Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

साउदी अरबमा गैरकानुनी बनेका हजारौँ नेपालीले पाए स्वदेश फर्कने अनुमति

खबरडबली संवाददाता

काठमाडौं । साउदी अरबमा 'आवश्यक कागजातविनै' विभिन्न कम्पनीहरूमा कार्यरत ठूलो सङ्ख्यामा रहेका नेपालीहरूले त्यहाँस्थित दूतावासको सिफारिसमा बहिर्गमन (एक्जिट) भिसा पाएको अधिकारीहरूले बताएका छन्।

विभिन्न कारणले गैरकानुनी बनेकाहरूलाई रियादस्थित नेपाली दूतावासले स्वदेश फर्कने भिसा प्राप्त गर्नका लागि आवश्यक पहल गरेको उनीहरूको भनाइ छ।

सन् २०२३ मा मात्र दुई हजार जनाभन्दा बढी नेपाली नागरिकहरूले रियादस्थित नेपाली दूतावासको पहलमा त्यस्तो भिसा पाएका छन्। यो वर्ष (सन् २०२४) को साढे दुई महिनामा पनि उल्लेख्य सङ्ख्यामा कामदारहरूले त्यस्तो भिसा पाएको बताइएको छ।

साउदी अरबका लागि एकजना पूर्व नेपाली राजदूतले उक्त देशमा चार/पाँच तरिकाले कामदारहरू 'आवश्यक कागजपत्रविहीन' हुने गरेको आफ्नो कार्यकालमा पाएको बताए।

त्यस्तो प्रवृत्तिको न्यूनीकरणका लागि त्यहाँस्थित नेपाली दूतावास र सरकारले आवश्यक कदम चाल्नुपर्ने विज्ञहरू बताउँछन्।

कतिले पाए 'एक्जिट' भिसा?

रियादस्थित नेपाली दूतावासका प्रथम सचिव एवं सूचना अधिकारी टोपनारायण गिरीले उपलब्ध गराएको विवरणअनुसार गत वर्ष २ हजार ९३ जना नेपालीले एक्जिट भिसा पाएका छन्।

"कागजातविहीन बनेको भनेर उहाँहरूले दूतावासमा निवेदन दिएपछि हामीले सम्बन्धित निकायमा पहल गर्‍यौँ र उहाँहरूले भिसा पाउनु भयो," उनले भने।

त्यस्तै यस वर्षको पहिलो साढे दुई महिना (ज्यानुअरीयता) मा कुल ८८६ जना नेपाली नागरिकले उक्त मुस्लिम देशबाट बाहिरिनका लागि भिसा पाएका छन्।

उनका अनुसार साउदी अरबमा हजारौँको सङ्ख्यामा कागजपत्रविहीन कामदारहरू रहेको अनुमान गरिएकाले यस्तो निवेदन दिनेको सङ्ख्या बढ्दै जानसक्ने देखिन्छ।

गैरकानुनी बन्ने कारण के हुन्?

गैरकानुनी बनेर गत वर्ष एक्जिट भिसा पाएका दुई हजार जनाभन्दा बढी नेपालीमध्ये अधिकांशले साउदी अरेबियामा आवासीय अनुमति (आईकमा) नवीकरण नगरेको पाइएको छ।

"यस्तो अनुमतिको नवीकरण रोजगारदाताले गरिदिनुपर्ने हो तर रोजगारदाताले नवीकरण नगरिदिने र कामदारहरूले पनि त्यसको बेवास्ता गर्दा उनीहरू गैरकानुनी बन्ने रहेछन्," गिरीले भने।

गत वर्ष त्यस्तो अनुमति नवीकरण नभएका १ हजार ६ सय ५८ जनाले एक्जिट भिसा लिएका छन्।

साउदी अरबको आन्तरिक मामिला मन्त्रालयको वेबसाइटमा राखिएको विवरणमा रोजगारदाताहरूले आफ्ना कामदारलाई उनीहरूको कार्यस्थल रहेको क्षेत्रमा विना अवरोध आवतजावतका लागि आवास अनुमति लिनै पर्ने उल्लेख छ।

त्यसमा भनिएको छ, "आवास अनुमतिको मिति सकिनुभन्दा तीन दिन अघि नै त्यसको नवीकरण गर्नैपर्छ। पहिलो पटक त्यस्तो नवीकरण उल्लङ्घन गर्नेले लाग्ने शुल्क बराबरकै जरिवाना तिरेर नवीकरण गराउन पाउँछन्।"

"दोस्रो पटक नवीकरण उल्लङ्घन भए जरिवाना दोबर हुनेछ। यदि कसैले तेस्रो पटक त्यस्तो उल्लङ्घन गरे उनीहरूलाई देश निकाला गरिनेछ।"

नेपालीहरू गैरकानुनी बन्ने अर्को कारण नेपालबाट काम गर्न गएको कम्पनी छाडेर अर्को कम्पनीमा काम गर्न जानु देखिएको छ।

उनीहरूले भागेर कम्पनी छाडेका हुनाले कागजातविहीन भएका हुन्। गत वर्ष त्यस्ता ४३५ जना नेपाली कामदारले एक्जिट भिसा लिएका छन्। साउदी अरबका लागि पूर्व नेपाली राजदूत उदयराज पाण्डे त्यहाँ नेपालीहरू गैरकानुनी बन्ने विभिन्न कारणहरू रहेको बताउँछन्।

उनी भन्छन्, "नेपालबाट जाने बेलामा भनिएको र तोकिएको सेवासुविधा नपाउँदा कम्पनी छाडेर भाग्ने चलन छ। त्यसले उनीहरूलाई कागजातविहीन बनाउँछ।"

"त्यस्तै एउटामा भन्दा अर्कोमा राम्रो काम पाइन्छ भन्ने लोभले पनि कतिपय भाग्ने गर्छन् अनि त्यहाँ केही गिरोह पनि सक्रिय छन् तिनले कामदारहरूलाई लोभ देखाएर भगाउँछन् र उनीहरूलाई गैरकानुनी बनाइदिन्छन्।"

आवास अनुमति नवीकरणको जिम्मा रोजगारदाताको भए पनि त्यसो नगरिदिँदा पनि धेरै नेपाली गैरकानुनी बन्ने उनी बताउँछन्।

न्यूनीकरणका लागि के गर्ने?

पूर्वराजदूत पाण्डे साउदी अरबमा गैरकानुनी रूपमा बस्नु भनेको सबैखाले सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था आउने बताउँछन्।

"गैरकानुनी कामदार दुर्घटनामा पर्दा उपचार समेत नपाउने अवस्था बन्नसक्छ। बिमालगायतको सुविधा त पाउने कुरै भएन। त्यसैले हामीले नेपालीहरूलाई गैरकानुनी नबन्न प्रेरित गर्नुपर्छ," उनले भने।

"त्यसका लागि दूतावास सक्रिय भएर नियमित रूपमा उनीहरूलाई विभिन्न माध्यमबाट जानकारी दिनुपर्‍यो। त्यहाँस्थित नेपालीहरूका संस्थाहरूलाई पनि सक्रिय बनाउनु पर्‍यो।"

दूतावासका प्रथम सचिव गिरीले चाहिँ दूतावासले नियमित रूपमा कामदारहरूलाई सूचना प्रवाह गरिरहेको बताए। उनले भने, "हामीले त उहाँहरूलाई कुनै कम्पनीले शोषण गर्‍यो भने पनि कानुनी बाटो अपनाउनुस् नभाग्नुस् भनेका छौँ। भागेर गैरकानुनी भएपछि धेरै समस्या पर्छ।"

एक महिनाअघि नेपाली कामदारले भोगेका समस्याबारे नेपाली राजदूत नवराज सुवेदीले साउदी अरेबियाका महान्यायाधिवक्तालाई भेटेरै जानकारी गराएको पनि उनले स्मरण गरे।

उनका अनुसार त्यस बेला पनि साउदी पक्षले नेपाली कामदारले भोगेका समस्याहरूलाई समाधान गर्न द्विपक्षीय छलफल जारी राख्ने र निरन्तर संवाद गर्ने प्रतिबद्धता जनाएको थियो।

साउदीमा नेपाली कामदार

पछिल्लो समय साउदी अरब, मलेशिया र कतारपछि सबैभन्दा धेरै नेपाली कामदारहरू गइरहेको देश रहेको सरकारी विवरणहरूले देखाउँछन्। चालू आर्थिक वर्षमा पनि त्यस्तै अवस्था देखिएको श्रमसम्बद्ध अधिकारीले बताएका छन्।

गत साउनदेखि फागुन अन्तिमसम्ममा नेपालबाट साउदी अरेबिया जानका लागि ९१ हजार जनाभन्दा बढीले श्रम स्वीकृति वा पुन: श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको विवरणमा उल्लेख छ।

साउदी अरबस्थित नेपाली दूतावासका अनुमानमा उक्त देशमा १० हजार जनाभन्दा बढी नेपालीहरू गैरकानुनी रूपमा कार्यरत रहेका छन्।

तर दूतावासको सम्पर्कमा नआएकाहरू पनि कैयौँको सङ्ख्यामा रहेको हुनसक्ने अनुमान गरिएको छ।

एक्जिट भिसा पाउने कसरी फर्कन्छन्?

गिरीले दिएको जानकारी अनुसार त्यहाँस्थित नेपाली दूतावासले विभिन्न कारणबाट कागजातविहीन बनेका नेपालीहरूलाई एक्जिट भिसा दिनका लागि दूतावासले पहल गर्ने गर्छ।

तर उनीहरूले नेपाल आउने हवाई खर्चलगायतको व्यवस्था आफैँले गर्नुपर्ने हुन्छ। नेपाली दूतावासले साउदी निकायहरूलाई अनुरोध गर्दैमा उनीहरूले एक्जिट भिसा पाइहाल्छन् भन्ने अवस्था पनि रहँदैन।

यद्यपि एक्जिट भिसा पाएका कतिपयलाई कम्पनीहरूले नै टिकट काटेर नेपाल पठाइदिने समेत गरेका छन्। यद्यपि विभिन्न आरोपहरू लागेर कानुनी प्रक्रियामा रहेका वा जेलमा रहेकाहरूले एक्जिट भिसाका लागि आवेदन दिन पाउँदैनन्।

रियादस्थित नेपाली राजदूतावासका अनुसार हाल साउदी अरबका विभिन्न जेलहरूमा ६०० जना जति नेपालीहरू रहेका छन्। गिरीले ८० देखि ८५ प्रतिशत नेपालीहरू मदिरा सेवन, ‍ओसारपसार र उत्पादनको कसुरमा जेलमा रहेको बताए। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८५वर्षमा फर्कियो ७ वर्षअघि गुमेको दृष्टि

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई जीवनको उत्तराद्र्धमा दृष्टि फर्किएला र फेरि संसार देख्न पाइएला भन्ने कुनै आशा...

जेनजी आन्दाेलन छानबिन आयोग प्रतिवेदन: भदौ २३ लाई कारबाही, २४ लाई उन्मुक्ति

काठमाडौं । जेनजी विद्रोहको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले भदौ २३ गतेको घटनालाई लिएर सरकार प्रमुखदेखि सुरक्षा अंगका प्रमुखलाई कार...

बालेनलाई आज संसदीय दलको नेता चयन गर्दै रास्वपा, भोलि प्रधानमन्त्रीको शपथ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने गरी नयाँ सरकार गठनको अन्तिम तयारी अघि बढाएको छ। प्रति...

यस्तो छ आजको मौसम

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ...

वीरगञ्ज भन्सारद्वारा एक खर्ब ५४ करोड राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात ...

गत वैशाखयता देशभर सात हजार २३१ विपद्का घटना

काठमाडौँ । गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनु...

चुलोचौकोदेखि क्याम्पससम्म: बदलिँदै शिशुवारीका छोरी–बुहारीको जीवन

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो । थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो । राउतल...

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ः०० बजे हुने भएको छ । शपथका लागि सबै तयारी पूरा भइसकेको सङ्घीय संसद् सचि...

जलेर नष्ट भएका तेह्र हजारभन्दा बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके । नेपालगन्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा जलेर नष्ट भएका १३ हजारभन्दा बढी जग्गाधनी प...

तनहुँको मह विश्व बजारमा, किसान उत्साहित

तनहुँ ।  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन् । यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: