कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार पर्यटकीय क्षेत्रको संरक्षण र विकासमा निरन्तर लागेको बताएका छन् ।
प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ धनगढीले कैलालीको घोडाघोडी नगरपालिका–१ स्थित घोडाघोडी सिमसार क्षेत्रमा आज आयोजना गरेको रैथाने तथा प्रवासी पन्छी अवलोकन कार्यक्रममा उनले विशेष गरी प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको विकासमा सरकार लागेको बताए ।
“सुदूरपश्चिममा ऐतिहासिक, धार्मिक, पुरातात्विक महत्वका धेरै स्थान छन् । यी सबैलाई पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्छ”, उनले भने, “रोजगारी सिर्जना, आयआर्जन, आर्थिक वृद्धि पनि हुने गरी समृद्धिका बाटा सँगसँगै बनाएर जानुपर्ने हुन्छ । यस्ता क्षेत्रमा सरकार लगानी गर्न तयार छ ।”
घोडाघोडी सिमसार क्षेत्रलाई पनि पर्यटनसँग जोडेर अगाडि बढ्नुपर्ने उनले बताए । उनले भने, “घोडाघोडी सिमसार क्षेत्रमा रैथाने मात्रै नभएर प्रवासी चरा पनि आउने भएकाले अन्तर्राष्ट्रियस्तरका पर्यटक भित्र्याउने वातावरण कसरी बनाउने भन्ने बिर्सिनुहुँदैन । यसलाई पर्यटनसँगै जोडेर लैजान जरुरी छ ।”
“स्वदेशी तथा विदेशी चराको बासस्थान बन्दै आएको यस क्षेत्रलाई हामी पर्यटनसँग जोडेर अगाडि बढ्न चाहान्छौँ”, मुख्यमन्त्री शाहले भने, “अन्तर्राष्ट्रिय क्षेत्रले पनि मान्यता दिएको यो क्षेत्रको महत्व निकै ठूलो छ । राज्य, स्थानीय सबैले यो क्षेत्रको महत्व कति छ भन्ने कुरा बुझ्न जरुरी छ ।” पर्यटन क्षेत्रको विकासमा लाग्ने क्रममा आयआर्जन हुने, ठूलो पर्यटनको विकास हुने आयोजनामा मात्रै अगाडि बढ्ने प्रदेश सरकारको नीति रहेको उनले प्रष्ट पारे ।
सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामीले खासगरी घोडाघोडी क्षेत्र जनताका जनजीविका, पर्यटन, रोजगारीसँग जोडिएको क्षेत्र भएको बताए । उनले घोडाघोडी सिमसार क्षेत्रलाई दुई वर्ष पहिले घोषणा भएको ‘वर्ड सेञ्चुरी’ कार्यक्रमलाई मन्त्रालयले निरन्तररुपमा अगाडि बढाइ रहेको बताउँदै तीनै तहका सरकारले यस्ता क्षेत्रको समग्र विकासको योजना अगाडि बढाउनुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: