काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्तरीय चलचित्र बनाउनुपर्नेमा जोड दिएका छन् ।
‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ)को सातौँ संस्करणका अवसरमा ‘एमाले अध्यक्ष केपी ओलीसँग राजेश हमालको सिनेमा संवाद’का क्रममा उनले देशमा स्तरीय चलचित्र बन्नुपर्नेमा जोड दिएका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीले भने, “देशको प्रकृति, इतिहासका बारेमा चलचित्र बन्नुपर्छ भन्ने मलाई लाग्छ ।” आफूले चलचित्रको कथा र त्यसअनुसार भूमिका निर्वाह गर्ने पात्रका अभिनय हेर्ने गरेको तथा कला, साहित्य, इतिहासलाई लिएर निर्माण गरिएका चलचित्रले आफूलाई आकर्षित गरेको उनले बताए ।
उच्च शिक्षा प्राप्तिको सिलसिलामा नेपाली युवामा विदेश जाने प्रवृत्ति बढीरहेको र धेरै ठूलो सङ्ख्यामा उनीहरू उतै बस्ने गरेको देखिएको उल्लेख गर्दै एमाले अध्यक्षले भने, “युवाहरू अध्ययनका लागि बाहिर जाने र उतै बस्ने समस्या देखिएको छ, कुनै पनि देश पैसा भएर धनी हुने होइन, विकास भएर देश धनी हो, युवा पङ्क्तिलाई आफ्नो देशको विकास गर्नुपर्छ भन्ने बुझाउन जरुरी छ ।”
अध्यक्ष ओलीले नायक हमाल सालिन अभिनयकर्ताका रूपमा परिचित रहेको उल्लेख गर्दै भने, “राजेश हमाल आकर्षक हुनुहुन्छ, विद्वान् एवं असल चालचलन भएको अभिनेता हुनुहुन्छ, अभिनय गर्दा आफू को थिएँ भन्ने नै बिर्सनुहुन्छ, समाजसँग घुलमिल हुन असाध्यै सिपालु हुनुहुन्छ, यिनै विशेषता र गुणहरूले राजेश हमाल मलाई मन पर्नुहुन्छ ।”
नायक राजेश हमालले पूर्वप्रधानमन्त्री ओलीको सबैसँग सहजै घुलमिल हुनसक्ने क्षमताबारेमा भने, “मैले तपाईँको जीवनका बारेमा जति बुझेको छु, सबै व्यक्तिसँग तपाईँको सहजरूपमा प्रस्तुत हुनसक्ने क्षमता छ, तपाईँका समकालीन नेतामा त्यो क्षमता देख्दिनँ, त्यो प्रतिभा हजुरमा छ, जुन मननयोग्य छ ।”
यही चैत ५ गतेसम्म सञ्चालन हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएर प्रदर्शन गरिने चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान एवं महोत्सव आयोजकका अध्यक्ष केपी पाठकले जानकारी दिए । हिजो सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महोत्सवको सातौँ संस्करणको उद्घाटन गरेकी थिइन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...
पौष ७ गते, २०८२ - १७:४९
बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...
पौष ७ गते, २०८२ - १७:४७
जकार्ता । सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको उद्धारकर्ताहरूले बताएका छन् । राजधानी जकार्...
पौष ७ गते, २०८२ - १७:४४
पेरिस । आणविक हतियार नियन्त्रणका लागि निर्माण गरिएको विश्वव्यापी कानूनी संरचना सन् २०२६ मा गम्भीर दबाबमा पर्ने देखिएको छ । दशकौँदेखि आणविक सङ्कट टार्न...
पौष ७ गते, २०८२ - १७:४१
मस्को । रूसले आफ्नो पाँचौँ पुस्ताको ‘एसयु–५७’ लडाकु जहाजमा नयाँ विमान इन्जिन ‘प्रोडक्ट १७७’ को सफल परीक्षण उडान सम्पन्न गरेको छ, जसको जानकारी राज्य स्...
पौष ७ गते, २०८२ - १७:३९
अबुजा । गत महिना नाइजेरियाको एक क्याथोलिक विद्यालयबाट अपहरण गरिएका १३० जना विद्यार्थी र विद्यालयका कर्मचारीहरूलाई रिहा गरिएको नाइजर राज्य प्रहरीले आइत...
पौष ७ गते, २०८२ - १७:३६
इस्लामाबाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तूनख्वा प्रान्तमा दुई अलग–अलग खुफिया आधारित सुरक्षात्मक अपरेशनमा नौ आतङ्कवादी मारिएका पाकिस्तान सेनाले आइ...
पौष ७ गते, २०८२ - १७:३४
क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...




प्रतिकृया लेख्नुहोस्: