Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनाउँदै लगेको छ: अध्यक्ष ओली

खबरडबली संवाददाता

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप बलियो बनाउँदै लगेको बताएका छन् । 

धार्मिक तपोभूमिका रुपमा दामोदर कुण्डदेखि त्रिवेणीधामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले देशप्रतिको मायालाई प्रगाढ बनाउन मद्दत गरेको उनले उल्लेख गरे । 

बागलुङ नगरपालिका–६ पञ्चकोटमा यही फागुन ९ गतेदेखि सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धौलागिरि क्षेत्र पवित्र धार्मिक तपोभूमि रहेको उल्लेख गर्दै कमलनयनाचार्यकोे पहलमा भइरहेको धार्मिक विकासले नेपालीको मनलाई एकापसमा जोड्न सकेको बताए । 

“दामोदर कुण्ड, मुक्तिनाथ र त्रिवेणीधामलाई पवित्र कालीगण्डकीले जोडेको छ, यहाँको धार्मिक क्षेत्रको प्रसार गर्नका लागि पञ्चकोटमा विशाल महायज्ञ आयोजना भयो, यति ठूलो महायज्ञ सम्पन्न गरेकामा यहाँका सङ्कल्पकर्ता र स्थानीयलाई धन्यवाद दिन चाहन्छु”, अध्यक्ष ओलीले भने, “स्थानीयको मानवीय भावना र मातृत्वलाई संस्थागत गर्न पञ्चकोटले ठूलो योगदान पुर्‍याएको पाए, पञ्चकोटले पवित्र कालीगण्डकी, शालग्राम शिला र  बह्माण्डको संरक्षणका लागि महायज्ञ आयेजना गर्नु आफैँमा सन्देशमूलक छ ।”

धर्मको नाममा अन्य राष्ट्रमा भइरहेको अत्याचार, हिंसा र अपराधलाई निरुत्साहित गर्दै नेपाली समाज मिलेर बसेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालीको मनलाई धर्मले संस्थागत गर्दै एकापसमा मानवीय भावना पैदा गरेको बताए । 

एउटा व्यक्तिको सङ्कल्पमा पञ्चकोटमा विशाल संरचना तयार भएको भन्दै उनले स्वामी कमलनयनाचार्यको प्रशंसा गरे । अध्यक्ष ओलीले पञ्चकोटको पूर्वाधारका लागि सङ्घीय सरकारले विनियोजन गरेको रु १० करोड उपलब्ध गराउन पहल गर्ने बताए । 

सो अवसरमा स्वामी कमलनयनाचार्यले २०७१ फागुन ९ गते पञ्चकोटमा निर्माण थालिएको १०८ फिट अग्लो विश्वशान्ति कलशको शिलान्यास समारोहमा सहभागी भएर अध्यक्ष ओली संस्थापक सदस्यसमेत हुनुभएको जानकारी दिए । 

कार्यक्रममा नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्वामी कमलनयनाचार्यले पञ्चकोट गृह जिल्लामा मात्र नभएर मुस्ताङ, म्याग्दीसहितका जिल्लामा धार्मिक पूर्वाधार निर्माण गरिरहनुभएको उल्लेख गरे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

सिरहाबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...

केपी ओली निकट एमाले नेता पुरीद्वारा पार्टी परित्याग

विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानि...

इयुको ९० अर्ब युरो सहयोग सम्झौता

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरूले युक्रेनलाई आगामी दुई वर्षसम्म सैन्य तथा आर्थिक आवश्यकताहरू पूरा गर्न ९० अर्ब युरो बराबरको ब्याज–मुक्त ऋण उ...

बोन्डी समुन्द्रीतटमा आक्रमण गर्ने सात जना सिड्नीमा पक्राउ

सिड्नी । हिंसात्मक कार्य गर्ने योजना बनाएको आरोपमा बिहीबार दक्षिणपश्चिम सिड्नीमा पक्राउ परेका सात जना पुरुषहरूको अस्ट्रेलियाको बोन्डी समुन्द्र तटमा सा...

टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता

वासिङ्टन । अमेरिकी प्रतिबन्धको सम्भावित खतरा टार्न सामाजिक सञ्जाल कम्पनी टिकटकले लगानीकर्ताहरूसँग संयुक्त उद्यम (ज्वाइन्ट भेन्चर) सम्झौतामा हस्ताक्षर ...

सन् २०२६ मा श्रीलङ्काको विदेशी लगानी एक अर्ब ५० करोड अमेरिकी डलर पुग्ने अनुमान

कोलम्बो । सन् २०२६ मा श्रीलङ्काको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रवाह एक अर्व ५० करोड देखि २ अर्ब अमेरिकी डलरको बीचमा हुने अपेक्षा गरेको लगानी बोर्...

अनलाइन घोटालाविरुद्ध वैश्विक पहल

बैङ्कक । अनलाइन घोटालाको तीव्र फैलावटविरुद्ध अन्तर्राष्ट्रिय स्तरको समन्वित प्रयास अघि बढाउने उद्देश्यले थाइल्यान्डको पहलमा नयाँ विश्वव्यापी अभियान सु...

युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो वार्षिक पत्रकार सम्मेलनका क्रममा शुक्रबार मस्कोको सेना युक्रेनको युद्धभूमिमा निरन्तर अगाडि बढिरहेको र ...

व्यावसायिक रूपमा बेसारखेती गर्दै बैतडीका महिला

बैतडी । बैतडीका महिला व्यावसायिक रूपमा बेसारखेती गर्न थालेका छन् । बिगतमा घरयासी प्रयोजनका लागि मात्रै बेसारखेती गर्दै आएका यहाँका महिला अहिले व्यावसा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending