पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकसहित चार जनालाई सोमबार साँझ वीरगन्ज महानगरपालिका–१० आदर्शनगरबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पावनकुमार भट्टराईका अनुसार विशेष सूचनाका आधारमा अवैध वित्तीय कारोबार तथा हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारत बिहारको सीतामढी घर भएका २६ वर्षीय सुरज कर्ण, बारा जिल्लाको प्रसौनी गाउँपालिका–१ का ३२ वर्षीय उपेन्द्र साह, २६ वर्षीय सागरकुमार शर्राफ र पर्साको बिन्दवासिनी गाउँपालिका–४ झैवागुठीका राहुल गुप्ता रहेको छन्।
प्रहरीले उनीहरू सवार प्रदेश २–०३–००३ प ७२१५ नम्बरको सुपर स्प्लेन्डर र ना।५७ प १५८२ नम्बरको एफजेड मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
औद्योगिक तथा व्यापारिक नगरीका रूपमा परिचित वीरगन्ज भारतसँगको सीमावर्ती क्षेत्रमा पर्ने भएकाले अवैध वित्तीय कारोबारका रूपमा रहेको हुण्डी कारोबार हुने गरेको बताइन्छ । हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूले नेपाल र भारतका विभिन्न स्थानबाट रकम बुझ्ने र सम्बन्धित व्यक्तिले भनेको ठाउँमा विभिन्न माध्यमबाट रकम पुर्याउने गरेको बताइएको छ ।
यसबापत उनीहरूले कमिसनका रूपमा रकम लिने गरेको हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूको भनाइ रहेको छ । पक्राउ परेका चार जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - १२:२३
काठमाडौं । पर्सामा ठूलो परिमाणमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। प्रहरीले १०५ किलो गाँजासहित भारतका ५० वर्षीय सउरु चौधरीलाई पक्राउ गरे...
श्रावण २६ गते, २०८३ - १२:१४
लमजुङ। लमजुङको राइनास नगरपालिका–६ फूलबारीमा एक्लै बस्दै आएकी ७५ वर्षीया काली सार्की शनिबार राति आफ्नै घरभित्र मृत अवस्थामा भेटिएको छन् । कोठाको खाटमुन...
श्रावण २६ गते, २०८३ - ११:३१
पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...
श्रावण २६ गते, २०८३ - ११:११
काठमाडौँ । लामो समयदेखि नगरसभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। भ...
श्रावण २६ गते, २०८३ - १०:५७
काठमाडौं । वर्षौंदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाह...
श्रावण २६ गते, २०८३ - १०:४३
कपिलवस्तु। कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते ...
श्रावण २६ गते, २०८३ - १०:२३
काठमाडौं । जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरको...
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...



प्रतिकृया लेख्नुहोस्: