Khabar Dabali २६ श्रावण २०८३ मंगलवार | 11th August, 2026 Tue
Investment bank

लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ बिमोचन

खबरडबली संवाददाता

काठमाडौँ । गीतकार लिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ बिमोचन गरिएको छ । शनिबार काठमाडौंको क्युज सिनेमा हलमा एक कार्यक्रमका बिच २८ मिनेट लामो उक्त म्युजीकल फिल्म प्रिमियर गरियो ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक तथा संगीतकार दिप श्रेष्ठसँगै बिशिष्ट अतिथि लोकप्रिय गायिका अन्जु पन्त, गायक शिव परियारलगायतका अतिथिहरुबाट सामुहिक बिमोचन गरिएको थियो । सार्वजनिक म्युजीकल फिल्म छुट्ने बेला गीतमा साइराज खाती र मुना ठटालको स्वर रहेको छ । खाती र ठटाल गायन रियालिटी शो मेरो भ्वाइस युनिभर्सका फाइनलिस्ट हुन् ।

युके बस्दै आएका गीतकार काम्बाङको शब्दसँगै गीतमा शंकर थापा स्माइलको संगीत रहेको छ । एरेन्ज भने कुशल सिंहले गरेका हुन् । गीतकार काम्बाङले कार्यक्रममा भिडिओ सन्देश पठाउँदै सबैलाई धन्यवाद दिए । उनले परदेशमा रहेर आफूले लेखेका गीतलाई अडियो र भिडिओको माध्यमबाट दर्शक तथा स्रोता माझ ल्याउन मद्धत पुर्याउने गीतको टिमलाई बिशेष धन्यवाद दिए ।

प्रमुख अतिथि श्रेष्ठले मेरो भ्वाइस युनिभर्समा पहिलेनै सबैको मन जितिसकेका खाती र ठटालको स्वरबद्ध गीतलाई म्युजीकल फिल्मको रुपमा हेर्न पाउँदा खुसी लागेको र गीतलाई सबैले मन पराउने भन्दै शुभकामना दिए । मेरो भ्वाइस युनिभर्समको दिप, अन्जु र शिव जज् समेत थिए । कार्यक्रममा उक्त शोका निर्देशक एलेन श्रेष्ठको पनि उपस्थिती थियो ।

साथै कार्यक्रममा बिशेष अतिथिहरु एनआरएन एनसिसि इजरायलकी उपाध्यक्ष आदम्बरी दाना श्रेष्ठ, संगीतगुरु श्री श्रेष्ठ, गायिका निशा देसार, बबिना किराती, गायक बिरेन्द्र श्रेष्ठ, रबिन लिम्बु, कमल श्रेष्ठ, देवेन्द्र बराल, खेम सुब्बाको उपस्थिती थियो ।

गीतकार शंकर अधिकारी स्माईलले छोटो समयको निम्तोलाई पनि स्विकार गर्दै कार्यक्रममा उपस्थित हुने सम्पुर्ण अतिथिहरुलाई धन्यवाद दिए । साथै उनले गीतको अडियो र भिडिओमा आफूहरुले निकै मिहिनत गरेको भन्दै सबैलाई हेरिदिन र सुनिदिन आग्रह गरे ।

छुट्ने बेलाको भिडिओमा सम्राट अधिकारी, प्रतिक्षा लिम्बु, मिन बहादुर गुरुङ, कृष्ण बोहरा, शंकर थापा ईमाइल लगायतको अभिनय रहेको छ । बिशाल थापाको छायांकन रहेको भिडिओ दिन्शन शाहले सम्पादन गरेका हुन् । भिडिओमा कथा तथा निर्देशक गणेश शाहीको रहेको छ । गणेशले यसअघि पनि थुप्रै चलचित्रमा सहनिर्देशन गरिसकेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending