सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा आजदेखि मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास समितिको आयोजना तथा जिल्ला भलिबल सङ्घको संयोजनमा उक्त प्रतियोगिता सञ्चालन भएको हो ।
प्रतियोगिताको मंगलबार कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । आज सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० सेटले पराजित गरेको छ । दोस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ३–१ सेटले तथा नेपाल पुलिस क्लबले पनि कोशी प्रदेशलाई ३–१ सेटले नै पराजित गरेको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री कार्कीले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । आवश्यक खेल पूर्वाधारका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष बजेटमा विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतियोगिता संयोजक एवं भलिबल सङ्घका केन्द्रीय सदस्य प्रविण श्रेष्ठले झण्डै पाँच हजार दर्शक बस्न मिल्ने अस्थायी प्यारापिट निर्माण गरिएको बताए ।
यही फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले रु तीन लाख, उपविजेताले रु एक लाख ५० हजार, तृतिय हुनेले रु ५० हजार तथा चौथो हुने टोलीले रु ३० हजार पुरस्कार प्राप्त गर्नेछ । उद्घाटन समारोहमा कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव हंशराज वाग्ले, पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई, भलिबल सङ्घका पदाधिकारीलगायतको उपस्थिती रहेको थियो । प्रतियोगितामा तीन विभागीय टोलीसहित सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशका टोली सहभागी रहेका जिल्ला भलिबल सङ्घका अध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - २०:१७
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्को मुख्य काम कानुन निर्माण, संसदीय निगरानी र सरकारका काम कारबाहीलाई जनताप्रति उत्तरदायी ब...
मंसिर २९ गते, २०८२ - २०:१४
जिउछ्वान । चीनले शनिबार उत्तर–पश्चिम चीनको जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्र बाट ‘क्वाइचोउ–११’ रकेट प्रक्षेपण गरेको छ । यस रकेटमा एक प्रयोगात्मक अन्तर...
मंसिर २९ गते, २०८२ - २०:१०
काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर कार्यपालिकाको कार्यालय जोरपाटी, काठमाडौँका तत्कालीन नगर प्रमुख सन्तोष चालिसेविरुद्ध तीन करोड ६८ लाख ४७ हजार ७६१ र...
मंसिर २९ गते, २०८२ - २०:०५
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबासमा बस र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय त...
मंसिर २९ गते, २०८२ - २०:०१
काठमाडाैँ । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्यका लागि बर्लिनमा हुन लागेको उच्चस्तरीय वार्तामा सहभागी हुन आफू पूर्ण रूपमा ...
मंसिर २९ गते, २०८२ - १९:०७
पाँचथर । पाँचथरमा ८० वर्षीय हजुरबाले छुरा प्रहार गर्दा नातिको ज्यान गएको छ । पारिवारिक विवाद हुँदा फाल्गुनन्द गाउँपालिका –७ आङसराङका ८० वर्षीय वर्...
मंसिर २९ गते, २०८२ - १९:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझद...
मंसिर २९ गते, २०८२ - १८:११
काठमाडाैं । नेकपा (एमाले)ले ११औँ महाधिवेशनबाट बन्ने ३०१ सदस्यीय केन्द्रीय कमिटीको संरचना तय गरेको छ । जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव,...
मंसिर २९ गते, २०८२ - १८:०७
बागलुङ । खेतीयोग्य बारी बाँझिदै जान थालेपछि बागलुङमा हरेका वर्ष कोदो उत्पादन घट्दै गएको छ । किसानले कोदोखेती गर्न छोडेर जमिन बाँझो राख्न थालेपछि उत्पा...
मंसिर २९ गते, २०८२ - १८:०४
सिड्नी । सिड्नीको बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सिड्नीको प्रहरीले एक अज्ञा...




प्रतिकृया लेख्नुहोस्: