Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पाकिस्तानद्वारा दोस्रो चरणको अफगानी शरणार्थी फिर्ता सुरु गर्ने

खबरडबली संवाददाता

एजेन्सी । पाकिस्तानले कागजातसहितका करिब १० लाख अफगानी शरणार्थीलाई फिर्ता पठाउने अभियानको दोस्रो चरणको कार्यक्रम अघि बढाउने तयारी सुरु गरेको छ । 

यसका लागि पाकिस्तानका जिल्ला अधिकारीहरू तथा प्रहरीलाई उनीहरूको तथ्याङ्क सङ्कलन गर्न आदेश दिइएको पाकिस्तानी पत्रिका ‘डन’ ले अधिकारीहरूलाई उद्धृत गरी समाचारमा जनाएको छ । 

अफगान सिटिजन कार्ड (एसीसी) धारी शरणार्थीको प्रमाणीकरण द्रूत बनाउन जिल्ला प्रशासन र प्रहरीलाई निर्देशन जारी गरिएको एक अधिकारीले बताएका छन् । 

अहिलेसम्म कुनै मिति भने घोषणा नगरिएको यद्यपि  अधिकारीले पाकिस्तानको संघीय सरकारबाट अनुमति प्राप्त भएपछि कागजात प्राप्त अफगानहरूलाई फिर्ता गर्ने अभियान गर्मी यामको सुरुदेखि मध्यसम्म सुरु हुनसक्ने ती अधिकारीले बताए । 

डन पत्रिकासँग कुरा गर्दै खैबर पख्तुनख्वाका अतिरिक्त मुख्य सचिव आबिद मजीदले प्रमाणीकरण प्रक्रिया सुरु गरिसकेको बताउँदै रमजान पछि यसले गति लिने तथा अप्रिल ३० अघि सर्वेक्षण पूरा हुँने विश्वास ब्यक्त गरे । 

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (यूएनएचसीआर) का अनुसार अफगानिस्तानमा वैधरूपमा २१ लाख ८० हजार अफगान शरणार्थीहरू छन् । योमध्ये २००६/७ मा गरिएको जनगणना अनुसार १३ लाख शरणार्थीहरूको दर्ता प्रमाण (पीओआर) कार्डहरू छन् भने थप ८८ हजार शरणार्थीहरूले २०१७ पछि नागरिकता पेश गरेका छन् । 

अगस्ट २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानहरू सुरक्षाको खोजीमा पाकिस्तान आइपुगेका थिए । अधिकारीहरूका अनुसार पाकिस्तान पुगेका अफगानहरूको सङ्ख्या छदेखि आठ लाखको बीचमा थियो । योमध्ये केहीसँग वैध यात्रा कागजातहरू  रहेको जनाइएको छ । 

यसअघि नोभेम्बरमा, पाकिस्तानले ‘कागजात विहीन विदेशीहरू’ भनेर वर्णन गरेको पहिलो चरणको स्वदेश फिर्ती सुरु गरेको थियो । पाकिस्तानी अधिकारीहरूले नोभेम्बर २०२३ देखि अनुमानित १७ लाख कागजात विहीन अफगानीमध्ये कतिजना पाकिस्तान छोडेर गएका छन् भन्नेबारेमा कुनै आधिकारिक तथ्याङ्क जारी गरेका छैनन् ।

पाकिस्तानको स्वदेश फिर्ती अभियानको पहिलो चरणमा खैबर पख्तुनख्वा र बलुचिस्तान हुँदै अफगानिस्तान फर्केका कागजात विहीन अफगानहरूको कुल सङ्ख्या करिब पाँच लाख पुगेको डनले जनाएको छ । 

आठ लााख ८० हजार नागरिकता धारी अफगानी शरणार्थीमध्ये कतिजना पाकिस्तानमा छन् वा तीमध्ये कतिजनाले स्वेच्छाले अफगानिस्तान फर्कने निर्णय गरेका छन् भन्ने थाहा छैन ।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पहिले कागजात विहीन अफगानहरूको फिर्तीलाई ‘अस्वीकार्य’ भन्नु भएको थियो भने हाल पाकिस्तानबाट उदारताका साथ थप शरणार्थी स्वीकार गरेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending