गण्डकी । तनहुँको दुलेगाैँडा हुँदै स्याङ्जाको रामबाछा जोडिने नेपालको एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा पूर्वाधार विकासका लागि योजना छनोटको तयारी गरिएको छ । पदमार्गको पूर्वाधार विकासका लागि चालु आर्थिक वर्षमा नेपाल पर्यटन बोर्डले रु ५० लाख विनियोजन गरेकामा मिलेनियम ट्रेक व्यवस्थापन समितिले पदमार्ग क्षेत्रका अत्यावश्यकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिने गरी स्थलगत अनुगमन गरेको हो ।
योजना छनोटका सन्दर्भमा यसअघि गत माघ २२ गते समितिले पदमार्ग क्षेत्रका जनप्रतिनिधि, घरबास सञ्चालक एवं सरोकारवाला निकायसँग छलफल गरेको थियो । योजना छनोटका लागि स्याङ्जातर्फ वालिङ नगरपालिका–३ बुढाकोट, वडा नं ४ एलादी क्यानोनिङ, बिरुवा गाउँपालिका–७ स्थित कुमेर्दुङ, वडा नं ८ स्थित भासिपोखरी, भिर्कोट नगरपालिका–२ स्थित केगा देउराली, वडा नं ३ स्थित कोखे झरनाको स्थलगत अवलोकन गरिसकिएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए ।
शुक्लागण्डकी नगरपालिका–११ स्थित गोकुल पार्क, एक्लेडाँडा, लामागाउँस्थित तमु सङ्ग्रहालय जानेबाटो तथा पार्कलगायत स्थानको पनि स्थलगत अनुगमन गरिएको बताउँदै उनले यीमध्ये अत्यावश्यकीय पूर्वाधार विकास गर्नुपर्ने स्थानमा योजना सञ्चालन गरिने जानकारी दिए ।
पर्यटन मन्त्रालयबाट पदमार्गका लागि प्राप्त रु २० लाख अन्तर्गत पुतलीबजार नगरपालिका–१२ स्थित गैरै स्वाँहाराबाट बानेथोक देउरालीसम्म बाटोका लागि रु १० लाख विनियोजन गरी काम सम्पन्न भएपछि समितिले स्थलगत अनुगमन गरेको महसचिव गुरुङले जानकारी दिए ।
मन्त्रालयबाट प्राप्त रकममध्ये १० लाख शुक्लागण्डकी नगरपालिका–१२ बाबियाडाँडा ठाँटीमा सिँढीबाटो निर्माण गरिएको उनले बताए । पछिल्लो समयमा पदमार्गमा स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण बढिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका सदस्य एवं मिलेनियम भैँसेगौँडा सामुदायिक होमस्टेका अध्यक्ष बालकुमार गुरुङले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - २०:१५
काठमाडाैँ । यो वर्ष ‘कठोर र गैरजिम्मेवार’ सहायता कटौतीको लहरले शरणार्थीहरूलाई अनावश्यक पीडा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ । सहायता कटौति शर...
मंसिर ३० गते, २०८२ - २०:११
जनकपुरधाम । मधेश प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा नेपालको संविध...
मंसिर ३० गते, २०८२ - २०:०६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ । एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्र...
मंसिर ३० गते, २०८२ - २०:०१
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा सोमबार दिउँसो आगलागीबाट ठुलो क्षेत्रफलमा लगाइएको उखु जलेको छ । विद्युतको तार सर्ट भएर मुना चौधरीक...
मंसिर ३० गते, २०८२ - १९:०७
काठमाडौँ । ‘च्याउ खाऔँ, स्वस्थ्य बनौँ’, ‘स्वस्थ्य जीवनको आहार च्याउ’ भन्ने नारासहित च्याउखेती गर्दै आएका ललितपुरको गोदावरी नगरपालिका–११, सेराफाँटका कृ...
मंसिर ३० गते, २०८२ - १९:०४
काठमाडौँ । पछिल्लाे २४ घण्टामा आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला २४ घ...
मंसिर ३० गते, २०८२ - १९:०२
कैलाली । कैलाली जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको ‘सर्च एण्ड स्विप अपरेशन’का क्रममा ३४२ फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । जिल्ला अदालतले विभ...
मंसिर ३० गते, २०८२ - १८:५९
काठमाडाैँ । बङ्गलादेशका भूतपूर्व प्रधानमन्त्री शेख हसिनाको प्रतिबन्धित पार्टीलाई बढावा दिएको र ‘राज्य विरोधी गतिविधि’ गरेको आरोपमा यहाँका एक वरिष्ठ पत...
मंसिर ३० गते, २०८२ - १८:१३
बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...
मंसिर ३० गते, २०८२ - १८:०९
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...




प्रतिकृया लेख्नुहोस्: