Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

होली खेल्ने नाममा विकृति नफैलियोस्

अनुसा थापा
अनुसा थापा

होली खेल्ने नाममा विकृति नफैलियोस्  
आज काठ्माडौं उपत्यकासहित पहाडी जिल्ला र भोलि मधेसमा होली मनाइन्छ । होली मनाउनको लागि सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । होली सबैको चाड भए पनि यो एकदमै जोखिमपूर्ण छ । होली मनाउने नाममा विकृति फैलिएको हामीले योभन्दा अघिको वर्षहरूमा देखिसकेका छौ । चाड मनाउने भन्दै अरूलाई दुःख दिन मिल्दैन नि ।

होली भन्दै बाटोमा हिँडिरहेको मानिसहरूलाई पानी छ्याप्ने, अबिर हाल्ने कार्य पनि नभएका होइनन् । कतिपय मानिसहरू आपत् परेर हिँडेका हुन्छन्, कति आफन्त भेट्न जान खोजेका होलान् । तर, होली खेल्नेहरूले सोच्दै नसोची आफ्नो मनपरी गर्दै आएका छन् । यता, मादक पदार्थ सेवन गर्ने र बिना हेलमेट मोटरसाइकल चलाउने मान्छे पनि भेटिन्छन् । जसले गर्दा दुर्घटनाको जोखिम निम्तिन्छ । छतमा बसेर पानी छ्याप्दा कतिपय छतबाट चिम्लिन्छन् । त्यसैले होली मनाउँदा निकै सावधानी अपनाउनुपर्छ । पछिल्लो समय आफ्नो रमाइलोको लागि होली मनाउँछन् तर दुःख अरूलाई दिइरहेको हुन्छन् । कसैको इच्छा विपरीत गएर रङ लगाउन पाइदैन् । 
चाड हो रमाइलो गर्नुपर्छ तर त्यो पनि आफ्नो परिवार वा आफन्तसँग । बिना काम अरूलाई दुःख दिने कामचाहिँ राम्रो होइन । यसमा अभिभावक पनि जिम्मेवार हुनुपर्छ । एउटा साधारण टिका लगाएर पनि होली मनाउन सकिन्छ । होली मनाउनको लागि होहल्ला गर्नै पर्छ, मादक पदार्थ सेवन गर्नै पर्छ, अरूलाई भिजाउनै पर्छ भन्ने होइन । शान्ति रूपले पनि होली खेल्न सकिन्छ । यता, घरको छतमा बसेर पनि होली खेल्नुहुन्न । घरको छतमा बसेर अर्कोको घरमा पानी हाल्ने काममा रोक लगाउनुपर्छ । घरको छतमा बसेर होली खेल्दा निकै नै जोखिम छ । चाड मनाउँदा, रमाइलो गर्दा आफू पनि नमरौँ र अरुलाईपनि नमारौँ । थोरै गल्तीले निकै ठुलो दुर्घटना हुन सक्छ । होली पर्वमा भएको विकृति कसरी रोक्ने, शान्ति सुरक्षा कसरी अपनाउने भनेर गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छैन । अरूलाई जर्बजस्ती रङ्ग लगाउने काममा प्रशासनमा रोक लगाउनुपर्छ । होली खेलिरहेको बेला कतिपय पुरुषले महिलालाई यौन शोषण गरेका घटनाहरू छन् । यस्ता घटना फेरि पनि घट्न नदिन प्रशासनहरू तयार रहनुपर्छ । त्यसै गरी, बाटोमा हिँडिरहेको मानिसहरूलाई माथिबाट पानी खसाल्नेको विरुद्ध उजुरी गर्ने ठाउँको व्यवस्था गर्नुपर्छ । 
आफन्तभित्रै मादक पदार्थ सेवन गर्ने र झैझगडा गर्ने । यहाँबाट पनि एकाएक दुर्घटना निम्तिन्छ । हामी नेपालीहरूको आनीबानी कसैले एक गिलास खानेपानी माग्यो भने हामी दिँदैनौ । तर, अरूलाई दुःख दिनको लागि हामीसँग ट्याङकीभरी पानी हुन्छ । अझै पुगेन भने जारको पानीसमेत ल्याएर खन्याउँछौ । यो पनि मानवता हो ? होलीमा प्रयोग हुने रङ्ग मिसावटी एकदमै मिसावटी र हानिकारक हुन्छ । जसले स्वास्थ्य र वातावरणलाई नै हानी पुग्छ । व्यापारीहरूले महँगो पैसा लिएर पनि मिसावटयुक्त रङ्गहरू बेचिरहेका छन् । यता, बजारमा होलीको खरिददारी सुरु भइसकेको छ भने जनता ठग्ने कामको पनि सुरुवात भइसकेको छ । अरू बेला दुई सयमा पाउने होली लेखिएको टिसर्टको रेट व्यापारीले पाँच सय पुप्याएका छन्  । यता, बच्चाले खेल्ने पिच्कारीहरु पनि महँगोमा बिक्री वितरण भइरहेको छ । 
होलीको लागि धेरै प्रयोग हुने भनेको प्लास्टिकका पोकाहरू हुन् । प्लास्टिकका पोकाहरूमा पानी हालेर फाल्ने प्रवृत्तिले सडक पुरै दुर्गन्धित बन्छ । एकातिर सरकारले हप्तौँदेखि फोहोर उठाउन सकेको छैन अर्कोतिर होलीले मच्चाएको तहल्का । सरकारले कहिले उठाइसक्छ ? यसमा पनि हरेक नागरिक जिम्मेवार बनौँ । होली खेल्दा निक्लिएका फोहोरहरू सडकमा ल्याएर फाल्न पाइदैन् । सर्वसाधारण हिँड्ने बाटो फोहोर पार्ने र सास्ती दिने कामको अन्त्य गरौँ । होलीलाई लक्षित गरेर ट्राफिक महाशाखाले मापसे चेकिङ तीव्रता दिनुपर्छ । हेलमेट नलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाही गर्नपप्यो । यता, सुरक्षाकर्मीहरुको पनि गस्ती बढाउनुपर्छ । यसमा नेपाली जनताहरूले पनि सहयोग गर्नुपर्छ । कुनैले जाँडरक्सी खाएर होहल्ला गर्छ, खैलाबैला मचाउछ, भने उसको विरुद्ध नागरिकले नै उजुरी गर्नुपर्छ । होली मनाउने नाममा आफ्नो टोल छिमेकमा कहीकनै दुर्घटना नहोस् भनेर सबै नागरिक चनाखो भएर बस्नुपर्छ । यस विषयमा सरकारी निकायले पनि कडाइ गर्नपप्यो । देखासिकी गरेर बढी खर्च गर्नु पनि  ठिक होइन । अरूलाई देखाउनका लागि फजुल खर्च गर्नुहुदैन् । हरेक मानिसले घाँटी हेरेर मात्र हाड निल्नुपर्छ भने जस्तै आम्दानीअनुसार खर्च गर्ने बानी बसाल्नुपर्छ । 
होलीको नाममा जथाभाबी गरिने खर्चको सदुपयोग गरेर बाटोमा माग्नेलाई खान दियो भने धर्म हुन्छ । फजुल खर्च गर्ने रकमले खाद्यान्न खरिद गरेर आश्रममा लगेर दियो भने कसैलाई केही दिनसम्म आफ्नो भोक टार्न हुन्छ । नेपालको स्थिति कुनै मान्छे खान नपाएर मरिरहेको छ भने कुनैले खाना बढी भएर फ्यालिरहेका छन् । नेपालीमा अलिकति पनि मानवता छैन । आफ्नो पेट भर्न र आफूले रमाइलो र्न पाए भइहाल्यो । अरुको बारेमा सोच्ने चलनचल्ती यहाँ छैन । होली खेल्दाखेरि कसैले पनि मास्क लगाउने गरेको पाइदैन् । मास्क नलगाउँदा आँखा, नाक, मुखमा रङ्ग पस्न सक्ने सम्भावना धेरै हुन्छ । यस्तो मिसावटी रङ्ग हाम्रो छालामा पप्यो भने यसले कति हानी पुप्याउछ ? यस विषयमा कसैको ध्यान केन्द्रित भएको छैनन् । नेपालमा अझै पनि कोरोना निर्मल भइसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले पनि कोरोनाको तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । 
स्वास्थ्यविद्हरुले कोरोना साम्य भई नसकेको र कोरोनाको मापदण्ड पालना गर्न अनुरोध गर्दै आएका छन् । तर, अहिले कोरोनाको मापदण्ड परिपालकहरू कमै मात्र भेटिन्छन् । होली खेल्दाखेरि एकठाँउमा धेरै मानिसहरूको भेला हुन्छ । जसले गर्दा कोरोना फैलिन सक्ने जोखिम झनै धेरै छ । चीन, दक्षिण कोरिया, हङकङलगायतका मुलुकमा कोरोनाले फेरि पनि आतङ्क मच्चाउन सुरु गरिसकेको छ । चीनको अधिकांश प्रान्तमा लकडाउन गरिएको छ । त्यसै गरी अमेरिका र फ्रान्समा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटिएको खबरहरू बाहिर आइरहेका छन् । नेपाली लापरवाह बन्ने हो भने पुन कोरोना फैलिन बेर लाग्दैन । सरकारले बनाएको मापदण्ड नमान्ने हो भने यसको भर्पाई नेपालीहरू आफैले गर्नुपर्ने हुन्छ । तीव्र गतिमा कोरोना फैलियो भने नेपाल सरकारले लकडाउन गर्न बाध्य हुन्छ । त्यसैले पनि नेपालीहरूले चाडपर्व मनाउने भन्दै कोरोना फैलाउन काम नगरुन् । चीनमा कोरोनाले तहल्का मच्चाउँदा पनि चीन र नेपालको हवाई उडान सुचारु छ । सरकार अझै पनि सचेत बनिसकेको छैन । चिनियाहरु अहिले पनि नेपाल आइरहेका छन् । चीन र नेपालबिचको हवाई उडान रोक्न सरकारले कुनै योजना बनाएको छैन । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना यथावत् छ र यसको रोकथामको लागि नेपाली जनता सतर्क हौ भनेर सूचना जारी गर्दैन । 
२०७६।७७ सालमा कोरोनाका कारण होली मनाइएन । तर, अहिले सरकारले कोरोना हटिसकेको जस्तै गरेर होली मनाउन इजाजत दिएको छ । होली मनाउने नाममा फेरि पनि कोरोना त फैलिँदैन ? फेरि पनि लकडाउन हुने त होइन ?  हाम्रो कारणले अरुको ज्यान पनि जान सक्छ । नेपालमा कोरोना हटिसकेको छैन, छिमेकी देशमा कोरोनाले हङ्गामा मच्चाएको छ भनेर हामीले बिसर्नुहुदैन् । कोरोनाकै कारण १२ हजार बढीले ज्यान गुमाइसकेका छन् । होली खेल्दा आफुपनि बचौँ र अरूलाई बाचाअाैं। सरकार पनि नागरिकप्रति जिम्मेवार बनोस् । होली खेल्न पाइन्छ तर अरुको हक अधिकारको बारेमा सोचेर । अरूलाई दुःख दिनेगरि होली खेल्नेलाई सरकारले कारबाही गर्नुपर्छ । होली खेल्दा अरूलाई आपत् पर्ने काम कसैबाट पनि नहोस् । 

२०८० फागुन ११ भक्तपुर 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending