Khabar Dabali २७ जेष्ठ २०८३ बुधबार | 10th June, 2026 Wed
Investment bank

होली खेल्ने नाममा विकृति नफैलियोस्

अनुसा थापा
अनुसा थापा

होली खेल्ने नाममा विकृति नफैलियोस्  
आज काठ्माडौं उपत्यकासहित पहाडी जिल्ला र भोलि मधेसमा होली मनाइन्छ । होली मनाउनको लागि सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । होली सबैको चाड भए पनि यो एकदमै जोखिमपूर्ण छ । होली मनाउने नाममा विकृति फैलिएको हामीले योभन्दा अघिको वर्षहरूमा देखिसकेका छौ । चाड मनाउने भन्दै अरूलाई दुःख दिन मिल्दैन नि ।

होली भन्दै बाटोमा हिँडिरहेको मानिसहरूलाई पानी छ्याप्ने, अबिर हाल्ने कार्य पनि नभएका होइनन् । कतिपय मानिसहरू आपत् परेर हिँडेका हुन्छन्, कति आफन्त भेट्न जान खोजेका होलान् । तर, होली खेल्नेहरूले सोच्दै नसोची आफ्नो मनपरी गर्दै आएका छन् । यता, मादक पदार्थ सेवन गर्ने र बिना हेलमेट मोटरसाइकल चलाउने मान्छे पनि भेटिन्छन् । जसले गर्दा दुर्घटनाको जोखिम निम्तिन्छ । छतमा बसेर पानी छ्याप्दा कतिपय छतबाट चिम्लिन्छन् । त्यसैले होली मनाउँदा निकै सावधानी अपनाउनुपर्छ । पछिल्लो समय आफ्नो रमाइलोको लागि होली मनाउँछन् तर दुःख अरूलाई दिइरहेको हुन्छन् । कसैको इच्छा विपरीत गएर रङ लगाउन पाइदैन् । 
चाड हो रमाइलो गर्नुपर्छ तर त्यो पनि आफ्नो परिवार वा आफन्तसँग । बिना काम अरूलाई दुःख दिने कामचाहिँ राम्रो होइन । यसमा अभिभावक पनि जिम्मेवार हुनुपर्छ । एउटा साधारण टिका लगाएर पनि होली मनाउन सकिन्छ । होली मनाउनको लागि होहल्ला गर्नै पर्छ, मादक पदार्थ सेवन गर्नै पर्छ, अरूलाई भिजाउनै पर्छ भन्ने होइन । शान्ति रूपले पनि होली खेल्न सकिन्छ । यता, घरको छतमा बसेर पनि होली खेल्नुहुन्न । घरको छतमा बसेर अर्कोको घरमा पानी हाल्ने काममा रोक लगाउनुपर्छ । घरको छतमा बसेर होली खेल्दा निकै नै जोखिम छ । चाड मनाउँदा, रमाइलो गर्दा आफू पनि नमरौँ र अरुलाईपनि नमारौँ । थोरै गल्तीले निकै ठुलो दुर्घटना हुन सक्छ । होली पर्वमा भएको विकृति कसरी रोक्ने, शान्ति सुरक्षा कसरी अपनाउने भनेर गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरेको छैन । अरूलाई जर्बजस्ती रङ्ग लगाउने काममा प्रशासनमा रोक लगाउनुपर्छ । होली खेलिरहेको बेला कतिपय पुरुषले महिलालाई यौन शोषण गरेका घटनाहरू छन् । यस्ता घटना फेरि पनि घट्न नदिन प्रशासनहरू तयार रहनुपर्छ । त्यसै गरी, बाटोमा हिँडिरहेको मानिसहरूलाई माथिबाट पानी खसाल्नेको विरुद्ध उजुरी गर्ने ठाउँको व्यवस्था गर्नुपर्छ । 
आफन्तभित्रै मादक पदार्थ सेवन गर्ने र झैझगडा गर्ने । यहाँबाट पनि एकाएक दुर्घटना निम्तिन्छ । हामी नेपालीहरूको आनीबानी कसैले एक गिलास खानेपानी माग्यो भने हामी दिँदैनौ । तर, अरूलाई दुःख दिनको लागि हामीसँग ट्याङकीभरी पानी हुन्छ । अझै पुगेन भने जारको पानीसमेत ल्याएर खन्याउँछौ । यो पनि मानवता हो ? होलीमा प्रयोग हुने रङ्ग मिसावटी एकदमै मिसावटी र हानिकारक हुन्छ । जसले स्वास्थ्य र वातावरणलाई नै हानी पुग्छ । व्यापारीहरूले महँगो पैसा लिएर पनि मिसावटयुक्त रङ्गहरू बेचिरहेका छन् । यता, बजारमा होलीको खरिददारी सुरु भइसकेको छ भने जनता ठग्ने कामको पनि सुरुवात भइसकेको छ । अरू बेला दुई सयमा पाउने होली लेखिएको टिसर्टको रेट व्यापारीले पाँच सय पुप्याएका छन्  । यता, बच्चाले खेल्ने पिच्कारीहरु पनि महँगोमा बिक्री वितरण भइरहेको छ । 
होलीको लागि धेरै प्रयोग हुने भनेको प्लास्टिकका पोकाहरू हुन् । प्लास्टिकका पोकाहरूमा पानी हालेर फाल्ने प्रवृत्तिले सडक पुरै दुर्गन्धित बन्छ । एकातिर सरकारले हप्तौँदेखि फोहोर उठाउन सकेको छैन अर्कोतिर होलीले मच्चाएको तहल्का । सरकारले कहिले उठाइसक्छ ? यसमा पनि हरेक नागरिक जिम्मेवार बनौँ । होली खेल्दा निक्लिएका फोहोरहरू सडकमा ल्याएर फाल्न पाइदैन् । सर्वसाधारण हिँड्ने बाटो फोहोर पार्ने र सास्ती दिने कामको अन्त्य गरौँ । होलीलाई लक्षित गरेर ट्राफिक महाशाखाले मापसे चेकिङ तीव्रता दिनुपर्छ । हेलमेट नलाउने र मादक पदार्थ सेवन गरेर सवारी चलाउनेलाई कारबाही गर्नपप्यो । यता, सुरक्षाकर्मीहरुको पनि गस्ती बढाउनुपर्छ । यसमा नेपाली जनताहरूले पनि सहयोग गर्नुपर्छ । कुनैले जाँडरक्सी खाएर होहल्ला गर्छ, खैलाबैला मचाउछ, भने उसको विरुद्ध नागरिकले नै उजुरी गर्नुपर्छ । होली मनाउने नाममा आफ्नो टोल छिमेकमा कहीकनै दुर्घटना नहोस् भनेर सबै नागरिक चनाखो भएर बस्नुपर्छ । यस विषयमा सरकारी निकायले पनि कडाइ गर्नपप्यो । देखासिकी गरेर बढी खर्च गर्नु पनि  ठिक होइन । अरूलाई देखाउनका लागि फजुल खर्च गर्नुहुदैन् । हरेक मानिसले घाँटी हेरेर मात्र हाड निल्नुपर्छ भने जस्तै आम्दानीअनुसार खर्च गर्ने बानी बसाल्नुपर्छ । 
होलीको नाममा जथाभाबी गरिने खर्चको सदुपयोग गरेर बाटोमा माग्नेलाई खान दियो भने धर्म हुन्छ । फजुल खर्च गर्ने रकमले खाद्यान्न खरिद गरेर आश्रममा लगेर दियो भने कसैलाई केही दिनसम्म आफ्नो भोक टार्न हुन्छ । नेपालको स्थिति कुनै मान्छे खान नपाएर मरिरहेको छ भने कुनैले खाना बढी भएर फ्यालिरहेका छन् । नेपालीमा अलिकति पनि मानवता छैन । आफ्नो पेट भर्न र आफूले रमाइलो र्न पाए भइहाल्यो । अरुको बारेमा सोच्ने चलनचल्ती यहाँ छैन । होली खेल्दाखेरि कसैले पनि मास्क लगाउने गरेको पाइदैन् । मास्क नलगाउँदा आँखा, नाक, मुखमा रङ्ग पस्न सक्ने सम्भावना धेरै हुन्छ । यस्तो मिसावटी रङ्ग हाम्रो छालामा पप्यो भने यसले कति हानी पुप्याउछ ? यस विषयमा कसैको ध्यान केन्द्रित भएको छैनन् । नेपालमा अझै पनि कोरोना निर्मल भइसकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिले पनि कोरोनाको तथ्याङ्क सार्वजनिक गर्दै आएको छ । 
स्वास्थ्यविद्हरुले कोरोना साम्य भई नसकेको र कोरोनाको मापदण्ड पालना गर्न अनुरोध गर्दै आएका छन् । तर, अहिले कोरोनाको मापदण्ड परिपालकहरू कमै मात्र भेटिन्छन् । होली खेल्दाखेरि एकठाँउमा धेरै मानिसहरूको भेला हुन्छ । जसले गर्दा कोरोना फैलिन सक्ने जोखिम झनै धेरै छ । चीन, दक्षिण कोरिया, हङकङलगायतका मुलुकमा कोरोनाले फेरि पनि आतङ्क मच्चाउन सुरु गरिसकेको छ । चीनको अधिकांश प्रान्तमा लकडाउन गरिएको छ । त्यसै गरी अमेरिका र फ्रान्समा पनि कोरोनाको नयाँ भेरियन्ट डेल्टाक्रोन भेटिएको खबरहरू बाहिर आइरहेका छन् । नेपाली लापरवाह बन्ने हो भने पुन कोरोना फैलिन बेर लाग्दैन । सरकारले बनाएको मापदण्ड नमान्ने हो भने यसको भर्पाई नेपालीहरू आफैले गर्नुपर्ने हुन्छ । तीव्र गतिमा कोरोना फैलियो भने नेपाल सरकारले लकडाउन गर्न बाध्य हुन्छ । त्यसैले पनि नेपालीहरूले चाडपर्व मनाउने भन्दै कोरोना फैलाउन काम नगरुन् । चीनमा कोरोनाले तहल्का मच्चाउँदा पनि चीन र नेपालको हवाई उडान सुचारु छ । सरकार अझै पनि सचेत बनिसकेको छैन । चिनियाहरु अहिले पनि नेपाल आइरहेका छन् । चीन र नेपालबिचको हवाई उडान रोक्न सरकारले कुनै योजना बनाएको छैन । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना यथावत् छ र यसको रोकथामको लागि नेपाली जनता सतर्क हौ भनेर सूचना जारी गर्दैन । 
२०७६।७७ सालमा कोरोनाका कारण होली मनाइएन । तर, अहिले सरकारले कोरोना हटिसकेको जस्तै गरेर होली मनाउन इजाजत दिएको छ । होली मनाउने नाममा फेरि पनि कोरोना त फैलिँदैन ? फेरि पनि लकडाउन हुने त होइन ?  हाम्रो कारणले अरुको ज्यान पनि जान सक्छ । नेपालमा कोरोना हटिसकेको छैन, छिमेकी देशमा कोरोनाले हङ्गामा मच्चाएको छ भनेर हामीले बिसर्नुहुदैन् । कोरोनाकै कारण १२ हजार बढीले ज्यान गुमाइसकेका छन् । होली खेल्दा आफुपनि बचौँ र अरूलाई बाचाअाैं। सरकार पनि नागरिकप्रति जिम्मेवार बनोस् । होली खेल्न पाइन्छ तर अरुको हक अधिकारको बारेमा सोचेर । अरूलाई दुःख दिनेगरि होली खेल्नेलाई सरकारले कारबाही गर्नुपर्छ । होली खेल्दा अरूलाई आपत् पर्ने काम कसैबाट पनि नहोस् । 

२०८० फागुन ११ भक्तपुर 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कर्णालीमा मनसुन पूर्वतयारी फोरम सम्पन्न, विपद् जोखिम व्यवस्थापनमा समन्वय जोड

सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...

कोशीमा देउवा–कोइराला समूह एउटै मञ्चमा, कांग्रेसभित्र सहकार्यको नयाँ संकेत

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...

बसाइँसराइको असर : म्याग्दीको विद्यालयमा शिक्षक र विद्यार्थी बराबर, कक्षा १ र २ शून्य

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...

सुक्खा मनसुनको संकेत, तर विपद्को जोखिम झनै उच्च हुने चेतावनी

काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...

गड्यौला मल उत्पादन गर्न किसानलाई तालिम

कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ

बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...

बाजुरामा तनाव चर्कियो : ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी

बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...

छानबिनको ‘क्लिन चिट’सँगै गृह मन्त्रालयमा सुधन गुरुङको शक्तिशाली कमब्याक

काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...

तरकारी बजारमा राहत : गोलभेँडा २० रुपैयाँमा झर्‍यो, आज कुन वस्तुको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...

निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन, नेपाली चलचित्र क्षेत्र शोकमा

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका अनुभवी निर्देशक कृष्ण चापागाईं को अमेरिकामा हृदयघातका कारण निधन भएको छ। उपचारका क्रममा बोस्टनस्थित अस्पतालमा उनको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending