धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि प्रदेशसभाको कुनै पनि बैठकमा सहभागी भएका छैनन्। तर, संसदीय गतिविधिबाट टाढा रहे पनि प्रदेशसभा सदस्यका रूपमा पाउने तलब र अन्य सेवा–सुविधा भने नियमित रूपमा उनको बैंक खातामा जम्मा भइरहेको छ।
प्रदेशसभा सचिवालयका अनुसार देउवामाथि हालसम्म प्रदेशसभाबाट कुनै कानुनी वा प्रशासनिक निर्णय नभएकाले उनको सेवा–सुविधा रोक्न मिल्ने आधार छैन। सचिवालयका सूचना अधिकारी युवराज जैसीले प्रदेशसभाले अन्यथा निर्णय नगरेसम्म नियमअनुसार सांसदले पाउने तलब र सुविधा उपलब्ध गराइरहनुपर्ने व्यवस्था रहेको बताए।
प्रकाश देउवा २०८२ भदौ २८ गते व्यक्तिगत कामका सिलसिलामा अमेरिका गएका थिए। त्यसपछि स्वास्थ्यमा समस्या देखिएकाले उपचार र चिकित्सकको सल्लाहअनुसार आराम गर्नुपरेको उल्लेख गर्दै उनले २०८२ चैत २३ गते सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाएका थिए। उक्त पत्रमा उनले स्वास्थ्य अवस्थाका कारण प्रदेशसभाको बैठकमा उपस्थित हुन नसकेको जानकारी दिँदै स्वास्थ्यमा सुधार आएपछि संसदीय जिम्मेवारीमा फर्किने प्रतिबद्धता व्यक्त गरेका थिए।
तर, पत्र पठाएको चार महिनाभन्दा बढी समय बितिसक्दा पनि उनी नेपाल फर्किएका छैनन्। उनी अहिले कहाँ छन्, उपचारको अवस्था कस्तो छ र कहिले फर्किन्छन् भन्नेबारे नेपाली कांग्रेसभित्र समेत स्पष्ट जानकारी नरहेको नेताहरू बताउँछन्।
सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० अनुसार कुनै सदस्य लगातार १० वटा बैठकमा सूचनाविना अनुपस्थित भए पद रिक्त हुन सक्ने व्यवस्था छ। यही प्रावधानलाई ध्यानमा राख्दै लगातार आठ बैठकमा अनुपस्थित भएपछि देउवाले सभामुखलाई औपचारिक जानकारी गराएका थिए। त्यसपछि पनि उनी प्रदेशसभामा उपस्थित भएका छैनन्। तर, सूचना दिएर अनुपस्थित रहेको अवस्थालाई नियमावलीले फरक रूपमा व्याख्या गरेकाले हालसम्म उनको पद रिक्त गर्ने प्रक्रिया अघि बढेको छैन।
कांग्रेस कैलालीका सचिव नृप सुनारका अनुसार केही महिनाअघि देउवासँग फोनमा कुराकानी भएको थियो। त्यसबेला उनले स्वास्थ्यका कारण अमेरिकामै बस्नुपरेको र छिट्टै नेपाल फर्किने बताएका थिए। त्यसयता भने उनीसँग सम्पर्क हुन नसकेको सुनारले बताए।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२) बाट निर्वाचित देउवा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका भतिजासमेत हुन्। उनले यसअघि सुदूरपश्चिम सरकारमा भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।
यता, उनको निर्वाचन क्षेत्रका मतदाता भने लामो समयदेखि आफ्ना निर्वाचित प्रतिनिधि सम्पर्कविहीन रहेको भन्दै असन्तुष्ट छन्। स्थानीयवासीले डुबान, सडक र खानेपानीजस्ता समस्याबारे प्रदेशसभामा आवाज उठाउने प्रतिनिधि नै महिनौँदेखि विदेशमा रहेको भन्दै जनप्रतिनिधिको जवाफदेहितामाथि प्रश्न उठाएका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १६ गते, २०८३ - ०९:१४
इनरुवा । सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ८:३० बजेदेखि कर्फ्...
श्रावण १६ गते, २०८३ - ०९:१३
जनकपुरधाम । धनुषा र सिरहाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत् राखिएको छ। जिल्ला प्रशासन कार्यालयले शनिबार बिहान ५ बजेदेखि १० बजेसम्म अत्यावश्...
श्रावण १६ गते, २०८३ - ०९:०७
धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा विगत ११ महिनादेखि अमेरिकामा छन्। उनी यति लामो समयदेखि ...
श्रावण १६ गते, २०८३ - ०८:२७
काठमाडौं । देशभर धान रोपाइँले तीव्रता पाएको छ। कृषि विभागका अनुसार साउनको दोस्रो सातासम्म कुल धान खेती हुने क्षेत्रफलको ८५.७२ प्रतिशत अर्थात् ११ लाख ७...
श्रावण १६ गते, २०८३ - ०८:२६
काठमाडौं । तराई–मधेशका विभिन्न जिल्लामा सामाजिक सद्भाव खल्बल्याउने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीका ...
श्रावण १६ गते, २०८३ - ०८:२५
सिराहा । सुनसरी घटनाको विरोधमा सिराहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका १५ वर्षीय गणेश यादवका परिवार र गृहमन्त्री सुदन गुरुङबी...
श्रावण १६ गते, २०८३ - ०८:०८
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरो, बाढी र सडक कटानका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ। नेपाल...
श्रावण १६ गते, २०८३ - ०८:०१
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुनसरी, सिरहालगायत तराई–मधेशका विभिन्न जिल्लामा भएको हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय...
श्रावण १६ गते, २०८३ - ०७:५१
काठमाडौं । सुनसरीको देवानगञ्ज–३, कप्तानगञ्जबाट गत आइतबार सुरु भएको दुई समुदायबीचको हिंसात्मक झडपको प्रभाव मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा र पर्सास...
श्रावण १६ गते, २०८३ - ०७:४८
काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज (शनिबार) पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। विशेषगरी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्...



प्रतिकृया लेख्नुहोस्: