Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

राष्ट्रसङ्घद्वारा रोहिङ्ग्या शरणार्थीका लागि ८५ करोड डलर माग

खबरडबली संवाददाता

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले बुधबार बङ्गलादेशका शिविरहरूमा रहेका धेरै रोहिङ्ग्या शरणार्थीका लागि सहयोग बढाउन आह्वान गरेको छ । शिविरमा पैसाको अभावले धेरै मानिस पर्याप्त खाना वा अन्य सहयोगबाट वन्चित छन् । 

सङ्कटका लागि आफ्नो वार्षिक प्रतिवेदनमा राष्ट्रसङ्घले बङ्गलादेशमा अधिकांश मुस्लिम रोहिङ्ग्या शरणार्थीहरू र उनीहरूलाई आतिथ्यता प्रदान गर्ने समुदायलाई यस वर्ष अत्यावश्यक सहयोग प्रदान गर्न ८५ करोड २४ लाख डलरका लागि अपिल गरेको छ ।  

बङ्गलादेश अधिकांश राज्यविहीन अल्पसङ्ख्यक रोहिङ्ग्याका करिब १० लाख सदस्यको घर हो । यीमध्ये धेरै मानिस सन् २०१७ मा म्यान्मामा सैन्य कारवाहीपछि भागेका थिए । म्यान्मामा लगातार द्वन्द्व भइरहेको छ । 

राष्ट्रसङ्घीय शरणार्थी एजेन्सी (युएनएचसिआर) ले बङ्गलादेशमा करिब ९५ प्रतिशत रोहिङ्ग्या परिवार असुरक्षित मानिएको र उनीहरू मानवीय सहयोगमा निर्भर रहेको एक विज्ञप्तिमा जनाएको छ । “म्यान्मामा द्वन्द्व बढ्दै गएपछि बङ्गलादेशसँग अन्तर्राष्ट्रिय ऐक्यबद्धता र शरणार्थीको सुरक्षा पहिलाभन्दा धेरै नै आवश्यक छ”, विज्ञप्तिमा भनिएको छ । 

गत वर्ष राष्ट्रसङ्घ र उसका सहयोगी मुलुकहरूले रोहिङ्ग्या शरणार्थी सङ्कटमा फसेका मानिसको सहयोगका लागि ८७ करोड ६० लाख डलर प्रदान गर्ने बताएका थिए । यद्यपि अन्त्यमा अनुरोध गरिएको रकमको आधा अर्थात ४४ करोड डलर मात्र प्रदान गरियो । 

धेरै हदसम्म मानवीय सङ्कट अन्तर्राष्ट्रिय चर्चाबाहिर भएकाले युएनएचसिआरले हालैका वर्षहरूमा महत्त्वपूर्ण कोषको कमीले ‘गम्भीर असर’ परेको चेतावनी दिएको छ । धेरै शरणार्थीले आफ्ना आधारभूत आवश्यकता पूरा गर्नका लागि सङ्घर्ष गरिरहेको भन्दै युएनएचसिआरले ‘तत्काल दिगो सहयोग आवश्यक रहेको’ बताएको छ ।

सहयोग प्राप्त गर्ने शरणार्थी जनसङ्ख्यामा ७५ प्रतिशतभन्दा धेरै महिला तथा बालबालिका रहेको भन्दै राष्ट्रसङ्घीय शरणार्थी एजेन्सीले उनीहरूले ‘दुर्व्यवहार, शोषण र लिङ्गमा आधारित हिंसाको बढ्दो जोखिम’ को सामना गरिरहेको चेतावनी दिएको छ । 

“शिविरहरूमा आधाभन्दा धेरै शरणार्थी १८ वर्षभन्दा कम उमेरका छन्, उनीहरू शिक्षा, सीप निर्माण र जीविकोपार्जनको सीमित अवसरहरूबीच बाँचिरहेका छन्”, विज्ञप्तिमा भनिएको छ । सङ्कटका लागि राष्ट्रसङ्घको नेतृत्वको संयुक्त प्रतिक्रिया योजनाले एक सय १७ साझेदारलाई एक ठाउँमा ल्याएको छ र यसमा करिब आधा बङ्गलादेशी सङ्गठन छन् । 

उक्त योजनाको लक्ष्य रोहिङ्ग्या समुदायका करिब तीन लाख ५० हजार मानिसका साथै कक्स बजार शिविरहरू र भासन चार द्वीपमा रहेका करिब १० लाख रोहिङ्ख्या शरणार्थीलाई सहयोग गर्नु हो । उक्त रकमको प्रयोग खाना, आश्रय, स्वास्थ्य सेवा, पेयजलमा पहुँच, सुरक्षा सेवा, शिक्षा र अन्य सहयोगका लागि गरिने राष्ट्रसङ्घले जनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ गते बस्ने

कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...

महोत्तरीकाे एक सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन

महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...

बुटवल–गोरुसिङ्गे सडक आयोजना : नदीजन्य सामग्री अभावले काम प्रभावित

बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...

पर्यटकीय गन्तव्य बन्दै पूर्वी लमजुङको ‘राइनासकोट’

लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...

दुग्धजन्य उत्पादनमा शुल्कवृद्धि ‘अनुचित’

काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...

पाँच वर्ष बित्दा पनि व्यास–ऋषिङ जोड्ने सेती पुल अलपत्र

तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...

देउवा–ओली भेटघाटकाे रहस्य के हाेला ?

काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...

फागुन २१ मा निर्वाचन भएन भने देशमा गम्भीर माेडमा: पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...

ओली-लेखकलाई बयानकाे लागि पत्र पठाउने तयारीमा आयाेग

काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...

अवामी लिगबिनाको चुनाव ‘राज्याभिषेक’ मात्र : शेख हसिना

बङ्गलादेश । बङ्गलादेशमा सन् २०२६ फेब्रुअरीमा हुने राष्ट्रिय निर्वाचनमा आफ्नो दल अवामी लिगलाई सहभागी हुन प्रतिबन्ध लगाइएपछि पूर्व प्रधानमन्त्री शेख हसि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending