लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुनि भेटिएको उनको शवको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ ।
घरमा कोठा भाडामा लिएर बस्दै आएका व्यक्ति कामको खोजीमा बाहिर गएका बेला सार्की मृत अवस्थामा फेला परेको थिए । उनी घरमा एक्लै भएका बेला दिउँसै हत्या भएको हुनसक्ने प्रहरीको आशङ्का छ ।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार घटना शनिबार दिउँसो १२ देखि १ बजेको बिचमा भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाको समयमा मृतकको घरमा कोठा भाडामा लिएर बस्दै आउनुभएका दाङको घोराही उपमहानगरपालिका–७ का ५५ वर्षीय देवराज मगर भने घरमा थिए। मगर कामको खोजीमा अघिल्लो दिन नै मर्स्याङ्दी गाउँपालिकाको रामबजार पुगेको थिए । उनी भोलिपल्ट साँझ घर फर्किएपछि मात्रै सार्की घरभित्र मृत अवस्थामा रहेको देखेर प्रहरीलाई खबर गरेको प्रहरीले जनाएको छ । मगरले शनिबार राति करिब ९ बजे घटनाबारे प्रहरीलाई जानकारी गराएको थिए।
सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरीक्षक बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार सार्की आफ्नै घरको कोठामा रहेको खाटमुनि मृत अवस्थामा फेला परेको थिए । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको र घटनास्थलको अवस्था शङ्कास्पद रहेकाले हत्या आशङ्कामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रनाउ बस्नेतले घटनाबारे अहिलेसम्म ११ जनासँग सोधपुछ गरिएको र सबै कोणबाट अनुसन्धान भइरहेको बताउनुभयो । उहाँका अनुसार घटनाको प्रारम्भिक समय शनिबार दिउँसो १२ देखि १ बजेको बिचमा हुनसक्ने देखिएको छ ।
घटनाको अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटाइएको थियो । प्रहरीले घटनासँग सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्नुका साथै घटनास्थलको अवस्था र उपलब्ध प्रमाणका आधारमा अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।
स्थानीयका अनुसार सार्की लामो समयदेखि आफ्नै घरमा एक्लै बस्दै आएको थिए । उनका श्रीमान् र छोराको यसअघि नै निधन भइसकेको थियो । छोराका छोरासमेत विदेशमा रहेको तथा दुई छोरी विवाहपछि आ–आफ्नो घरमा गइसकेका कारण उहाँ घरमा एक्लै बस्दै आएको थिए ।
एक्लै बस्दै आएकी ज्येष्ठ नागरिक घरभित्रै मृत भेटिएपछि स्थानीयवासी त्रसित बनेका छन् । विशेषगरी घरमा कोही नभएको समयमा घटना भएको र साँझ मात्रै घटनाबारे जानकारी भएको तथ्यले गाउँघरमा एक्लै बस्ने ज्येष्ठ नागरिकको सुरक्षाको विषयलाई थप गम्भीर बनाएको छ ।
राइनासको घटनाले एक्लै बस्ने ज्येष्ठ नागरिकको सुरक्षाका लागि स्थानीय तह, प्रहरी र समुदायबीचको समन्वय अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखाएको स्थानीयले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १३:३९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुअघि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सभामुख डोलप्रसाद अर्याल (डिपी)बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा...
श्रावण २६ गते, २०८३ - १२:४९
काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु छ हजार चार सयले बढेको छ भने चाँदी रु एक सय १० ले ब...
श्रावण २६ गते, २०८३ - १२:२३
काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...
श्रावण २६ गते, २०८३ - १२:१४
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...
श्रावण २६ गते, २०८३ - ११:३१
पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...
श्रावण २६ गते, २०८३ - ११:११
काठमाडौँ । लामो समयदेखि नगरसभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। भ...
श्रावण २६ गते, २०८३ - १०:५७
काठमाडौं । वर्षौंदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाह...
श्रावण २६ गते, २०८३ - १०:४३
कपिलवस्तु। कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते ...
श्रावण २६ गते, २०८३ - १०:२३
काठमाडौं । जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरको...
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...



प्रतिकृया लेख्नुहोस्: