काठमाडौं । वर्षौंदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारात्मक प्रतिक्रिया दिएका छन्।
विशेषगरी हेटौँडा कपडा उद्योग पुन: सञ्चालनका लागि परीक्षण उत्पादन सुरु भएको विषयलाई उनले स्वागत गर्दै सरकारलाई धन्यवाद दिएका हुन्।
प्रचण्डले सामाजिक सञ्जालमार्फत हेटौँडा कपडा उद्योग सञ्चालनमा ल्याउने तयारीले आफू खुसी भएको उल्लेख गरेका छन्। उद्योग सञ्चालनमा आए कपडा उपभोगमा रहेको आयात निर्भरता घट्नुका साथै राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने उनको विश्वास छ।
उनले आफू प्रधानमन्त्री हुँदा हेटौँडा कपडा उद्योगको सम्भाव्यता अध्ययन तथा प्रतिवेदन तयार गरिएको स्मरण गरेका छन्। सोही अध्ययनका आधारमा आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा हेटौँडा कपडा उद्योगसहित गोरखकाली रबर उद्योग, विराटनगर जुट मिल र बुटवल धागो कारखाना पुन: सञ्चालन गर्ने विषय अघि बढाइएको उनको भनाइ छ।
सरकारबाट बाहिरिएपछि रोकिएको प्रक्रिया पुन: अघि बढ्नु सकारात्मक भएको बताउँदै प्रचण्डले सम्भावना भएका अन्य सार्वजनिक उद्योगलाई समेत आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन र स्पष्ट कार्ययोजनासहित सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन्।
उत्पादन वृद्धि, आयात न्यूनीकरण र रोजगारी सिर्जनाका लागि सार्वजनिक उद्योगको पुनरुत्थान महत्वपूर्ण हुने उनको भनाइ छ। उनले सरकारले उद्योग पुन: सञ्चालनको प्रक्रियालाई परिणाममुखी बनाउनुपर्ने आग्रहसमेत गरेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ११:३१
पर्सा। अवैध वित्तीय कारोबार (हुण्डी) मा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपियाँसहित एक भारतीय नागरिकस...
श्रावण २६ गते, २०८३ - ११:११
काठमाडौँ । लामो समयदेखि नगरसभामा बजेट पेश गर्न नसकेका मधेस प्रदेशका चार नगरपालिकाको समस्या समाधान गर्न संघीय सरकारले स्थलगत सहजीकरण गर्ने भएको छ। भ...
श्रावण २६ गते, २०८३ - १०:५७
काठमाडौं । वर्षौंदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका सरकारी उद्योग पुन: सञ्चालन गर्ने सरकारको तयारीप्रति नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाह...
श्रावण २६ गते, २०८३ - १०:४३
कपिलवस्तु। कपिलवस्तु नगरपालिका–७ धरमपनियामा सडक छेउमा बिग्रिएर मर्मत भइरहेको मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते ...
श्रावण २६ गते, २०८३ - १०:२३
काठमाडौं । जाजरकोटमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ९ बजेर ८ मिनेटमा जाजरको...
श्रावण २४ गते, २०८३ - १७:५३
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्। बैठकमा दुई मन्त्रीसँग सांसदको मन्त्रालयगत प्रश्नोत्तर...
श्रावण २४ गते, २०८३ - १७:३९
काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको र अहिले फुटको अवस्थामा पुगेको बताएका छन्। आ...
श्रावण २४ गते, २०८३ - १६:५८
काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगास्थित सुनकोशी नदीमा फेला ...
श्रावण २४ गते, २०८३ - १६:५१
चितवन । चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको काम अघि बढेको छ । नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्याल...
श्रावण २४ गते, २०८३ - १६:३३
काठमाडौँ । खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार अनुगमन तीव्र ...



प्रतिकृया लेख्नुहोस्: