Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

हाब्रे अध्ययन तथा संरक्षणमा जापानी चिडियाखानाले सघाउने

खबरडबली संवाददाता

काठमाडौं । जापानी शहर फुकुओकाको एक चिडियाखानाले नेपालको हाब्रे (रेन्ड पान्डा) संरक्षणमा सहयोग गर्ने भएको छ । हाब्रे संरक्षणमा काम गर्ने रेडपान्डा नेटवर्कसँग ओमुता सिटी जुले सहकार्यको सम्झौता गरेको हो ।

दुई पक्षबीच शुक्रबार काठमाडौंमा आयोजित समारोहमा समझदारीपत्र आदानप्रदान भएको छ । रेडपान्डा नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पा र सिटी जुकी प्रवक्ता डा. कानाको तोमिसावाले समझदारीपत्र आदानप्रदान गरेका हुन् ।

जसअनुसार जापानी चिडियाखानले रेडपान्डा संरक्षणका लागि प्राविधिक सहयोग उपलब्ध गराउनेछ । यस क्रममा जापानको उक्त चिडियाखानामा चन्दा बाकस राखी अवलोकनकर्ताबाट समेत चन्दा संकलन गरिने डा. तोमिसावाले बताइन् । उनले नेपालको वन्यजन्तु संरक्षणमा सहयोग गर्न पाउँदा खुसी लागेको बताइन् ।

नेटवर्कका कार्यकारी निर्देशक आङ फुरी शेर्पाले जापानको चिडियाखानासँगको सहकार्यले नेपालको रेडपान्डा संरक्षणमा नयाँ अभ्यास थालनी हुने बताए । उनका अनुसार रेडपान्डाको गतिविधि अवलोकनका लागि रेडपान्डा संरक्षित क्षेत्रमा क्यामेरा जडान गरिनेछ । साथै, रेडपान्डा संरक्षणका लागि स्थानीय सरकारका प्रतिनिधि, सर्वसाधारण र विद्यालयका बालबालिकामा सचेतनामूलक गतिविधि गरिनेछ ।

रेड पान्डा (हाब्रे) राति पनि हिँडडुल गर्ने र विशेषतः बिहान–बेलुका बढी सक्रिय हुने प्राणी हो । हाब्रेले गाउँघरमा निगालो भनिने चार–पाँच मिटरम्म अग्लो हुने ड्रेपानोस्टाचियम, हिमालयकालामस, थाम्नोकालामस र गाउँघरमा मालिङ्गो भनिने युशानिया जातका वनस्पतिका पात र टुसा रुचाउँछ । “दक्षिण र दक्षिणपूर्व एशियामा मात्र पाइने यी वनस्पतिमा पौष्टिक तत्व न्यून हुन्छ,” पाण्डा संरक्षणमा सक्रिय सोनाम लामा भन्छन्, “यसले खाने आहारमा पौष्टिक तत्व कम हुने भएकै कारण रेड पान्डाले चौबीसै घन्टा खाइरहन्छ ।”

रेड पान्डा चीनको दक्षिणपूर्वी क्षेत्र सिचुवान, युनानदेखि बर्मा, भुटान, भारत र नेपालमा पाइन्छ । तर, यसको वासस्थान खण्डित हुँदैछ । एक वासस्थानबाट अन्यत्र जाने जंगल मासिँदै जाँदा यसलाई जोगाउने चुनौती पनि बढ्दै गएको छ ।

रेड पान्डा निश्चित क्षेत्रमा एक्लै बस्न रुचाउने एकान्तप्रिय वन्यजन्तु हो । विशेषतः एउटा पोथी रेड पान्डा एउटा क्षेत्रमा एक्लै बस्छ । त्यहाँ उसलाई कुनै अर्को पोथीको उपस्थिति सह्य हुँदैन । भालेको पनि आफ्नै निश्चित क्षेत्र हुन्छ । तर, भाले चाहिँ संसर्गको मौसममा तीन–चार वटा पोथीको क्षेत्र चहार्छ ।

सुरक्षाको दृष्टिले हाब्रेका लागि जनवरीदेखि अप्रिलसम्मको समय संवेदनशील हो । यो समय यसको संसर्गको समय हो । एउटा भाले तीन–चारवटा पोथीको वासस्थान क्षेत्रमा पुग्छ । पोथीहरू छुट्टाछुट्टै बस्ने भएकाले भालेले निकै दूरी तय गर्नुपर्छ । यो समयमा मानिस र अन्य जीवजन्तुसँग यसको जम्काभेट हुने सम्भावना बढी हुन्छ । त्यस्तै, अर्धवयस्क बच्चाहरू फेब्रुअरीमा आमालाई छाडेर नयाँ वासस्थान खोज्न निस्किँदा पनि लामो दिनसम्म यात्रा गर्छन् ।

“त्यो बेला उसको जम्काभेट अन्य वन्यजन्तु वा गाउँका मान्छेसँग हुन सम्भावना अधिक हुन्छ” रेडपान्डा नेटवर्कका कार्यक्रम प्रमुख लामा भन्छन्, “फेरि यहीबेला उसले खाने  मालिङ्गो र निगालोको अभावमा आहारा खोज्न पनि धेरै हिँड्नु पर्छ । चाँडै कुद्न नसक्ने र मानिस नजिकै जाँदा पनि हत्तपत्त नभाग्ने भएकाले पाण्डालाई अधिक जोखिम हुन्छ ।”

यसको संख्या सन् १९९७ देखि २०१५ का बीच झण्डै ५० प्रतिशतले  घटेको अनुमान थियो । तसर्थ, सन् २०१५ मा विश्व प्रकृति संरक्षण संघ आईयूसीएनले रेड पान्डालाई संकटापन्न प्रजातिको सूचीमा राखेको छ । रेड पान्डालाई दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसूची १ मा पनि समावेश गरिएको छ ।

अनुसूचीमा रेड पान्डा सहित बाघ, हात्ती, गैंडा, हिउँ चितुवा, चितुवा, जङ्गली याक आदि समावेश छन् । यो अनुसूचीमा परेका वन्यजन्तु तथा वनस्पति संसारभरि नै बिक्री गर्न प्रतिबन्ध छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ अनुसार दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा सोको नमूना सम्बन्धी कसूर गर्नेलाई कसूरको मात्रा हेरी अनुसार पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाखदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ ।  

रेड पान्डा जोगाउन सबैभन्दा मुख्य कुरा त प्राकृतिक वासस्थान नै सुरक्षित बनाउनुपर्ने उनी बताउँछन् । “हाब्रे पाइने निगालो र मालिंगोको जंगल जोगाउने र त्यस्ता जंगलमा मानिसको आवातजावत रोकिनुपर्छ,” उनी भन्छन्, “जनवरीदेखि अप्रिलसम्म रेड पान्डाको निम्ति जोखिमयुक्त छ भन्ने सन्देश सरकारी निकाय, संरक्षणसँग सम्बद्ध संघसंस्था र विद्यालय तहबाट प्रचार गरिनुपर्छ । सो काममा यो परियोजना प्रभावकारी हुने आशा छ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पोखरामा ‘टुर द पोखरा–०८२’ सम्पन्न

पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...

उदयपुरमा बेवारिसे अवस्थामा २०५ केजी भन्दाबढी गाँजा बरामद

उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ।  गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...

उदयपुरमा खुकुरी प्रहार गरी भाइकाे हत्या गर्ने दाइ पक्राउ

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...

एमालेमा ओलीविरुद्ध पाेखरेल पक्ष सशक्त बन्दै

काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...

प्याराग्लाइडिङ दुर्घटनामा बङ्गलादेशी नागरिक घाइते

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...

बाँकेमा शीतलहर सुरु, चिसाे बढ्याे

बाँके ।  बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...

इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु

अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...

समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन दिइँदैन : मुख्यमन्त्री पाण्डे

म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...

मानविय र आर्थिक पुनर्निर्माणमा श्रीलङ्कालाई आईएमएफको सहायता

कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...

जापान र एसियाली राष्ट्रबीच आर्थिक सहकार्य विस्तार

टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending