Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीप सुरु

खबरडबली संवाददाता

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको पहिलो दिन प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहेका छन । उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाए । 

भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडीहरु रमेश अधिकारी, रवि खड्का र निरज तामाङ तथा एमेच्योर विजय श्रेष्ठ आइन्हाउसलाई १ स्ट्रोकले पछि पारे। रमेश, रवि, निरज र विजयले आज  २-अन्डर ७० को स्कोर दर्ज गरे ।  एमेच्योर सदभाव आचार्य १-अन्डर ७१ सहित सातौं स्थानमा रहेका छन। युवराज भुजेल, जयराम श्रेष्ठ, सञ्जय लामा र बलभद्र राई इभन-पार ७२ सहित संयुक्तरुपमा आठौं‌ स्थानमा रहे ।

गोकर्ण गल्फ क्लबमा आज भुवनले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाए । पहिलो होलमा एक सट खेर फाले । यसपछि दोस्रो, पाँचौं र सातौं होलमा बर्डी प्रहार गर्दा आठ होलको समाप्तीमा २-अन्डरको स्थितिमा थिए । तर नवौं होलमा ओबी प्रहार गर्दा यो होलमा डबल बोगीको सामना गरे । यसपछि ब्याक नाइनमा भने उत्कृष्ट प्रदर्शन सहित चार बर्डी प्रहार गरे । १३औं होलमा एक सट खेर फाले भने १०औं, ११औं, १५औं र १७औं होलमा बर्डीको सफलता प्राप्त गरे । ब्याक नाइन ३-अन्डर ३३ मा पुरा गरे ।

एमेच्योर गल्फर राहुलले प्रो गल्फरलाई कडा चुनौती दिने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । उनले बोगी रहित फ्रन्ट नाइन खेल्ने क्रममा पहिलो, चौथो र छैटौं होलमा एक-एक सट बचाए । ब्याक नाइन इभन-पार ३६ मा पुरा गरे ।  १२ औं होलमा बोगी खेप्दा १५औं होलमा एक सट बचाए । 

संयुक्तरुपमा दोस्रो स्थानमा रहेका रमेशले सुरूवात राम्रो गर्न सकेनन् । फ्रन्ट नाइन २-ओभर ३८ मा सकाए । पहिलो होलमा बोगी खेपे भने तेस्रो होलमा बर्डी प्रहार गरे । तर ५-पारको सातौं होलमा डबल बोगीको सामना गरे । तर ब्याक नाइनमा भने उम्दा प्रदर्शन गरे । १५औं होलमा इगलको‌ सफलता प्राप्त गरे । यसपछि १६औं र १७औं होलमा बर्डी प्रहार गर्दा ब्याक नाइन ४-अन्डर ३२ मा सकाए । 

टुरको पाँचौ प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज जितेका रविले फ्रन्ट र ब्याक नाइन दुवै १-अन्डर ३५ मा सकाए । उनले छैटौं, सातौं, १५औं र १८औं होलमा बर्डी प्रहार गर्दा पहिलो र ११औं होलमा एक-एक सट खेर फाले । 

यसैगरी धरानका प्रो निरजले तेस्रो र नवौं होलको बर्डी विरूद्ध सातौं होलमा बोगी खेप्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए । यसपछि १५औं होलमा एक सट खेर फाल्दा १३औं र १८औं होलमा बर्डी प्रहार गरे । ब्याक नाइन १-अन्डर ३५ मा सकाए । 

एमेच्योर गल्फर विजयले उत्कृष्ट सुरूवात गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए । उनले पहिलो, तेस्रो, पाँचौं र छैटौं होलमा बर्डीको सफलता प्राप्त गरे भने नवौं होलमा एक सट खेर फाले। यसपछि १०औं होलमा बर्डी प्रहार गरे भने १६औं र १७औं‌ होलमा एक एक सट खेर फाल्दै ब्याक नाइन १-ओभर ३७ मा पुरा गरे । 

प्रो तोरण शाहीले पहिलो दिन व्यक्तिगत कारण खेल सुरू हुनुभन्दा अगाडी नाम फिर्ता लिए।‌ चारदिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी कुल ४४ गल्फरको सहभागीता रहेको छ । 

कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार नगद पुरस्कार प्राप्त गर्नेछन । दोस्रो र तेस्रो हुने गल्फरले क्रमश ९६ हजार र ७२ हजार नगद हात पार्नेछन ।

३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ खेलाडीले तेस्रो र चौथो दिनको लागि स्थान सुरक्षित गर्नेछन । एमेच्योर खेलाडीको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्ने नियम रहेको छ । कट बनाउन सफल सबै प्रोफेसनल खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending