Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

साउदी अरबमा गैरकानुनी बनेका हजारौँ नेपालीले पाए स्वदेश फर्कने अनुमति

खबरडबली संवाददाता

काठमाडौं । साउदी अरबमा 'आवश्यक कागजातविनै' विभिन्न कम्पनीहरूमा कार्यरत ठूलो सङ्ख्यामा रहेका नेपालीहरूले त्यहाँस्थित दूतावासको सिफारिसमा बहिर्गमन (एक्जिट) भिसा पाएको अधिकारीहरूले बताएका छन्।

विभिन्न कारणले गैरकानुनी बनेकाहरूलाई रियादस्थित नेपाली दूतावासले स्वदेश फर्कने भिसा प्राप्त गर्नका लागि आवश्यक पहल गरेको उनीहरूको भनाइ छ।

सन् २०२३ मा मात्र दुई हजार जनाभन्दा बढी नेपाली नागरिकहरूले रियादस्थित नेपाली दूतावासको पहलमा त्यस्तो भिसा पाएका छन्। यो वर्ष (सन् २०२४) को साढे दुई महिनामा पनि उल्लेख्य सङ्ख्यामा कामदारहरूले त्यस्तो भिसा पाएको बताइएको छ।

साउदी अरबका लागि एकजना पूर्व नेपाली राजदूतले उक्त देशमा चार/पाँच तरिकाले कामदारहरू 'आवश्यक कागजपत्रविहीन' हुने गरेको आफ्नो कार्यकालमा पाएको बताए।

त्यस्तो प्रवृत्तिको न्यूनीकरणका लागि त्यहाँस्थित नेपाली दूतावास र सरकारले आवश्यक कदम चाल्नुपर्ने विज्ञहरू बताउँछन्।

कतिले पाए 'एक्जिट' भिसा?

रियादस्थित नेपाली दूतावासका प्रथम सचिव एवं सूचना अधिकारी टोपनारायण गिरीले उपलब्ध गराएको विवरणअनुसार गत वर्ष २ हजार ९३ जना नेपालीले एक्जिट भिसा पाएका छन्।

"कागजातविहीन बनेको भनेर उहाँहरूले दूतावासमा निवेदन दिएपछि हामीले सम्बन्धित निकायमा पहल गर्‍यौँ र उहाँहरूले भिसा पाउनु भयो," उनले भने।

त्यस्तै यस वर्षको पहिलो साढे दुई महिना (ज्यानुअरीयता) मा कुल ८८६ जना नेपाली नागरिकले उक्त मुस्लिम देशबाट बाहिरिनका लागि भिसा पाएका छन्।

उनका अनुसार साउदी अरबमा हजारौँको सङ्ख्यामा कागजपत्रविहीन कामदारहरू रहेको अनुमान गरिएकाले यस्तो निवेदन दिनेको सङ्ख्या बढ्दै जानसक्ने देखिन्छ।

गैरकानुनी बन्ने कारण के हुन्?

गैरकानुनी बनेर गत वर्ष एक्जिट भिसा पाएका दुई हजार जनाभन्दा बढी नेपालीमध्ये अधिकांशले साउदी अरेबियामा आवासीय अनुमति (आईकमा) नवीकरण नगरेको पाइएको छ।

"यस्तो अनुमतिको नवीकरण रोजगारदाताले गरिदिनुपर्ने हो तर रोजगारदाताले नवीकरण नगरिदिने र कामदारहरूले पनि त्यसको बेवास्ता गर्दा उनीहरू गैरकानुनी बन्ने रहेछन्," गिरीले भने।

गत वर्ष त्यस्तो अनुमति नवीकरण नभएका १ हजार ६ सय ५८ जनाले एक्जिट भिसा लिएका छन्।

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयको वेबसाइटमा राखिएको विवरणमा रोजगारदाताहरूले आफ्ना कामदारलाई उनीहरूको कार्यस्थल रहेको क्षेत्रमा विना अवरोध आवतजावतका लागि आवास अनुमति लिनै पर्ने उल्लेख छ।

त्यसमा भनिएको छ, "आवास अनुमतिको मिति सकिनुभन्दा तीन दिन अघि नै त्यसको नवीकरण गर्नैपर्छ। पहिलो पटक त्यस्तो नवीकरण उल्लङ्घन गर्नेले लाग्ने शुल्क बराबरकै जरिवाना तिरेर नवीकरण गराउन पाउँछन्।"

"दोस्रो पटक नवीकरण उल्लङ्घन भए जरिवाना दोबर हुनेछ। यदि कसैले तेस्रो पटक त्यस्तो उल्लङ्घन गरे उनीहरूलाई देश निकाला गरिनेछ।"

नेपालीहरू गैरकानुनी बन्ने अर्को कारण नेपालबाट काम गर्न गएको कम्पनी छाडेर अर्को कम्पनीमा काम गर्न जानु देखिएको छ।

उनीहरूले भागेर कम्पनी छाडेका हुनाले कागजातविहीन भएका हुन्। गत वर्ष त्यस्ता ४३५ जना नेपाली कामदारले एक्जिट भिसा लिएका छन्। साउदी अरबका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डे त्यहाँ नेपालीहरू गैरकानुनी बन्ने विभिन्न कारणहरू रहेको बताउँछन्।

उनी भन्छन्, "नेपालबाट जाने बेलामा भनिएको र तोकिएको सेवासुविधा नपाउँदा कम्पनी छाडेर भाग्ने चलन छ। त्यसले उनीहरूलाई कागजातविहीन बनाउँछ।"

"त्यस्तै एउटामा भन्दा अर्कोमा राम्रो काम पाइन्छ भन्ने लोभले पनि कतिपय भाग्ने गर्छन् अनि त्यहाँ केही गिरोह पनि सक्रिय छन् तिनले कामदारहरूलाई लोभ देखाएर भगाउँछन् र उनीहरूलाई गैरकानुनी बनाइदिन्छन्।"

आवास अनुमति नवीकरणको जिम्मा रोजगारदाताको भए पनि त्यसो नगरिदिँदा पनि धेरै नेपाली गैरकानुनी बन्ने उनी बताउँछन्।

न्यूनीकरणका लागि के गर्ने?

पूर्वराजदूत पाण्डे साउदी अरबमा गैरकानुनी रूपमा बस्नु भनेको सबैखाले सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आउने बताउँछन्।

"गैरकानुनी कामदार दुर्घटनामा पर्दा उपचार समेत नपाउने अवस्था बन्नसक्छ। बिमालगायतको सुविधा त पाउने कुरै भएन। त्यसैले हामीले नेपालीहरूलाई गैरकानुनी नबन्न प्रेरित गर्नुपर्छ," उनले भने।

"त्यसका लागि दूतावास सक्रिय भएर नियमित रूपमा उनीहरूलाई विभिन्न माध्यमबाट जानकारी दिनुपर्‍यो। त्यहाँस्थित नेपालीहरूका संस्थाहरूलाई पनि सक्रिय बनाउनु पर्‍यो।"

दूतावासका प्रथम सचिव गिरीले चाहिँ दूतावासले नियमित रूपमा कामदारहरूलाई सूचना प्रवाह गरिरहेको बताए। उनले भने, "हामीले त उहाँहरूलाई कुनै कम्पनीले शोषण गर्‍यो भने पनि कानुनी बाटो अपनाउनुस् नभाग्नुस् भनेका छौँ। भागेर गैरकानुनी भएपछि धेरै समस्या पर्छ।"

एक महिनाअघि नेपाली कामदारले भोगेका समस्याबारे नेपाली राजदूत नवराज सुवेदीले साउदी अरेबियाका महान्यायाधिवक्तालाई भेटेरै जानकारी गराएको पनि उनले स्मरण गरे।

उनका अनुसार त्यस बेला पनि साउदी पक्षले नेपाली कामदारले भोगेका समस्याहरूलाई समाधान गर्न द्विपक्षीय छलफल जारी राख्ने र निरन्तर संवाद गर्ने प्रतिबद्धता जनाएको थियो।

साउदीमा नेपाली कामदार

पछिल्लो समय साउदी अरब, मलेशिया र कतारपछि सबैभन्दा धेरै नेपाली कामदारहरू गइरहेको देश रहेको सरकारी विवरणहरूले देखाउँछन्। चालू आर्थिक वर्षमा पनि त्यस्तै अवस्था देखिएको श्रमसम्बद्ध अधिकारीले बताएका छन्।

गत साउनदेखि फागुन अन्तिमसम्ममा नेपालबाट साउदी अरेबिया जानका लागि ९१ हजार जनाभन्दा बढीले श्रम स्वीकृति वा पुन: श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको विवरणमा उल्लेख छ।

साउदी अरबस्थित नेपाली दूतावासका अनुमानमा उक्त देशमा १० हजार जनाभन्दा बढी नेपालीहरू गैरकानुनी रूपमा कार्यरत रहेका छन्।

तर दूतावासको सम्पर्कमा नआएकाहरू पनि कैयौँको सङ्ख्यामा रहेको हुनसक्ने अनुमान गरिएको छ।

एक्जिट भिसा पाउने कसरी फर्कन्छन्?

गिरीले दिएको जानकारी अनुसार त्यहाँस्थित नेपाली दूतावासले विभिन्न कारणबाट कागजातविहीन बनेका नेपालीहरूलाई एक्जिट भिसा दिनका लागि दूतावासले पहल गर्ने गर्छ।

तर उनीहरूले नेपाल आउने हवाई खर्चलगायतको व्यवस्था आफैँले गर्नुपर्ने हुन्छ। नेपाली दूतावासले साउदी निकायहरूलाई अनुरोध गर्दैमा उनीहरूले एक्जिट भिसा पाइहाल्छन् भन्ने अवस्था पनि रहँदैन।

यद्यपि एक्जिट भिसा पाएका कतिपयलाई कम्पनीहरूले नै टिकट काटेर नेपाल पठाइदिने समेत गरेका छन्। यद्यपि विभिन्न आरोपहरू लागेर कानुनी प्रक्रियामा रहेका वा जेलमा रहेकाहरूले एक्जिट भिसाका लागि आवेदन दिन पाउँदैनन्।

रियादस्थित नेपाली राजदूतावासका अनुसार हाल साउदी अरबका विभिन्न जेलहरूमा ६०० जना जति नेपालीहरू रहेका छन्। गिरीले ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ‍ओसारपसार र उत्पादनको कसुरमा जेलमा रहेको बताए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाँच महिनामा थपियो सवा खर्ब सार्वजनिक ऋण

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा करिब सवा खर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार सार्व...

रवि–बालेन अब ‘एउटै गाडी’मा

काठमाडौं । जेन–जी आन्दोलनपछि विकसित नयाँ राजनीतिक परिस्थिति र आसन्न निर्वाचनलाई केन्द्रमा राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठ...

दरवाङ–मुना–ढोरपाटन सडकः धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी । यहाँको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति योजनाको ७१ प्रतिशत भौतिक प्र...

रवि र बालेनबीच ‘वान–टु–वान’ वार्ता, निवासमा भेट गराएका आशिफले भने : कथाको सुखद् सुरूआत भएको छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र स्वतन्त्र निर्वाचित काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच करिब ६ घण्टा ‘वान–टु–वान’ ...

मेची भन्सार कार्यालयः पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्...

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा। गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा छ । एक सय ३ दशमलव ४ मेगावाट क्षमताको बूढीगण्डकी ‘क’ र २२६ मेगावाट क्षमताको बूढीगण्...

चलचित्र जाँचसम्बन्धी कार्यविधिप्रति चलचित्रकर्मी असन्तुष्ट

काठमाडौँ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) द्वारा गएको पुस २ गतेदेखि कार्यान्वयनमा ल्याइएको ‘चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८२’ को सातौँ ...

शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित, विद्यालयमा बिदा

रौतहट। विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर नगरपालिकाले गौर नगर क्षेत्रभरिका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा आउँदो शुक्रबारसम्मका...

निर्वाचन ७२ दिन बाँकी: यस्तो अवस्थामा हुनेछ समानुपातिकतर्फको सूचीबाट अयोग्य

काठमाडौँ । सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेका कुनै पनि व्यक्ति राजनीतिक दलका तर्फबाट समानुपा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending