Khabar Dabali २७ असार २०८३ शनिबार | 11th July, 2026 Sat
Investment bank

इजराइल र हमाससँग पुनः युद्धविराम वार्ता हुने अपेक्षा

खबरडबली संवाददाता

काठमाडौं । इजराइल र हमासबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आइतबार कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन् ।

मुसलमानहरूको पवित्र महिना रमजानको सुरुआतपछि पहिलो पटक इजराइली अधिकारी र हमासका नेताहरूलाई अप्रत्यक्ष वार्तामा सहभागी गराउने छ । मध्यस्थकर्ताहरूले यसै साताको प्रारम्भमा रमजान सुरु हुनुअघि छ साताको युद्धविराम सुरक्षित गर्ने आशा गरेका थिए तर हमासले गाजामा स्थायी युद्धविराम नहुने कुनै पनि सम्झौतालाई अस्वीकार गर्यो भने इजराइलले हमासको उक्त मागलाई खारेज गर्यो । 

यद्यपि हालैका दिनहरूमा सम्पूर्णरूपमा नटुटेको वार्तालाई दुवै पक्षले ट्र्याकमा ल्याउने उद्देश्यले कदम चालेका छन् । इजिप्टका दुई अधिकारीका अनुसार हमासले युद्ध समाप्त गर्ने तीन चरणको योजनाको नयाँ प्रस्ताव मध्यस्थकर्ताहरूलाई दिएको छ । 

पहिलो चरणमा छ साताको युद्धविराम हुनेछ । यसमा इजराइलले राखेका तीन सय ५० प्यालेस्टिनी कैदीको बदलामा गाजामा हमास लडाकूहरूले बन्धक बनाएका महिला, बिरामी र वृद्धसहित ३५ बन्धकको रिहाइ समावेश हुनेछ । हमासले ५० कैदीको बदलामा कम्तीमा पाँच महिला सैनिकलाई पनि रिहा गर्नेछ । यिनीहरूमा प्रत्येक सैनिकका लागि आतङ्ककारी आरोपमा लामो सजाय काटिरहेका केही महिला पनि रहेका छन् । 

अधिकारीहरूका अनुसार इजराइली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ, विस्थापित प्यालेस्टिनीहरूलाई युद्धले विनाश भएको उत्तरी गाजामा फर्कन अनुमति दिनेछ र यस क्षेत्रमा सहायताको स्वतन्त्र प्रवाहलाई अनुमति दिनेछ । 

राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले तहसनहस भएको उत्तरमा दुई वर्षभन्दा पनि कम उमेरका तीन बालकमध्ये एक जना गम्भीर कुपोषणबाट पीडित भएको शुक्रबार बताएको छ ।

अधिकारीहरूका अनुसार दोस्रो चरणमा दुवै पक्षले स्थायी युद्धविरामको घोषणा गर्नेछन् र हमासले थप कैदीको बदलामा बन्धक बनाइएका बाँकी इजराइली सैनिकहरूलाई मुक्त गर्नेछ । तेस्रो चरणमा इजराइलले गाजाको नाकाबन्दी हटाएर पुनर्निर्माण सुरु गर्न अनुमति दिएको बदलामा हमासले आफूसँग रहेका शवहरू हस्तान्तरण गर्नेछ ।

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रस्तावलाई ‘अवास्तविक’ भन्नुभयो । यद्यपि उनले थप वार्ताका लागि इजराइली वार्ताकारहरूलाई कतार पठाउन सहमत हुनुभएको छ ।वार्ताहरू आइतबार दिउँसो पुनः सुरु हुने अपेक्षा गरिए पनि सोमबारसम्ममा वार्ता सुरु गर्न सकिने अधिकारीहरूले बताएका छन् ।     
नेतान्याहु सरकारले स्थायी युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै युद्धविरामअघि ‘हमासलाई समाप्त गर्ने’ आफ्नो घोषित लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएको छ । नेतान्याहुको कार्यालयले गाजाको सबैभन्दा दक्षिणी सहर रफामा आक्रमण गर्ने सैन्य योजनालाई अनुमति दिएको शुक्रबार बताएको छ । रफामा १४ लाख विस्थापित प्यालेस्टिनीले शरण लिएका छन् । अमेरिका र अन्य मुलुकले यस्तो कारवाही विनाशकारी हुनसक्ने चेतावनी दिएका छन् तर इजराइलले त्यहाँ तैनाथ हमास बटालियनहरूलाई समाप्त पार्नका लागि अगाडि बढ्ने योजना बनाइरहेको बताएको छ । 

नेतान्याहु कार्यालयले रफा कारवाहीमा नागरिको विस्थापन समावेश हुने बताएको छ तर उसले विवरण वा समयतालिका भने दिएको छैन । सेनाले बुधबार नागरिकहरूलाई मध्य गाजामा ‘मानवीय टापूहरू’ मा निर्देशित गर्ने योजना बनाएको बताएको थियो । “रफामा निर्दोष मानिसहरूलाई इजराइली आक्रमणबाट बचाउनका लागि हामीले स्पष्ट र कार्यान्वयनयोग्य योजना देख्नुपर्छ”, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार भन्नुभयो, “हामीले त्यस्तो कुनै योजना देखेका छैनौँ ।” 

इजराइलको आक्रमणले गाजाका २३ लाख मानिसमध्ये अधिकांशलाई उनीहरूको घरबाट विस्थापित गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका एक चौथाई जनसङ्ख्या भोकमरीमा परेको छ ।   

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

'गणेश समाचार होइन, विद्रोहको प्रतीक हुन्' : हर्क साम्पाङको भावुक अभिव्यक्ति

'म सधैं तिम्रो पक्षमा बोल्नेछु, लाखौँ युवाका लागि रोजगारीको आवाज उठाइरहनेछु'

तीन दिनमा तीन आत्मदाह प्रयास : गणेशको मृत्युपछि पनि किन रोकिएन निराशाको आगो ?

बुद्धनगरमा ४५ वर्षीय आश्विन राउतले पनि लगाए शरीरमा आगो

एका विहानै बुद्धनगरमा अर्काे आत्मदाह प्रयास

काठमाडौं । काठमाडौंको बुद्धनगरमा एकजनाले आत्मदाहको प्रयास गरेका छन् । ४५ वर्षीय आश्विन राउतले शनिबार बिहान आफ्नौ शरीरमा आगो लगाएका हुन् । काठमाडौं ...

दाङमा वडा सदस्यले अधिकृतलाई मोबिल छ्यापेपछि...

दाङ । दाङमा जनप्रतिनिधिले शिक्षा अधिकृतलाई मोबिल खन्याइदिएका छन् । घोराहीस्थित पद्मोदय माविको विद्यालय व्यवस्था समितिको निर्वाचन गैरकानुनी ढंगबाट ग...

तीन महिनामा ११० जनालाई हुलाकमार्फत राहदानी वितरण

सङ्खुवासभा ।  जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले हुलाक सेवामार्फत राहदानी घरघरमा पुर्‍याउने अभियान सुरु गरेसँगै हालसम्म ११० जनाले सेवा लिएका छन् । ज...

सिँचाइ अभाव हुँदा सङ्खुवासभामा २५ प्रतिशत मात्र रोपाइँ

सङ्खुवासभा । सिँचाइ अभावका कारण असार सकिन लाग्दा पनि सङ्खुवासभामा २५ प्रतिशतमात्र रोपाइँ भएको छ । यसअघि माथिल्लो क्षेत्रमा असारको अन्तिम सातासम्म र तल...

अधुरो देशको आगो

त्रिपुरेश्वरको सडकमा एउटा सपना आगो बन्यो, राहदानीको पर्खाइभन्दा पीडा धेरै भारी भयो। गणेशले केवल शरीर जलाएन, उसले राज्यलाई एउटा प्रश्न छोड्यो "...

सामाजिक सञ्जाल र पत्रकारलाई एक वर्ष अन्तर्वार्ता नदिने मन्त्री पुनको घोषणा

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री तथा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं प्रवर्द्धक महावीर पुनले आगामी एक वर्षसम्म सामाजिक सञ्जाल...

गणेशपछि फेरि आत्मदाह प्रयास : सर्लाहीका २५ वर्षीय विवेकको शरीर ८५ प्रतिशत जल्यो, अवस्था अत्यन्तै गम्भीर

काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीको आत्मदाह प्रयास र उपचारकै क्रममा मृत्यु भएको घटनाको पीडा सेलाउन नपाउँदै सर्लाहीमा फेरि अर्को आत्मदाह प्रयासको घ...

धरपकडबाट संवादतिर प्रधानमन्त्री : १०० दिनपछि निजी क्षेत्रसँग ‘आइस–ब्रेक’

काठमाडौं । सरकार गठनको सुरुवाती चरणमा उद्योगी–व्यवसायीमाथि लगातार भएको पक्राउ, अनुसन्धान र कडा सरकारी कदमले निजी क्षेत्रमा गहिरो त्रास सिर्जना गरेको थ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending