ताप्लेजुङ । आठ वर्षदेखि निर्माणाधीन रहेको तमोर नदीमाथिको मोटरेबल पुलले अन्ततः गति लिएको छ । ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने लिम्बुनीस्थित पुलमा ट्रस जडानको काम सुरु भएपछि स्थानीयवासीमा उत्साह छाएको छ ।
तमोर कोरिडोर सडकअन्तर्गत निर्माण भइरहेको पुलको ट्रस जडान कार्य शुक्रबारदेखि सुरु गरिएको निर्माण कम्पनी एमएस सपना याक्थुङ जेभीले जनाएको छ । कम्पनीका प्रतिनिधि तेजकुमार कुरुम्बाङका अनुसार अबको २० देखि २५ दिनभित्र ट्रस जडान सक्ने लक्ष्यसहित काम तीव्र बनाइएको छ ।
निर्माण कम्पनीले आवश्यक ट्रस सामग्री, जनशक्ति र उपकरण तयारी अवस्थामा रहेकाले लक्ष्यअनुसार काम सम्पन्न हुने दाबी गरेको छ । लामो समयदेखि पुलको प्रतीक्षामा रहेका स्थानीयले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै निर्माण पक्षलाई धन्यवादसमेत दिएका छन् ।
यद्यपि, बर्खायाम सुरु भइसकेकाले स्थानीयमा केही संशय पनि देखिएको छ । तमोर नदीमा पानीको बहाव बढ्ने र बाढीको जोखिम रहने भएकाले काम प्रभावित हुन सक्ने उनीहरूको चिन्ता छ । स्थानीयले ट्रस जडान सुरु गर्न ढिलाइ भएको टिप्पणीसमेत गरेका छन् ।
पाँचथरको अमरपुर र ताप्लेजुङको निघुरादिन जोड्ने सडक तयार भए पनि पुल नबन्दा यातायात सञ्चालन हुन सकेको थिएन । पुल निर्माणमा लामो ढिलासुस्ती भएपछि स्थानीय तह, व्यवसायी र सरोकारवालाले पटक–पटक दबाब दिँदै आएका थिए ।
आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले केही वर्षयता पुल निर्माणलाई गति दिन निरन्तर पहल गर्दै आएका थिए । स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनी गत वर्षदेखि केही सक्रिय बनेको हो ।
२०७४ फागुनमा २२ करोडभन्दा बढी लागतमा ठेक्का लागेको यो पुल अझै पूर्ण रूपमा निर्माण हुन सकेको छैन । स्थानीयका अनुसार निर्माण कम्पनीले सुरुदेखि नै काममा निरन्तरता नदिँदा पुल निर्माण वर्षौँ लम्बिएको हो ।
तमोर कोरिडोरलाई नेपाल–भारत–चीन जोड्ने छोटो व्यापारिक मार्गका रूपमा हेरिएकाले यो पुल निर्माणलाई रणनीतिक रूपमा समेत महत्त्वपूर्ण मानिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ३ गते, २०८३ - ०९:५९
रसुवा । नेपाल–चीन व्यापारको मुख्य प्रवेशद्वार मानिने स्याफ्रुबेसी–रसुवागढी सडक अहिले चीन सरकारको सहयोगमा स्तरोन्नति भइरहेको छ। गत वर्ष ल्हेन्दे खोलामा...
श्रावण ३ गते, २०८३ - ०९:५३
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको अधिकतम थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, ...
श्रावण ३ गते, २०८३ - ०९:४७
पोखरा । पोखरा बसपार्क क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका परिवारको छानबिनमा चकित पार्ने तथ्य बाहिर आएको छ। महानगरपालिकाले गठन गरेको अध्ययन समितिको ...
श्रावण ३ गते, २०८३ - ०९:४०
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र ढुंगा खस्ने घटनाले देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भन...
श्रावण ३ गते, २०८३ - ०९:३६
सर्लाही । सर्लाहीको मलंगवामा प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै नेपाल टेलिकमको ८० मिटर अग्लो टावरमा चढेका एक युवकलाई सुरक्षाकर्मीले सकुशल उद्ध...
श्रावण ३ गते, २०८३ - ०९:३२
चितवन । चितवनको इच्छाकामना गाउँपालिका-६ जलबिरे नजिक मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किँदा करिब २५-२६ जना यात्रु घाइते भएका छन् । ...
श्रावण ३ गते, २०८३ - ०९:२१
नारायणगढ–मुग्लिन सडक अवरुद्ध, नारायणगढ–मुग्लिन सडक अवरुद्ध
श्रावण २ गते, २०८३ - २०:४६
काठमाडौं । राइड सेयरिङ सेवा प्रयोग गर्ने चालक (राइडर/क्याप्टेन) माथि सरकारले नयाँ कर व्यवस्था लागू गरेको छ। शुक्रबारदेखि लागू भएको व्यवस्थाअनुसार १०० ...
श्रावण २ गते, २०८३ - २०:४०
तेह्रथुम । बढ्दो बसाइँसराइ, घट्दो जन्मदर र रित्तिँदै गएका पहाडी गाउँहरूलाई पुनर्जीवित गर्ने उद्देश्यसहित तेह्रथुमको छथर गाउँपालिकाले नयाँ सामाजिक सुरक...
श्रावण २ गते, २०८३ - २०:२९
सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...



प्रतिकृया लेख्नुहोस्: