Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

इजराइल र हमाससँग पुनः युद्धविराम वार्ता हुने अपेक्षा

खबरडबली संवाददाता

काठमाडौं । इजराइल र हमासबीच युद्धविराम सुनिश्चित गर्ने उद्देश्यले रोकिएको वार्ता आइतबार कतारमा पुनः सुरु हुने अपेक्षा गरिएको इजिप्टका अधिकारीहरूले बताएका छन् ।

मुसलमानहरूको पवित्र महिना रमजानको सुरुआतपछि पहिलो पटक इजराइली अधिकारी र हमासका नेताहरूलाई अप्रत्यक्ष वार्तामा सहभागी गराउने छ । मध्यस्थकर्ताहरूले यसै साताको प्रारम्भमा रमजान सुरु हुनुअघि छ साताको युद्धविराम सुरक्षित गर्ने आशा गरेका थिए तर हमासले गाजामा स्थायी युद्धविराम नहुने कुनै पनि सम्झौतालाई अस्वीकार गर्यो भने इजराइलले हमासको उक्त मागलाई खारेज गर्यो । 

यद्यपि हालैका दिनहरूमा सम्पूर्णरूपमा नटुटेको वार्तालाई दुवै पक्षले ट्र्याकमा ल्याउने उद्देश्यले कदम चालेका छन् । इजिप्टका दुई अधिकारीका अनुसार हमासले युद्ध समाप्त गर्ने तीन चरणको योजनाको नयाँ प्रस्ताव मध्यस्थकर्ताहरूलाई दिएको छ । 

पहिलो चरणमा छ साताको युद्धविराम हुनेछ । यसमा इजराइलले राखेका तीन सय ५० प्यालेस्टिनी कैदीको बदलामा गाजामा हमास लडाकूहरूले बन्धक बनाएका महिला, बिरामी र वृद्धसहित ३५ बन्धकको रिहाइ समावेश हुनेछ । हमासले ५० कैदीको बदलामा कम्तीमा पाँच महिला सैनिकलाई पनि रिहा गर्नेछ । यिनीहरूमा प्रत्येक सैनिकका लागि आतङ्ककारी आरोपमा लामो सजाय काटिरहेका केही महिला पनि रहेका छन् । 

अधिकारीहरूका अनुसार इजराइली सेना गाजामा दुई मुख्य सडकबाट हट्नेछ, विस्थापित प्यालेस्टिनीहरूलाई युद्धले विनाश भएको उत्तरी गाजामा फर्कन अनुमति दिनेछ र यस क्षेत्रमा सहायताको स्वतन्त्र प्रवाहलाई अनुमति दिनेछ । 

राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफले तहसनहस भएको उत्तरमा दुई वर्षभन्दा पनि कम उमेरका तीन बालकमध्ये एक जना गम्भीर कुपोषणबाट पीडित भएको शुक्रबार बताएको छ ।

अधिकारीहरूका अनुसार दोस्रो चरणमा दुवै पक्षले स्थायी युद्धविरामको घोषणा गर्नेछन् र हमासले थप कैदीको बदलामा बन्धक बनाइएका बाँकी इजराइली सैनिकहरूलाई मुक्त गर्नेछ । तेस्रो चरणमा इजराइलले गाजाको नाकाबन्दी हटाएर पुनर्निर्माण सुरु गर्न अनुमति दिएको बदलामा हमासले आफूसँग रहेका शवहरू हस्तान्तरण गर्नेछ ।

इजराइली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्रस्तावलाई ‘अवास्तविक’ भन्नुभयो । यद्यपि उनले थप वार्ताका लागि इजराइली वार्ताकारहरूलाई कतार पठाउन सहमत हुनुभएको छ ।वार्ताहरू आइतबार दिउँसो पुनः सुरु हुने अपेक्षा गरिए पनि सोमबारसम्ममा वार्ता सुरु गर्न सकिने अधिकारीहरूले बताएका छन् ।     
नेतान्याहु सरकारले स्थायी युद्धविरामको आह्वानलाई अस्वीकार गर्दै युद्धविरामअघि ‘हमासलाई समाप्त गर्ने’ आफ्नो घोषित लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएको छ । नेतान्याहुको कार्यालयले गाजाको सबैभन्दा दक्षिणी सहर रफामा आक्रमण गर्ने सैन्य योजनालाई अनुमति दिएको शुक्रबार बताएको छ । रफामा १४ लाख विस्थापित प्यालेस्टिनीले शरण लिएका छन् । अमेरिका र अन्य मुलुकले यस्तो कारवाही विनाशकारी हुनसक्ने चेतावनी दिएका छन् तर इजराइलले त्यहाँ तैनाथ हमास बटालियनहरूलाई समाप्त पार्नका लागि अगाडि बढ्ने योजना बनाइरहेको बताएको छ । 

नेतान्याहु कार्यालयले रफा कारवाहीमा नागरिको विस्थापन समावेश हुने बताएको छ तर उसले विवरण वा समयतालिका भने दिएको छैन । सेनाले बुधबार नागरिकहरूलाई मध्य गाजामा ‘मानवीय टापूहरू’ मा निर्देशित गर्ने योजना बनाएको बताएको थियो । “रफामा निर्दोष मानिसहरूलाई इजराइली आक्रमणबाट बचाउनका लागि हामीले स्पष्ट र कार्यान्वयनयोग्य योजना देख्नुपर्छ”, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले शुक्रबार भन्नुभयो, “हामीले त्यस्तो कुनै योजना देखेका छैनौँ ।” 

इजराइलको आक्रमणले गाजाका २३ लाख मानिसमध्ये अधिकांशलाई उनीहरूको घरबाट विस्थापित गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार गाजाका एक चौथाई जनसङ्ख्या भोकमरीमा परेको छ ।   

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अकबरे खुर्सानी कालीमाटीमै ४०० रुपैयाँ केजी, अन्य तरकारी–फलफूलको थोक मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी, फलफूल तथा अन्य कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार आज काली...

को–को हुन् प्रतिनिधिसभा निर्वाचनका लागि अस्थायी मतदाता ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा समावेश हुने मतदाताको स्पष्ट मापदण्ड निर...

बढ्यो अमेरिकी डलरको मूल्य, अन्यकाे कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।  आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य पुन...

विप्लव समूहको कम्युनबाट भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्थ बरामद

अर्घाखाँची । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को कम्युनबाट प्रहरीले भरुवा बन्दुकसहित ठूलो परिमाणमा विस्फोटक पदार्...

निर्वाचनको गाँठो फुकाउन प्रधानमन्त्री कार्कीको पहल, आज तीन दलका शीर्ष नेतासँग निर्णायक छलफल

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आज प्रमुख तीन दलका शीर्ष नेतासँग निर्वाचनको विषयमा छलफल गर्ने भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा श...

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पछिल्ला केही दिनदेखि निरन्तर जारी बैठक आज दिउँसो १ बजे पार्टी क...

आज काठमाडौंका यी क्षेत्रमा बिजुली कटौती

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको छ । प्राधिकरणका अनुसार पानीपोखरी फिडर र हस्पिटल फ...

प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं । सरकारले विद्युतीय प्रसारण लाइनको तारमुनि पर्ने जग्गाको कित्ताकाट गर्न पाइने व्यवस्था गरेको छ । भूउपयोग नियमावली, २०७९ को तेस्रो संशोधनमार्फ...

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ भ...

नेकपा ओखलढुंगामा उम्मेदवारी सिफारिसमा विवाद, १५ जनामा कसले पाउला टिकट ?

ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending