Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

‘विकासका साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर छ’

खबरडबली संवाददाता

काठमाडौं । वन तथा वातावरणमन्त्री  वीरेन्द्रप्रसाद महतोले नेपाल सरकार र यसका विभिन्न निकायबाट संरक्षणको क्षेत्रमा हासिल भएका उपलब्धिको रक्षा गर्न प्रतिबद्ध रहेको बताएका छन् । 

केन्याको नैरोबीमा मङ्गलबारदेखि सुरू भएको ‘युनाइटेड नेसन्स इन्भारमेन्ट एसेम्बली’को उद्घाटन सत्रमा मन्त्री महतोले नेपाललाई संरक्षणको क्षेत्रमा लामो समयदेखि सहयोग गर्दै राष्ट्रसङ्घीय पद्धति, विश्व वन्यजन्तु कोषलगायत विकासका साझेदारसँग सहकार्य गर्न तत्पर रहेको बताए । 

मन्त्री महतोको निजी सचिवालयका अनुसार नेपालको विकासका साझेदार तथा वातावरण संरक्षणमा सक्रिय संयुक्त राष्ट्रसङ्घलगायत बहुपक्षीय निकायसँगको सहकार्यमा ‘पारिस्थितिक प्रणाली पुनःस्थापनाका दशक’ कार्यक्रममा नेपाललाई सफलता मिलेको उल्लेख गर्दै मन्त्री महतोले यो सफलताले मानव–वन्यजन्तु द्वन्द्वमा चुनौती पनि खडा गरेको टिप्पणी गरे । 

उनले वासस्थानको पुनःस्थापनाको परिणामस्वरूप नेपाल पछिल्ला दशकमा बाघ र गैँडाको सङ्ख्यामा उल्लेख्य वृद्धि गर्न सफल भएको बताए । साथै मन्त्री महतोले देशको विकाससम्बन्धी आवश्यकताहरू पूरा गर्दै जलवायु परिवर्तनको सामना गर्दा मानव र प्रकृति एकसाथ रहनसक्ने सुनिश्चित गर्न विश्वव्यापी साझेदारहरूसँग मिलेर काम गर्न नेपाल तत्पर रहेका बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

बझाङबाट एमालेका ४ केन्द्रीय सदस्य निर्वाचित

धनगढी । नेकपा एमालेको ११औँ महाधिवेशनबाट बझाङका चार जना नेता केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । खुला, भूगोल र समावेशीतर्फबाट उम्मेदवारी दिएका...

जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको म्याद एक महिना थप

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटनासम्बन्धी छानबिन गरिरहेको जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।...

खोटाङमा जडीबुटी प्रशोधन केन्द्र स्थापनाको तयारी

खोटाङ । कोशी प्रदेश सरकारले यहाँ निजी तथा सार्वजनिक क्षेत्रसँगको साझेदारीमा जडीबुटी उत्पादन, सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ । कोशी प्...

भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता

नयाँदिल्ली । विश्वव्यापी व्यापारमा बढ्दो अनिश्चितता र अमेरिकाले लगाएको उच्च आयात शुल्कको प्रभावलाई न्यूनीकरण गर्न तथा निर्यात गन्तव्यहरू विस्तार गर्ने...

रूसी सम्पत्ति प्रयोगमा इयुको निर्णायक शिखर सम्मेलन

ब्रसेल्स । युरोपेली सङ्घ (इयु) का नेताहरू युक्रेनलाई सहयोग गर्न फ्रिज भएको रूसी सम्पत्तिहरू प्रयोग गर्ने विषयमा निर्णायक मानिएको शिखर सम्मेलनका लागि ब...

थाई सेना द्वारा कम्बोडियाको क्यासिनो हबमा बम प्रहार

नोमपेन । थाइल्यान्डको सेनाले कम्बोडियाको पेइपेटको क्यासिनो हबमा बिहीबार बम प्रहार गरेको रक्षा मन्त्रालयले बताएको छ । जुन दुई राष्ट्रहरू बिचको प्रमुख स...

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

नयाँदिल्ली । अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र अफगानिस्तानबीच परम्परागत चिकित्सा प्रणालीमा सहयोग बढाउन राज्यमन्त्री प्र...

तेल नाकाबन्दी अस्वीकार गर्दै भेनेजुएला

काराकास । भेनेजुएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको सम्भावित तेल नाकाबन्दीको कडा अवहेलना गर्दै आफ्नो कच्चा तेल निर्यातमा कुनै असर नप...

पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता

काबुल । गत हप्तामा पाकिस्तानी जेलबाट रिहा भएका कुल १६७ जना अफगान कैदीहरू सुरक्षित अफगानिस्तानमा फर्केको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending