कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्र मणिका धाम क्षेत्रमा लाग्ने मेला भर्नका लागि भक्तजन आउनेक्रम सुरु भएको छ । सो धाम क्षेत्रमा भारतीयसँगै छिमेकी जिल्लाका भक्त वैजनाथ सिद्धनाथ बाबाको दर्शन गर्नका लागि मन्दिर क्षेत्रमा पुग्नेक्रम बढ्दोरुपमा रहेको छ । आज राति र भोलि दिउँसो मन्दिरमा धार्मिक मेला लाग्ने वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका अध्यक्ष पुरन हमालले बताए ।
उनका अनुसार फागुन शुक्लपक्षको नवमीमा रात्रि र दशमीको दिउँसो मेला लाग्ने गर्दछन् । वर्षौंदेखि यसै तिथिमा मणिका धाम क्षेत्रमा मेला लाग्दै आएको छ । “मेलामा पुग्ने भारतीय तथा आन्तरिक श्रद्धालु भक्तजनलाई मध्यनजगर गरी खानेपानीको सुविधासँगै सडक मर्मतको कार्य गरिएको छ”, अध्यक्ष हमालले भने, “भक्तजनलाई रातिको आरती र भजनकीर्तन गर्नका लागि आवश्यक प्रबन्ध मिलाएका छौँ ।”
बजार व्यवस्थापनको कार्यसँगै बसको अत्यधिक चाप हुने भएकाले पार्किङको उचित प्रबन्ध मिलाइएको उनको भनाइ रहेको छ । उनका अनुसार मन्दिर परिसर क्षेत्रमा जनसहभागितामा सरसफाइको काम गरिएको छ । मन्दिरमा मनोबाञ्छित फल प्राप्तिका लागि भाकल गरेकाले रातिको मेलामा सहभागी भई मन्दिरमा दियो जलाउने, पूजाआजा गर्ने गर्दछन् । मन्दिरमा भेटीलगायत अन्य वस्तु चढाउने पनि रात्रिको मेलामा अनिवार्य सहभागी हुने गर्दछन् ।
मेलामा अप्रिय घटना हुन नदिनका सुरक्षाका लागि प्रहरीसँग समन्वयको कार्य गरिएको मन्दिरका मुख्य कारिन्दा डम्बरबहादुर ऐरले बताए । “धार्मिक भक्तजनको अत्यधिक चाप हुने भएकाले त्यसकै व्यवस्थापनको पूर्वतयारीमा जुटेका छौँ”, उनले भने, “साधु, ब्राह्मण, अन्य भक्तजन बस्ने स्थान निर्धारणको कार्य गरिएको छ ।”
प्रत्येक वर्ष झैँ यस वर्ष पनि श्रद्धालु भक्तजनको निकै भीड लाग्ने अनुमान गरी त्यसैअनुरुप तयारीको काम भइरहेको उनको भनाइ छ । मेलामा रु एक लाख बढी भक्तजन पुग्ने अनुमान गरिएको छ । मेलामा दर्शन गर्न र व्यापार व्यवसाय गर्नका लागि ठूलो सङ्ख्यामा भारतको उत्तराखण्ड र उत्तरप्रदेशबाट भारतीय पुग्नेक्रम जारी रहेको छ ।
धाम क्षेत्रलाई स्थानीय बासिन्दाले मुड्काका नामले चिन्ने गर्दछन् । थारु भाषामा ‘मुड’ भन्नाले शिर भन्ने बुझिन्छ । सबैभन्दा अग्लो स्थानमा सिद्धनाथ–वैजनाथको थपना भएकाले यसलाई मुड्का भन्ने गरिएको थारु बुढापाकाको भनाइ छ । मन्दिर नजिकै सुन्दर तलाउ पनि रहेको छ । त्यसलाई स्थानीयले मुड्का ताल भन्ने गर्दछन् ।
ताल भने संरक्षणको अभावमा पुरिँदै जान थालेको छ । सङ्घीय सरकारले यस वर्ष सात प्रदेशका मुख्य पर्यटकीय क्षेत्रको विकास गर्ने योजनाअनुसार सुदूरपश्चिम क्षेत्रमा मणिका धाम क्षेत्रका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । मन्दिरको चारैतिर घना सालको वन रहेको छ । पूर्व–पश्चिम राजमार्गको कलुवापुर र झलारी क्षेत्र हुँदै बस चढेर आधा घण्टामै मणिका धाम क्षेत्रसम्म पुग्न सकिन्छ । मणिका धाम क्षेत्रमा सिद्धनाथ, वैजनाथ बाबाको प्राचीन मन्दिर, विवाहमण्डप, धुनी घर, भजनकीर्तन गर्ने स्थलसँगै साधु बस्ने कुटी रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: