ताप्लेजुङ । ताप्लेजुङको दोभानदेखि सान्थाक्रासम्म सडक कालोपत्र हुने भएको छ । दोभानदेखि मेरिङ्देन गाउँपालिकाको केन्द्र रहेको सान्थाक्रा जोड्ने सडक कालोपत्र हुने भएको हो ।
मेरिङ्देन गाउँपालिकाको पहल तथा समन्वयमा नौ किलोमिटिर सडक कालोपत्र गर्न लागिएको गाउँपालिकाले जनाएको छ । सडक कालोपत्र योजनाका लागि निर्माण कम्पनीसँग ठेक्का सम्झौता भइसकेको गाउँपालिकाका अध्यक्ष युकहाङवीर हाङगाम (डम्बर) ले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै बजेट कार्यान्वयन गर्ने गरी गाउँपालिका र निर्माण कम्पनीबीच रू तीन करोड ३७ लाखको ठेक्का सम्झौता भएको छ ।
चालु आवको बजेटले सडकमा नाली र ग्राभेल लगायतको काम गरिने अध्यक्ष हाङगामले बताए । आगामी आवभित्र सडक कालोपत्र गरिसक्ने गाउँपालिकाको योजना रहेको उनको भनाइ छ ।
दोभान–सान्थाक्रा सडक गाउँपालिकाको गौरवको योजना भएकाले सोहीअनुसार पालिकाले बजेट विनियोजन गरेको पालिकाले जनाएको छ । पालिकासँग बजेट पर्याप्त नभएकाले प्रदेश तथा सङ्घीय सरकारसँग पनि आवश्यक बजेटका लागि पहल गरिरहेको उनले बताए ।
स्थानीय तहको समपूरक बजेटसँग साझेदारी गरेर योजना कार्यान्वयन गर्न मिल्ने व्यवस्था भएअनुसार प्रदेश तथा सङ्घीय सरकारसँग बजेटका लागि समन्वय भइरहेको अध्यक्ष हाङगामको भनाइ छ ।
मेरिङ्देन, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थलका रूपमा यस ठाउँलाई लिइन्छ । यो सडक स्तरोन्नति भएसँगै यहाँका बासिन्दालाई यातायातको सहजता हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक २४ गते, २०८१ - २०:०५
काठमाडौँ । नेदरल्याण्डसले आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेदरल्याण्डसले युएईलाई ६७ रनले पराजित गरेको हो ।...
कार्तिक २४ गते, २०८१ - १९:४१
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पहिलो प्राथमिकता भएको बता...
कार्तिक २४ गते, २०८१ - १९:३७
काठमाडौं । जनताको सर्वोत्तम हितलाई केन्द्रमा राखेर ‘लेनिन’ले अगाडि सारेको विचारलाई नेपाली विशेषताअनुसार विकास गर्नुपर्नेमा वामपन्थी नेताहरूले जोड दिएक...
कार्तिक २४ गते, २०८१ - १९:२६
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । शनिबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले दोस्रो चरणको...
कार्तिक २४ गते, २०८१ - १९:११
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा निर्माण गर्न लागिएको केबुलकार परियोजनाविरुद्ध रहेको पक्षले परियोजना खारेज गर्नुप...
कार्तिक २४ गते, २०८१ - १९:०५
काठमाडौं । क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क भराईदिन्छु भनी ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ८ घर भई हाल भक्तपुर बस्ने ४३ व...
कार्तिक २४ गते, २०८१ - १८:४१
काठमाडौं । अभिनेता हरिवंश आचार्यले चर्चित सिरियल ‘मदनबहादुर-हरिबहादुर’ मा निर्वाह गरेको हरिबहादुरको चरित्रमा आधारित भएर बन्न लागेको फिल्म ‘हरिबहादुरक...
कार्तिक २४ गते, २०८१ - १८:३७
म्याग्दी । यहाँ उत्पादित टिमुर सहरबजारका तारे होटलदेखि विदेशसम्म बिक्री हुन थालेको छ । मुस्ताङ, पोखरा, काठमाडौँ, चितवनलगायत सहरका होटल तथा जापान, बेल्...
कार्तिक २४ गते, २०८१ - १८:३१
चितवन । सदावाहार मध्यवर्ती सामुदायिक वनमा पर्यटकलाई घुमाउने क्रममा पथप्रदर्शक जगबहादुर माझी गैँडाको आक्रमणबाट घाइते भएका छन् । गैँडाको आक्रमणबाट भर...
कार्तिक २४ गते, २०८१ - १८:२३
सप्तरी । सप्तरी प्रहरीले पछिल्लो एक महिनामा ६६ फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले एकमहिने कार्यसम्पादनबारे जानकारी दिन शनि...
प्रतिकृया लेख्नुहोस्: