतिनिधि घटना मात्रै हो, सभामुख महोदय । यस्ता हजारौँ घटनाहरू छन् । यी सबै घटनालाई केलाउन हामी सन् २०१७ मा जानुपर्छ । नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलालाई घरेलु कामका लागि विदेश जान प्रतिबन्ध लगाएको थियो । सरकारको तर्क थियो, शोषणबाट सुरक्षा दिनु। के यो प्रतिबन्धले साँच्चै महिलालाई सुरक्षित बनायो त ? प्रतिबन्धका बाबजुद पनि घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन ।,” उनले भनिन्,  “हाम्रा महिलालाई खाडी देशसम्म पुर्‍याउन एजेण्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । कहिले भारत हुँदै सीमा पार गराइन्छ, कहिले तान्जानियालगायत अफ्रिकी मुलुकहरूमा ट्रान्जिट गराइन्छ । एजेण्ट जताततै नेपाली नै छन् । त्यसैले मानव बेचबिखनमा संलग्न यस्ता एजेण्टहरू नियन्त्रणमा लिन आवश्यक छ । अहिले तस्करहरूले कुवेतमा १० देखि १२ लाख रुपियाँमा नेपाली महिलाहरू बेचिरहेका छन् ।”

उनले सरकारले वैदेशिक रोजगारीका कारण पीडा भोग्न बाध्य नेपाली नागरिकको उद्धार कार्यमा ढिलाइ गर्न नहुने पनि बताइन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौँ । चिनियाँ आरोही सी जुन्जीको टोली विश्वको सर्वोच्च शिखर सगरमाथा र लोत्सेको सफल आरोहण गर्ने पहिलो टोली बनेको छ । गत बिहीबार ९मे १४०को बिहान ...

विश्वकप लिग–२ : सन्दीपले तोडे स्टार्कको कीर्तिमान

काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेको छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिट...

भदौ २३–२४ घटनाको प्रतिवेदन सार्वजनिक गर्न सांसद केसीको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भदौ २३ र २४ गते भएका घटनाबारे राष्ट्रिय मानवअधिकार आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न ...

पूर्वगृहमन्त्री गुरुङमाथिको छानबिन आयोगप्रति कांग्रेस सांसद साहको आशंका

काठमाडौं । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न गठित आयोगप्रति आशंका व्यक्त गरेका छन्। प्रतिनिधिस...

रोकिएका रिट र निवेदनहरू तत्काल दर्ता गर्न कामु प्रधानन्यायाधीश मल्ल आदेश

काठमाडौं । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन बमोजिम दर्ता गर्न आएका रिट निवेदन दर्ता गर्न आदेश दिएकी छन्। यसअघि कानुन व्यवसायीहरूले दर्...

मानव तस्करीमा संलग्नहरुमाथि कडा कारबाही गर्नुपर्छ: सांसद ओली

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्करीमा संलग्न गिरोहलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न सरकारसँ...

धरान–फिदिम मिनीबस नावाखोलामा दुर्घटना, तीन घाइते

फिदिम। सुनसरीको धरानबाट पाँचथरको फिदिमका लागि छुटेको मिनीबस तमोर करिडोरमा दुर्घटना भएको छ । तमोर करिडोरअन्तर्गत धनकुटा–पाँचथर सडक खण्डको नावाखोलामा सो...

पर्चा प्रदर्शन नगर्न सभामुखको निर्देशन, ‘मर्यादामा बसेर विरोध गर्नुस्’

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्नु कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन्। श्रम संस्कृति पार्ट...

संसद बैठकमा श्रम संस्कृति पार्टीले गर्याे पर्चा बोकेर विरोध

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसदहरूले प्रतिनिधिसभा बैठकमा विरोध जनाएका छन्। सभामुख डोलप्रसाद अर्याल ले बैठक सुरु गरेलगत्तै श्रम संस्कृति पार...

मन्त्री अनुपस्थित भए पनि संसदीय समितिको बैठक बस्न सक्ने व्यवस्था हुँदै

काठमाडौं । प्रतिनिधिसभाको नियमावली संशोधनमार्फत मन्त्री उपस्थित नभए पनि संसदीय समितिको बैठक सञ्चालन गर्न सकिने व्यवस्था गर्न लागिएको छ। सोमबार बस्न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending