Khabar Dabali १६ श्रावण २०८३ शनिबार | 1st August, 2026 Sat
Investment bank

कालापानी प्रकरण फेरि तातियो, मुद्दा फिर्ताको माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध

खबरडबली संवाददाता

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मुद्दा दर्ता गरिएको भन्दै स्थानीयवासी पुन: आन्दोलनमा उत्रिएका छन्। आन्दोलनका कारण बीपी राजमार्गअन्तर्गत सिन्धुली–बर्दिबास सडकखण्ड अवरुद्ध भएको छ।

आन्दोलनरत स्थानीयले जेठ १२ गते जिल्ला प्रशासन कार्यालय महोत्तरी र आन्दोलनकारी पक्षबिच भएको सहमतिविपरीत वन कार्यालयको सवारीसाधनमा भएको क्षतिको घटनालाई आधार बनाएर केही व्यक्तिविरुद्ध आपराधिक उपद्रवको मुद्दा दर्ता गरिएको आरोप लगाएका छन्। उनीहरूले उक्त मुद्दा तत्काल फिर्ता लिन माग गर्दै सडक आन्दोलन थालेका हुन्।

जेठ ११ गते डिभिजन वन कार्यालयका कर्मचारीले कालापानी क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासीलाई लालपुर्जा देखाउन वा बस्ती खाली गर्न मौखिक रूपमा जानकारी गराएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका थिए। वन क्षेत्रको कारण देखाउँदै कुनै पूर्वतयारी वा वैकल्पिक व्यवस्थाबिना बस्ती खाली गर्न दबाब दिइएको भन्दै त्यसबेला पनि स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका थिए।

आन्दोलनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा डिभिजन वन कार्यालयको एउटा गाडीमा आगजनी भएको थियो। सोही घटनालाई आधार बनाएर प्रशासनले बर्दिबास–३ का वडाध्यक्ष विराट बिष्ट, युवा नेता गणेश बस्नेत, स्थानीय व्यवसायी रोशन कार्की र सञ्जीव भण्डारीविरुद्ध आपराधिक उपद्रवको जाहेरी दर्ता गरेको जनाइएको छ।

आन्दोलनकारीका अनुसार घटनापछि तत्कालीन प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको नेतृत्वमा भएको वार्तामा भौतिक क्षतिको लागत सरकारले नै व्यहोर्ने, वडा कार्यालय र नगरपालिकाले क्षतिको विवरण सङ्कलन गरी प्रमाणीकरण गर्ने तथा जग्गासम्बन्धी विषयमा कुनै हस्तक्षेप नगर्ने सहमति भएको थियो। अहिले सोही सहमतिविपरीत मुद्दा दर्ता गरेर सरकारले सामाजिक असन्तोष बढाउन खोजेको उनीहरूको आरोप छ।

युवा नेता गणेश बस्नेतले आफूहरूमाथि लगाइएको “झुटो मुद्दा” तत्काल फिर्ता नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएको छन्। वडाध्यक्ष विराट बिष्टले नागरिकको आवास अधिकारका पक्षमा उभिँदा मुद्दा खेप्नुपरेको भन्दै यसलाई लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको टिप्पणी गरे। आन्दोलनकारीले कालापानी घटनालाई थप उत्तेजित बनाउन डिभिजन वन कार्यालयका प्रमुख अजय मिश्रको भूमिका रहेको आरोप लगाउँदै उहाँमाथि छानबिनको मागसमेत गरेका छन्।

महोत्तरीका प्रहरी उपरीक्षक श्यामकुमार सारु मगरले कालापानी घटनामा वन कार्यालयका कर्मचारीलाई अवरोध गरी सरकारी गाडीमा आगजनी गर्ने व्यक्तिविरुद्ध असार १९ गते मुद्दा दर्ता भई अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए। उनले मुद्दाको विरोधमा स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेपछि बिहानदेखि नै सडक खुलाउने प्रयास भइरहेको बताए।

प्रहरी उपरीक्षक मगरका अनुसार अनुसन्धान प्रक्रियामा रहेको मुद्दा कानुनी प्रक्रिया पूरा नगरी तत्काल फिर्ता लिन सकिने अवस्था छैन। यद्यपि, आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई सहज बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय र सरोकारवाला पक्षबीच छलफल जारी रहेको उनले बताए।

यता, अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा ल्याउन बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्री, इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरुप्रसाद तिमिल्सिना तथा विभिन्न राजनीतिक दलका प्रतिनिधि आन्दोलनकारीसँग छलफलमा जुटेका छन्। स्थानीयले भने मुद्दा फिर्ता लिएपछि मात्र आन्दोलन स्थगित गर्ने अडान राखेका छन्।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...

शान्ति, सामाजिक सद्भाव र न्यायको माग गर्दै राजधानीमा नागरिक सभा

काठमाडौँ। देशमा शान्ति, सामाजिक सद्भाव र न्याय सुनिश्चित गर्नुपर्ने मागसहित शनिबार राजधानीमा नागरिक सभा आयोजना गरिएको छ। बृहत् नागरिक आन्दोलनको अगु...

कालापानीमा प्रशासन–आन्दोलनकारीबीच मौखिक सहमति, बीपी राजमार्ग पुन: सञ्चालन

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा स्थानीयको आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग प्रशासन र आन्दोलनकारीबीच भएको मौखिक सहमतिपछि ...

जनकपुरमा आन्दोलनरत पक्षसँग गृहमन्त्री गुरुङले सुरु गरे छलफल

काठमाडौं। तराई–मधेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्था समाधानका लागि गृहमन्त्री सुधन गुरुङले आन्दोलनरत पक्षसँग जनकपुरमा संवाद सुरु गरेका छन्।...

कालापानी प्रकरण फेरि तातियो, मुद्दा फिर्ताको माग गर्दै स्थानीयले बीपी राजमार्ग अवरुद्ध

महोत्तरी। महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा जेठ ११ गते भएको आन्दोलनपछि प्रशासन र आन्दोलनकारीबिच भएको सहमति कार्यान्वयन नगरी स्थानीयविरुद्ध मु...

सप्तरीमा ग्यासको चरम अभाव, सर्वसाधारणलाई सास्ती

सप्तरी। सप्तरी जिल्लामा एक हप्तादेखि  एलपी ग्यासको अभाव हुँदा जिल्लाका सर्वसाधारणले सास्ती व्यहोर्नुपरेको छ । जिल्लामा पाँच दिनदेखि लगातार गाडी बन्दका...

गोलबजारमा दुई घण्टाका लागि कर्फ्यु खुला

सिरहा। सिरहाको गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश शनिबार दुई घण्टाका लागि खुला गरिएको छ। जिल्ला प्रशासन कार्यालय सिरहाले सूचना जारी गर्दै सर्वसाधा...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं। नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलाको तयारीलाई औपचारिक रूप दिँदै ५५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ। शनिबार आ...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

विश्व स्तनपान सप्ताह : जन्मेको एक घण्टाभित्रै शिशुलाई आमाको दुध खुवाउन आग्रह

काठमाडौँ। आजदेखि विश्वभर विश्व स्तनपान सप्ताह मनाउन थालिएको छ।  यस वर्ष दिगो जीवनको स्वस्थ सुरुआत स् प्रभावकारी स्तनपानका लागि सबैको साथ भन्ने नारा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending