Khabar Dabali ५ चैत्र २०८२ बिहीबार | 19th March, 2026 Thu
Investment bank

कोशी प्रदेश ट्रफी: पुलिस र आर्मी विजयी

खबरडबली संवाददाता

मोरङ । कोशी प्रदेश ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब आ–आफ्नो खेलमा विजयी भएका छन् । 

मोरङको विराटनगरस्थित बैजनाथपुर क्रिकेट रङ्गशालामा आज भएको पहिलो खेलमा पुलिस क्लबले लुम्बिनीलाई आठ विकेटले पराजित गरेको हो । पुलिसले बिहीबार बागमती प्रदेशविरुद्ध खेल्ने छ । यस्तै विभागीय टोली त्रिभुवन आर्मीसँग पराजित हुँदै अर्को विभागीय टोली एपिएफ क्लब प्रतियोगिताबाट बाहिरिएको छ । 

टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ५१ रनको योगफल बनायो । लुम्बिनीका लागि मृनल गुरुङले ३८ बलमा ६ चौका प्रहार गरी ५० रन बनाए । कप्तान देव खनालले ३८ बलमा एक छक्का पाँच चौकासहित २९ रन तथा आकाश त्रिपाठीले ३४ रनको योगदान दिए । बलिङतर्फ पुलिसका कप्तान मञ्जित श्रेष्ठ र अभिषेक कार्कीले दुई दुई  विकेट लिए । 

एक सय ५२ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव पाँच ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । पुलिसका लागि प्लेयर अफ दी म्याच रोहन विकले ५० बलमा चार छक्का र सात चौका प्रहार गरी नटआउट ८० रन बनाए । अमित श्रेष्ठले ४९ रन बनाए । बलिङतर्फ लुम्बिनीका देव खनालले एक विकेट लिए ।

दोस्रो खेलमा त्रिभुवन आर्मीले एपिएफ क्लबलाई चार विकेटले पराजित गर्‍यो । टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन बनायो । एपिएफका लागि सुमित महर्जनले ३३ बलमा दुई छक्का र तीन चौका प्रहार गरी ३३ रन बनाए ।

कप्तान भुवन कार्कीले २५ रन र पुरन विकले २३ रनको योगदान दिए । बलिङतर्फ आर्मीका सुमित श्रेष्ठले तीन तथा तृतराज दासले दुई विकेट लिए । एक सय ४० रनको लक्ष्य आर्मीले १८ दशमलव तीन ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

आर्मीका लागि प्लेयर अफ दी म्याच वसिर अहमदले ३९ बलमा दुई छक्का र तीन चौका प्रहार गरी नटआउट ४६ रन बनाए । सन्दीप रजालीले २६ र रमेश भट्टले २२ रन बनाए । बलिङतर्फ एपिएफका भुवन कार्की र यज्ञमान कुमालले दुई दुई विकेट लिए । 

बिहीबारको पहिलो खेल मधेस प्रदेश र एपिएफ क्लबबीच तथा दोस्रो खेल नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच हुने मोरङ क्रिकेट सङ्घका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: