Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

अफ्रिकामा क्षयरोग अन्त्यका लागि डब्ल्यूएचओको आह्वान

खबरडबली संवाददाता

एजेन्सी । सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले बताएको छ । 

आइतबार विश्व क्षयरोग दिवस हो । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हामी क्षयरोगको अन्त्य गर्न सक्छौं’ भन्ने रहेको छ । 

सरकार, उद्योग र दातृ साझेदारहरूले नयाँ निदान, खोप र उपचारमा लगानी गरेपछि अफ्रिकामा क्षयरोगको उच्च बोझलाई उल्लेखनीय रूपमा कम गर्न सम्भव हुने डब्लुएचओका अफ्रिका क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले बताए । 

“अफ्रिकामा एचआईभी र एड्सको सङ्ख्यालाई उछिन्दै क्षयरोग एउटा मात्र सङ्क्रामक एजेन्टबाट हुने मृत्युको दोस्रो प्रमुख कारण बनेको छ,” उनले भने । “सन् २०२२ मा अफ्रिकी महाद्वीपमा लगभग २५ लाख व्यक्तिहरू यो रोगको सङ्क्रमणको चपेटामा परेका थिए, जुन प्रत्येक १३ सेकेन्डमा एक व्यक्ति बराबर हो”, केन्याको राजधानी नैरोबीबाट जारी विज्ञप्तिमा मोएतीले भने, “सन् २०२२ मा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख २४ हजार पुगेको छ र यसका कारण क्षयरोग रोकथाम र उपचार गर्न सकिने अवस्थामा पनि हरेक मिनेटमा एक जनाको मृत्यु भएको छ ।” 

यी तथ्याङ्कहरूले जारी क्षयरोग महामारीलाई सम्बोधन गर्न हाम्रो सामूहिक कार्यको तात्कालिकतालाई जोड दिन्छ र यसलाई अन्त्य गर्न निरन्तर प्रयासको आवश्यकतालाई उजागर गर्दछ ।

“डब्ल्यूएचओको अफ्रिकी क्षेत्रले अफ्रिकी टीबी स्कोरकार्ड, अत्यधिक सङ्क्रामक फोक्सो रोगलाई उन्मूलन गर्ने दिशामा प्रगतिलाई गति दिन रणनीतिक दिशा र निगरानी उपकरणहरू प्रदान गरेको छ ।

प्रदूषण, अत्यधिक भीडभाड र गरिबीले निम्त्याएको ब्याक्टेरियाबाट सर्ने यो रोग उन्मूलन गर्न सचेतना अभियानलाई पुनर्जीवित गर्ने लक्ष्य राखिएको छ । प्रभावकारी क्षयरोग नियन्त्रण, द्रुत निदानमा सहज पहुँच र क्षेत्रीय सहयोगबारे ज्ञान र सर्वोत्तम अभ्यासहरू आदानप्रदान गर्नु अफ्रिकामा अब यो रोग सार्वजनिक स्वास्थ्य खतरा नभएको सुनिश्चित गर्न महत्वपूर्ण हुने मोएतीले बताए । 

उनले अफ्रिकामा क्षयरोगविरुद्धको लडाईंमा उल्लेखनीय प्रगतिको प्रशंसा गर्दै भने, “अफ्रिकामा सन् २०१५ देखि २०२२ को बीचमा मृत्युदरमा ३८ प्रतिशत कमी आएको थियो भने उक्त महाद्वीपमा सोही अवधिमा नयाँ केसहरूमा २३ प्रतिशतले कमी आएको थियो ।”

अफ्रिकामा क्षयरोग उन्मूलनका लागि बहुऔषधि मल्टिड्रग प्रतिरोधी क्षयरोग, तीव्र निगरानी, पर्याप्त कोष, अनुसन्धान, सामुदायिक संलग्नता र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा कदम चाल्नु महत्वपूर्ण हुने उनको धारणा रहेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: