Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

गाजा युद्ध अन्त्य गर्ने कदममा इजिप्टले ब्लिङ्केनसँग अरब वार्तामा गर्ने

खबरडबली संवाददाता

काठमाडौं । अमेरिकी शीर्ष कूटनीतिज्ञसँगको वार्ताअघि पाँच अरब मुलुकका सरकारी मन्त्रीहरूले गाजा युद्धमाथि छलफल गर्न बिहीबार कायरोमा एक प्यालेस्टिनी अधिकारीसँग भेट गरेको इजिप्टको विदेश मन्त्रालयले बताएको छ । 

“मन्त्रीहरूले इजराइली युद्ध रोक्न, गाजामा युद्धविरामसम्म पुग्न र पूर्ण सहायता वितरण सुनिश्चित गर्नका लागि आवश्यक प्रयासहरूबारे छलफल गर्नुभयो”, इजिप्टको विदेश मन्त्रालयका प्रवक्ता अहमत अबुजैदले सामाजिक सञ्जाल एक्समा लेखेका छन्। 

बैठकमा इजिप्ट, साउदी अरब, कतार र जोर्डनका विदेशमन्त्रीका साथै इमिरेट्सको अन्तर्राष्ट्रिय सहयोगमन्त्री र प्यालेस्टिनी प्राधिकरणका नागरिक मामिलामन्त्री सहभागी हुनुभएको मन्त्रालयले बताएको छ । 

पछि बिहीबार अरब अधिकारीहरूले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग छलफल गर्न लाग्नुभएको थियो । ब्लिङ्केन अक्टोबर ७ मा इजराइल–हमास युद्ध सुरु भएपछि यस क्षेत्रको आफ्नो छैटौँ भ्रमणअन्तर्गत इजिप्टको भ्रमणमा छन्। 

ब्लिङ्केनले इजिप्टका राष्ट्रपति अब्देल फतह अल–सिसी र विदेशमन्त्री समेह शौकरीसँग भिन्नाभिन्नै छलफल गरे । अमेरिकी विदेश मन्त्रालयका अनुसार बैठकमा ‘गाजामा प्यालेस्टिनी नागरिक र मानवीय कार्यकर्ताहरूको सुरक्षाका लागि जारी प्रयास’ तथा ‘बन्धकहरूको रिहाईसहितको तत्काल युद्धविराम सुनिश्चित गर्ने’ बारे छलफल भएको थियो । 

इजिप्ट, गाजालाई सहायता पुर्याउने मुख्य प्रवेश विन्दु हो र छ साताको युद्धविरामलाई सुरक्षित गर्नका लागि कतारमा जारी वार्तामा प्रमुख मध्यस्थकर्ता पनि हो । वार्ताले इजराइलले बन्दी बनाएका प्यालेस्टिनी कैदीहरूसँग हमासले नियन्त्रणमा लिएका बन्धकहरू साट्न अनुमति दिनेछ र गाजालाई सहायता वितरण बढाउने छ । 

संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूले गाजाका २४ लाख मानिस भोकमरीको सङ्घारमा रहेको बताएका छन् । राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख भोल्क टर्कले इजराइलले भोकमरीलाई युद्धको तरिकाका रूपमा प्रयोग गरिरहेको बताएका छन्। 

बुधबार साउदी अरबको भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले गाजामा तत्काल युद्धविरामका लागि अमेरिकी मस्यौदा प्रस्ताव अनावरण गरे। इजराइलको प्रमुख समर्थक अमेरिकाले यसअघि प्यालेस्टिनी क्षेत्रमा ‘तत्काल युद्धविराम’ गर्ने राष्ट्रसङ्घको आह्वानलाई रोक्नका लागि राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा भिटो प्रयोग गरेको थियो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पानीको संरक्षण, दिगो उपयोग तथा समान पहुँच सुनिश्चित गर्न सबै सरकारी निकाय, विकास साझेदार, विभिन्न सङ्घसंस्था त...

नेपालगन्ज भन्सार: लक्ष्यअनुसार राजस्व सङ्कलन हुन सकेन

बाँके । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा लक्ष्यको करिब ५२ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।  चालु आव २०८२/ ८३ का लागि वार्षि...

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

काठमाडौँ । तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न मद्दत गर्न तयार रहेको इरानका विदेश मन्त्री अब्बास अराघचीले बताएका छन् । जापान मध्य प...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: