काठमाडौं । टिकटकका वयस्क प्रयोगकर्तामध्ये करिब आधाले कहिल्यै पनि भिडिओ पोस्ट नगर्ने पाइएको छ । अमेरिकन संस्था प्यू अनुसन्धान केन्द्रको एक अध्ययनले यस्तो तथ्य बाहिर ल्याएको हो ।
१८–४९ उमेर समूहका २,७४५ वयस्कबीच उक्त अध्ययन गरिएको थियो । अध्ययन अनुसार तीमध्ये ४८ प्रतिशतले टिकटकमा कहिल्यै पनि भिडिओ पोस्ट नगरेको पाइयो । अझ कतिपयले त आफ्नो प्रोफाइलमा बायो (व्यक्तिगत जानकारी) समेत राखेका छैनन् ।
सामाजिक सञ्जालमा आफैं कन्टेन्ट बनाएर नहाल्नु सामान्य विषय हो । यस्तो अवस्थालाई सामाजिक सञ्जालमाथि अनुसन्धान गर्नेहरूले ‘एक प्रतिशतको नियम’ ले व्याख्या गर्ने गर्छन् ।
यस नियम अनुसार सामाजिक सञ्जालको कुल प्रयोगकर्तामध्ये एक प्रतिशतले आफैं कन्टेन्ट बनाएर हाल्छन् । ती सामग्रीमा करिब १० प्रतिशत प्रयोगकर्ता संलग्न हुन्छन् । अनि बाँकी रहेकाले ती सामग्री हेरेर मात्र बस्छन् । २००६ मा आएको यो अवधारणा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताइन्छ । त्यसताका टिकटक स्थापना भएकै थिएन । युट्युब भने भर्खर एक वर्ष पुग्दै थियो ।
यसकारण सामाजिक सञ्जालमा पोस्ट गर्नेभन्दा गुपचुप बस्ने संख्या धेरै हुनु सामान्य छ । यस अध्ययनका प्रमुख लेखक सामुयल बेस्टवाटरले अन्य प्लेटफर्मको तुलनामा टिकटकमा पोस्ट नगर्ने संख्या बढी हुनु आश्चार्य भएको बताएका छन् । उनीहरूले नै २०२१ मा गरेको अध्ययनले अमेरिकी वयस्कहरूले महिनामा कम्तीमामा पाँच वा त्योभन्दा कम पटक एक्स ९त्यसबेला ट्वीटर० मा पोस्ट गर्ने देखाएको थियो ।
तर हालैको अध्ययनले टिकटकमा कुनै पनि पोस्ट नगर्ने प्रयोगकर्ताहरूको संख्या देखाएको हो । एक्सको तुलनामा टिकटकमा धेरै प्रयोगकर्ता पोस्ट नगरी बस्नु स्वाभाविक छ । किनकि टिकटकमा कन्टेन्ट पोस्ट गर्न भिडिओ बनाउनु पर्ने बाध्यता छ ।
त्यस्तै अध्ययनले टिकटकमा पोस्ट गर्ने बानीसँग उमेरको सम्बन्ध गहिरो नभएको समेत पत्ता लगाएको छ । ३५–४९ उमेर समूहको तुलनामा १८३४ उमेर समूहले टिकटक प्रयोग गर्ने सम्भावना बढी हुन्छ । तर अध्ययनमा यी दुवै उमेर समूहका आधा प्रयोगकर्ताले कहिल्यै पनि पोस्ट नगरेको पाइयो ।
साथै अध्ययनमा सहभागी भएका ८५ प्रतिशत प्रयोगकर्ताले आफ्नो फिडमा आउने भिडिओ रोचक र फरक भएको बताएका थिए । त्यसको कारण टिकटकको एल्गोरिदम हुन सक्ने अनुमान गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २४ गते, २०८३ - २१:५५
झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...
श्रावण २४ गते, २०८३ - २१:३९
काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...
श्रावण २४ गते, २०८३ - २१:२४
रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...
श्रावण २४ गते, २०८३ - २१:१९
धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...
श्रावण २४ गते, २०८३ - १५:३३
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...
श्रावण २४ गते, २०८३ - ०९:०३
बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...
श्रावण २४ गते, २०८३ - ०९:००
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...
श्रावण २४ गते, २०८३ - ०८:५१
काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...
श्रावण २४ गते, २०८३ - ०८:४०
काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...
श्रावण २४ गते, २०८३ - ०८:२८
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...



प्रतिकृया लेख्नुहोस्: