Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

खबरडबली संवाददाता

वीरगन्ज । पर्साकाे ठाेरी गाउँपालिका-४ मालीबस्तीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ । बाघकाे आक्रमणबाट ठाेरी गाँउपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० बर्षिया कलावती सुबेदीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरीक्षक सन्ताेष राईका अनुसार मालबस्ती गाँउ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला साेमबार साँझ ५ बजेतिर जंगलबाट आएकाे बाघले आक्रमण गर्दा सुबेदीकाे मृत्यु भएकाे हाे ।

आक्रमण गर्ने बाघ भने जंगलतिर भागेकाे स्थानीयले बताएका छन् । मृतक महिलाकाे शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेकाे प्रहरी निरीक्षक राईले जानकारी दिए ।

एक महिनाभित्रै पर्सामा बाघकाे आक्रमणबाट ज्यान गुमाउनेकाे संख्या दुई पुगेकाे छ । यसअघि पटेर्वा सुगाैली गाँउपालिकामा बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु भएकाे थियाे ।

पर्साकाे ठाेरी,पटेर्वासुगाैली र सखुवा प्रसाैनी गाँउपालिकाका विभिन्न गाँउमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाे छ । आतंक मच्चाउने दुई बाघमध्ये भाले पाटे बाघलाई गत बिहीबार मात्रै तीन वटा हात्तीकाे मदतमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टाेलीले सखुवा प्रसाैनी गाँउपालिका स्थित उँखुबारीबाट डाट हानेर नियन्त्रणमा लिएको थियाे । पाेथी बाघलाई नियन्त्रणमा लिन भने उक्त टाेली असफल भएकाे थियाे ।

 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending