Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

शान्तिका लागि वार्ता प्रयास जारी रहँदा गाजामा सयौँको मृत्यु, इजरायली प्रतिनिधिमण्डल पेरिसमा

खबरडबली संवाददाता

एजेन्सी । इजरायली गुप्तचर प्रमुख युद्धविराम र प्यालेस्टिनी लडाकूहरूद्वारा बन्धक बनाइएका बन्धकहरूको फिर्तीको पयासलाई जारी राख्दै वार्ताको लागि पेरिसमा रहेका बेला गाजामा रातभर भएको आक्रमणमा १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको शनिबार बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सार्वजनिक गरेको युद्धपछिको गाजाको योजनालाई शुक्रबार प्रमुख सहयोगी संयुक्त राज्य अमेरिकाले आलोचना र प्यालेस्टिनी प्रशासन र हमासले अस्वीकार गरेपछि पेरिस वार्ताको पहल भएको हो । अनिकालको बढ्दो जोखिमबारे संयुक्त राष्ट्रसङ्घको चेतावनी र प्यालेस्टिनीहरूका लागि यसको मुख्य सहायता निकाय यूएनडब्ल्यूआरएले शनिबार बिहानै गाजावासीहरू ‘चरम सङ्कटमा रहेको’ र विश्वले यसलाई हेरिरहेको बताएको छ ।

एएफपीको फुटेजमा शुक्रबार उत्तरी क्षेत्रमा खानाका लागि लामबद्ध भएका गाजाका विक्षिप्त नागरिकहरू आफुहरूको पीडा व्यक्त गर्दै प्रदर्शन गरिरहेको देखिएको छ । जबालियानिवासी अहमद अतेफ साफीले भने, “हेर्नुस, हामी खाद्यन्नको लागि एकआपसमा सङ्घर्ष गरिरहनुपरेको छ । हामी कहाँ जाने?”

“हामीसँग पानी छैन, पीठो छैन र भोकले गर्दा हामी धेरै थकित छौं । आगो र धुवाँका कारण हाम्रो ढाड र आँखा दुखेको छ,” जाबालियानिवासी ओम वाज्दी सलहाले एएफपीसँग भने । “भोक र खानाको अभावका कारण हामी आफ्नो खुट्टामा उभिन सक्दैनौं ।”

संयुक्त राष्ट्रसङ्घीय मानवीय सहायता निकाय ओसिएचएले सामाजिक सञ्जाल एक्समा शुक्रबार राति जारी गरेको वक्तव्यमा भनिएको छ, “पर्याप्त खाद्यान्न र पानीको आपूर्तिका साथै स्वास्थ्य र पोषण सेवाको अभावमा गाजामा अनिकालको उच्च जोखिम बढ्ने अनुमान गरिएको छ । 

यसैबीच, मोसाद गुप्तचर निकायका प्रमुख डेभिड बार्नियाको नेतृत्वमा इजरायली प्रतिनिधिमण्डल बाँकी बन्धकहरूलाई फिर्ता गर्ने सम्झौताका लागि शनिबार पेरिसमा पुगेको छ । बार्नियासँगै शिन बेट सुरक्षा निकायका रोनेन बार पनि सहभागी हुने इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, इजिप्ट र कतार सबै युद्धविराम र कैदी तथा बन्धक आदान–प्रदान सुनिश्चित गर्ने उद्देश्यले विगतका वार्ताहरूमा सहभागी हुँदै आएका छन् । नेतन्याहूको सरकारमाथि युद्धविरामका लागि वार्ता गर्न र चार महिनाभन्दा बढीको युद्धपछि बन्धकहरूको रिहाई सुनिश्चित गर्न दबाब बढ्दै गएको छ, बन्दीहरूको परिवारको प्रतिनिधित्व गर्ने एक समूहले शनिबार राति पेरिसमा भएको वार्ताकै दौरान ‘विशाल र्‍याली’ को योजना बनाएको छ ।

ह्वाइट हाउसका दूत ब्रेट म्याकगर्कले यसै साता इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टसँग तेल अभिभमा वार्ता गरेबम थिए भने हमासका प्रमुख इस्माइल हनियेहसहित अन्य मध्यस्थकर्तासँग काएरोका कुराकानी गरेका थिए । हमास स्रोतका अनुसार नयाँ योजनामा छ हप्ताका लागि द्वन्द्व स्थगन गर्ने र हमासले बन्धक बनाएका ३५ देखि ४० जनाको बदलामा २०० देखि ३०० प्यालेस्टिनी कैदीलाई रिहा गर्ने प्रस्ताव गरिएको छ ।

बार्निया र सीआईएका उनका अमेरिकी समकक्षीले गत नोभेम्बरमा एक साता लामो युद्धविराम वार्तामा सहयोग गरेका थिए, जसमा इजरायली जेलमा रहेका २४० प्यालेस्टिनी कैदीको बदलामा ८० जना इजरायली बन्धकलाई रिहा गरिएको थियो ।

यसअघि, अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले पत्रकारहरूसँगको भेटमा अहिलेसम्मको छलफल ‘राम्रो चलिरहेको’ बताउनुभएको थियो भने इजरायली युद्ध क्याबिनेट सदस्य बेनी गान्ट्जले ‘प्रगतिको सम्भावनालाई प्रकट गर्ने पहिलो सङ्केत’ बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: