मोरङ । कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् ।
मोरङको विराटनगरस्थित बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनीलाई आठ विकेटले पराजित गरेको हो । पुलिसले बिहीबार बागमती प्रदेशविरुद्ध खेल्ने छ । यस्तै विभागीय टोली त्रिभुवन आर्मीसँग पराजित हुँदै अर्को विभागीय टोली एपिएफ क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।
टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५१ रनको योगफल बनायो । लुम्बिनीका लागि मृनल गुरुङले ३८ बलमा ६ चौका प्रहार गरी ५० रन बनाए । कप्तान देव खनालले ३८ बलमा एक छक्का पाँच चौकासहित २९ रन तथा आकाश त्रिपाठीले ३४ रनको योगदान दिए । बलिङतर्फ पुलिसका कप्तान मञ्जित श्रेष्ठ र अभिषेक कार्कीले दुई दुई विकेट लिए ।
एक सय ५२ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्यो । पुलिसका लागि प्लेयर अफ दी म्याच रोहन विकले ५० बलमा चार छक्का र सात चौका प्रहार गरी नटआउट ८० रन बनाए । अमित श्रेष्ठले ४९ रन बनाए । बलिङतर्फ लुम्बिनीका देव खनालले एक विकेट लिए ।
दोस्रो खेलमा त्रिभुवन आर्मीले एपिएफ क्लबलाई चार विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन बनायो । एपिएफका लागि सुमित महर्जनले ३३ बलमा दुई छक्का र तीन चौका प्रहार गरी ३३ रन बनाए ।
कप्तान भुवन कार्कीले २५ रन र पुरन विकले २३ रनको योगदान दिए । बलिङतर्फ आर्मीका सुमित श्रेष्ठले तीन तथा तृतराज दासले दुई विकेट लिए । एक सय ४० रनको लक्ष्य आर्मीले १८ दशमलव तीन ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
आर्मीका लागि प्लेयर अफ दी म्याच वसिर अहमदले ३९ बलमा दुई छक्का र तीन चौका प्रहार गरी नटआउट ४६ रन बनाए । सन्दीप रजालीले २६ र रमेश भट्टले २२ रन बनाए । बलिङतर्फ एपिएफका भुवन कार्की र यज्ञमान कुमालले दुई दुई विकेट लिए ।
बिहीबारको पहिलो खेल मधेस प्रदेश र एपिएफ क्लबबीच तथा दोस्रो खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: