Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट ३३ हजार नमूना परीक्षण

खबरडबली संवाददाता

काठमाडौं । नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले चालु आर्थिक वर्षको सात महिनामा पाँच हजार चार सय ३१ मुद्दाका ३३ हजार एक सय २२ नमूना परीक्षण गरेको छ । 

सोही अवधिमा प्रयोगशालामा पाँच हजार पाँच सय ७४ मुद्दाका ३० हजार छ सय १२ वटा नमूना प्राप्त भएका थिए । नयाँ र पूरानो गरी सो सङ्ख्यामा नमूना परीक्षण गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उक्त प्रयोगशाला भौतिक सबुद प्रमाणको वैज्ञानिक परीक्षण, विश्लेषण, तुलना एवं पहिचान गरी अपराध अनुसन्धान कार्यमा प्रभावकारी हुँदै आएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले बताए । 

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागअन्तर्गत काठमाडौंको सामाखुसीमा केन्द्रीय विधि विज्ञान प्रयोगशाला रहको छ । सुनसरी र बाँकेमा विधि विज्ञान एकाइ कार्यालय सञ्चालित छन् । 

तीनवटै प्रयोगशालाबाट प्रहरी, अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विधि विज्ञान सेवा उपलब्ध हुँदै आएको छ । चालु आर्थिक वर्षमा विष विज्ञानतर्फ छ हजार सात सय ६२, जीव/सिरम विज्ञानतर्फ सात हजार नौ सय ७९ वटा, रसायन/लागुऔषधतर्फ छ हजार तीन सय १७, ‘डकुमेन्ट’तर्फ छ हजार एक सय ८७, सशस्त्र विज्ञानतर्फ दुई हजार ४८, औँठा छापतर्फ तीन हजार दुई सय ७२, भौतिक विज्ञानतर्फ १६, डिएनएतर्फ तीन सय ५८ र विष्फोटक पदार्थतर्फ एक सय ८३ वटा नमूनाको परिक्षण गरिएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

सुडान शरणार्थी शिविरमा भीषण आक्रमण, एक हजारको मृत्यु

जेनेभा । सुडानको आन्तरिक रूपमा विस्थापित व्यक्तिहरू (आइडिपी) को जामजाम विस्थापन शिविरमा अप्रिल महिनामा अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) ले गरेको तीन...

श्रीलङ्काको चक्रवात पुनर्निर्माणमा ठुलो बजेट

कोलम्बो । श्रीलङ्काको सरकारले सन् २०२६ मा ६४० भन्दा बढी नागरिकको ज्यान लिएको विनाशकारी चक्रवात दितवाहबाट देशलाई पुनःउठाउन करिब एक अर्ब ६० करोड अमेरिकी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending