Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

समय सापेक्षतामा समाचार समिति

श्रीरामसिंह बस्नेत

काठमाडौं । विश्व पत्रकारिता जगत्मा समाचार समितिको आफ्नै अहम् स्थान रहिआएको छ । यद्यपि समाचार समिति पत्रकारिताको प्रादुर्भाव दुई शक्तिशाली देशबीचको ऐतिहासिक युद्धपछि सिर्जित विषम परिस्थिति र बाध्यताको उपजको रुपमा भएको हो ।

सन् १८१५ मा बेलायत र फ्रान्सबीचको युद्धमा फ्रान्सको पराजय भयो । वाटर लु (त्यतिखेर बेलायत अधिनस्थ निदरल्याण्डस्मा पर्ने वाटर लु अहिले बेल्जियममा पर्दछ) को युद्धको नामले विश्व इतिहासमा चर्चित त्यस युद्धले फ्रान्सका शासक नेपोलियन बोनापार्टको अवसान गरायो । उनको अवसानसँगै फ्रान्स र बेलायतमात्रै होइन सिङ्गै युरोपको धेरै पक्षमा परिवर्तन आयो ।

युद्धअघिसम्म नेपोलियनको पक्षमा रहेर उनलाई नजिकबाट सघाइरहेका आफ्नो आगामी दिन सुरक्षित बनाउन विभिन्न बाटो लागे । कोही देश छोडेर पलायन भए, कोही पेशा परिवर्तन गरेर आफ्नो भाग्य अजमाउन लागे । 

युद्धमा पराजित नहुञ्जेलसम्म नेपोलियनका सेनालाई रासन र बन्दोबस्तीका सामान आपूर्ति गरेर राम्रो आयआर्जन गरिरहेका चाल्र्स लुइस हवासको युद्धपछि त्यो कारोबार बन्द भयो । उनी जीविकोपार्जनका लागि नयाँ काम खोज्न बाध्य भए । तर हवास हरेस खाने किसिमका मानिस थिएनन् ।

उनी परिस्थितिको सही आँकलन गरेर पाइला चाल्न सक्षम व्यवसायी थिए । त्यसैले उनले समाजमा समाचार, विचार र समसामयिक विषयका चर्चा प्रति बढ्दो जनअभिरुचिलाई दृष्टिगत गरी समाचार आपूर्तिको व्यवसाय गर्ने नयाँ सोच बनाए र सन् १८१६ देखि फ्रान्सको राजधानी पेरिस नगरीमा कार्यालय नै खोली त्यस्ता सामग्रीको सङ्कलन, अनुवाद र वितरण गर्ने नयाँ काम प्रारम्भ गरे ।

ती सामग्री प्रमुख पत्रपत्रिका र प्रमुख कार्यालय र व्यापारिक संस्थालाई सःशुल्क वितरण गर्ने नौलो कामबाट हवासलाई राम्रै फाइदा भयो । यो काम गर्ने कार्यालयलाई उनले सन् १९३२ मा ब्यूरो हवास नाम दिए र अनुवाद सेवामा मात्र सिमित नरही केही युवा पत्रकारहरुलाई परिचालन गरी समाचार सङ्कलन र सम्पादन गरी आफ्नै स्वतन्त्र समाचार सेवा दिन थाले । सो व्यवसाय विस्तारै फस्टाउँदै गएपछि सन् १८३५ मा त्यसको नाम परिवर्तन गरी ‘एजेन्से फ्राँसे प्रेसे’ नाम दिइयो जसलाई छोटकरीमा एएफपी भनेर संसारभर चिनिन्छ । यो नै विश्वको पहिलो समाचार एजेन्सी हो । 

यसैलाई पछ्याउँदै सन् १८४८ मा अमेरिकाका एसोसिएटेड प्रेस र सन् १८५१ म बेलायतमा रोयटर्स नामका समाचार एजेन्सीहरु सञ्चालनमा आए । यसरी युद्धको विभिषिकाबाट जन्मेको व्यवसाय आधिकारिक र विश्वसनीय समाचार सम्प्रेषणका लागि विश्वभर स्थापित हुन गयो । 

दक्षिण एसियामा पनि एजेन्सी पत्रकारिताको आफ्नै इतिहास रहेको छ । यसको श्रीगणेश भारतबाट भएको हो । भारतमा अङ्ग्रेज साम्राज्य चलिरहेकै बेलामा समाचार एजेन्सीको वीजारोपण गरिएको थियो, सन् १९१० मा एसोसिएटेड प्रेस अफ इण्डियाको नामबाट । पछि भारत स्वतन्त्र भएको लगत्तै सन् १९४८ मा प्रेस ट्रस्ट अफ इण्डिया९पिटिआई० को स्थापना भयो । दुई शताब्दीको वैदेशिक शासनसत्ताबाट मुक्ति पाएको भारतमा आफ्नै स्वतन्त्र र स्वाधीन समाचार एजेन्सी स्थापना हुनु एक समयसापेक्ष कदम थियो ।

अर्को शक्तिशाली राष्ट्र चीनले पनि समाचार एजेन्सीको महत्व पहिलेदेखि नै बुझेकोले सन् १९३१ मै रेड चाइना न्यूज एजेन्सी स्थापना भएको थियो । पछि सन् १९३७ मा यो सिन्ह्वामा रुपान्तरित भयो । चीनले खुला अर्थ नीति अपनाउन थालेपछि सिन्ह्वालाई अन्तर्राष्ट्रिय सञ्जालसहितको समाचार एजेन्सीका रुपमा विस्तार गरियो ।

विश्व बजारले उपयोग गर्ने प्रायः हरेक वस्तु र सेवाको उत्पादन र वितरणमा अग्रणी बन्ने नीति अँगालेको आधुनिक चीनले सिन्ह्वाको माध्यमबाट समाचारलाई पनि समय सापेक्ष बिकाऊ सामान ९कमोडिटी० का रुपमा विश्व मिडिया बजारमा बेचिरहेको छ ।

नेपालमा पनि एजेन्सी पत्रकारिताले साढे छ दशकको इतिहास बनाइसकेको छ । विसं २०१६ मा स्थापित नेपाल संवाद समिति (नेसस)बाट नेपालमा समाचार समिति पत्रकारिताको इतिहास प्रारम्भ भएको पाइन्छ । यसको आवश्यकताको महसुस भने २०१५ सालमा गठित शाही प्रेस आयोगले गरेको थियो । नेससलाई पछ्याउँदै २०१६ सालमा सगरमाथा संवाद समिति (ससस) पनि अस्तित्वमा आयो । यसैबीच २०१७ सालको राजनीतिक परिवर्तनबाट देशका सबैजसो क्षेत्रमा केही सकारात्मक, केही नकारात्मक परिवर्तन आए ।

आमसञ्चारका क्षेत्रमा आएको एक सकारात्मक परिवर्तनको रुपमा नेसस र सससलाई गाभेर २०१८ सालमा राष्ट्रिय संवाद समिति ९रासस० को स्थापना गर्नुलाई लिन सकिन्छ । कमजोर आर्थिक धरातलमा धर्मराएर निजी प्रयासबाट चलिरहेका दुई समाचार एजेन्सीलाई गाभेर भरपर्दो सरकारी संस्थागत आधारसहितको रासस स्थापना गर्नु एक समयसापेक्ष कदम थियो भन्ने कुरा राससको छ दशकको अविराम यात्राबाट पुष्टि हुन्छ । 

आजका चुनौती     

अत्यन्तै दु्रत गतिमा विकास भइरहेका सञ्चार प्रविधिका कारण पहिला कल्पनासम्म पनि गर्न नसकिएका सुविधा आज सर्वसाधारणको हातहातमा पुगेका छन् भने अर्कोतर्फ नसोचेका चुनौतीहरु पनि थपिएका छन् । राससमा २०५०–५१ सालसम्म टाइपराइटरमा स्टेनसिल पेपर र कार्बन पेपर राखेर औालाको टुप्पो दुख्ने गरी टाइपका किहरु ठोकेर समाचार सिट तयार गरिन्थ्यो र त्यही स्टेनसिलबाट लिथो प्रविधिद्वारा समाचार बुलेटिन प्रकाशित गरी सेवाग्राही आमसञ्चार माध्यमहरुसमक्ष पुर्याइन्थ्यो ।  

कम्प्युटर प्रविधिमा प्रवेश गरेपछि यो प्रणालीको अन्त्य भयो । प्रविधिले ल्याईदिएको यो युगान्तकारी परिवर्तन थियो । आज समग्र आमसञ्चार जगत् अत्याधुनिक प्रविधिले सुसज्जित छन् । प्रविधिमा जसको पहुँच छैन ऊ अब टिक्न नसक्ने स्पष्ट छ । 

यतिमात्र होइन, अकल्पनीय प्रविधिले गर्दा पत्रकारिताकै परम्परागत परिभाषा फेरिन गएको छ । आज मुद्रित पत्रपत्रिका, प्रसारण माध्यम मात्र पत्रकारिता होइनन्, अज्ञात नेपथ्यमा रहेको अदृष्य प्रविधिको माध्यमबाट सञ्चालन हुने अनलाइन र सोसिएल मिडिया अग्रपङ्क्तिका पत्रकारिता माध्यम बन्न पुगेका छन् ।

त्यसैगरी मोबाइल सेट सर्वसाधारणको पहुँचमा पुगेपछि अहिले समाचार र विचार सम्प्रेषणका लागि आधिकारिक मान्यताप्राप्त पत्रकार वा सञ्चारकर्मी नै हुनुपर्छ भन्ने छैन, हरेक व्यक्ति समाचार र विचार सम्प्रेषण गर्न सक्ने भएका छन् । एजेन्सीका लागि मात्र होइन सबै किसिमका मिडियाका लागि यो स्थिति निकै चुनौतीपूर्ण बनेको छ ।

समाचार एजेन्सीको मूल आदर्श ‘स्पिड एण्ड एक्युरेसी’ अर्थात् द्रुतगति र सत्यतथ्य हो । विगतदेखि यही मान्यता चलिआएको छ । विश्वमा कहिलिएका एजेन्सीहरु कुनै महत्वपूर्ण समाचार ब्रेक गर्दा मिनेट होइन केही सेकेण्ड भए पनि आफू अगाडि हुन प्रतिस्पर्धा गर्दछन् ।

तर अब यो मान्यतामा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ, अनलाइन र सोसियल मिडियाका कारण । किनकि ‘स्पिड’ मा अब समाचार एजेन्सी पछि परिसक्यो, अनलाइन र सोसियल मिडियाले एजेन्सीलाई उछिनेको देखिन्छ । तर ‘एक्युरेसी’ मा भने समाचार एजेन्सीहरु नै धेरै अगाडि छन् । अब एजेन्सीहरुले छिटोका लागि भन्दा सत्यतथ्य र विश्वसनीयताका लागि आफ्नो क्षमता देखाउनु पर्ने अवस्था आएको छ ।

कोभिड–१९ ले ल्याएको विश्वव्यापी सङ्कटका कारण संसारमा धेरै नकारात्मक प्रभाव पा¥यो र त्यसको असर अझै बाँकी नै छ । मुख्यत त्यस महामारीले आर्थिक क्षेत्रमा पारेको प्रतिकूल असर निकै गम्भीर रहन गयो । फलस्वरुप कैयौँ कारोबारहरु यात बन्द भए या शिथिल । कोभिड–१९ को मार खाने एक क्षेत्र मिडिया पनि हो ।

कोभिडका कारण छाएको आर्थिकमन्दीले धेरै मिडिया बन्द भए भने कोही ‘डाउन साइज’ मा झर्न बाध्य भए । यसरी समाचार सेवाका उपभोक्ता घट्दा वा कमजोर हुँदा समाचार एजेन्सीको उपयोगिता र माग पनि स्वतः घट्न जान्छ । यो एक गम्भीर चुनौती हो । कुनै महामारी, लामो युद्ध, द्वन्द्व मात्र होइन, लामो समयको आर्थिक मन्दी र राजनीतिक अन्योलले समेत प्रत्यक्ष वा परोक्ष रुपमा मिडिया बजारलाई असर पार्न थालेको छ ।

अहिले कतिपय मिडियालाई अघि बढ्न त परै जाओस् पहिलाकै आसनमा अड्न समेत हम्मेहम्मे परिरहेको देखिएको छ । यस्तो अवस्था बढ्दै र लम्बिदै गयो भने समाचार एजेन्सीहरुलाई पनि आफ्नो अस्तित्व जोगाउन कडा सङ्घर्ष गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

वास्तवमा एजेन्सी पत्रकारिता आर्थिक बाध्यताको उपज हो । सबैखाले मिडियाले सबै स्थानमा आफ्ना समाचार प्रतिनिधिहरु राखेर समाचार सङ्कलन गर्न आर्थिक र व्यवस्थापकीय कारणले सक्दैनन् । त्यसैले आफ्ना प्रतिनिधि नभएका स्वदेश वा विदेशका स्थानहरुका समाचार र समाचार सामग्री एजेन्सीमार्फत प्राप्त गर्दा मिडियाहरुलाई धेरै किफायत पर्दछ । यही कारण मिडियाहरु समाचार एजेन्सीको ग्राहक बन्छन् । यो स्थितिमा परिवर्तन आएमा एजेन्सीहरुले वैकल्पिक उपाय खोज्नुपर्ने अवस्था आउँछ । 

विगतमा युरोपमा भर्खर भर्खर टेलिग्राफ प्रविधि प्रचलनमा आएको बेलामा (सन् १८५० तिर) यो निकै महँगो थियो । एउटा पत्रिकाले आफूले मात्र प्रयोग गर्ने गरी टेलिग्राफ राख्न सक्ने अवस्था थिएन । त्यसैले एजेन्सीको टेलिग्राफमार्फत समाचार प्राप्त गर्न पनि पत्रपत्रिकाहरु एजेन्सीका सेवाग्राही बन्न बाध्य भएका थिए । 

अबको बाटो 

व्यक्तिको जीवनमा जस्तै राष्ट्र, समाज र व्यवसायको जीवनमा पनि उतारचडाव आइरहनु स्वभाविकै हो । समय सधैँ एकनास रहँदैन । तर प्रतिकूल समयमा पनि आफू नडग्मगाई टिक्न सक्ने बलियो रणनीति सबैसँग हुनु अत्यावश्यक छ । यसका लागि सबैभन्दा प्रमुख रणनीति भनेको आफूलाई समयसापेक्ष बनाउन सक्नु नै हो । समयसापेक्ष बन्न सकेमा पलायन हुन पर्दैन ।

जहाँसम्म नेपालमा समाचार एजेन्सी पत्रकारिताको सवाल छ, त्यसको धरातल बलियो छैन । यहाँ राससको मात्र कुरा गर्न खोजिएको होइन । समाचार एजेन्सी पत्रकारिताबारे राज्यकै दृष्टिकोण र स्पष्ट नीतिको अभाव रहेको स्थितिप्रति इङ्गित गर्न खोजिएको हो ।

मूल कुरा हाम्रो राज्यले एजेन्सी पत्रकारिताबारे स्पष्ट नीति र दृष्टिकोण नै अहिलेसम्म बनाउन सकेको छैन । समग्र पत्रकारिताकै एक सानो नगन्य अंशको रुपमा मात्र यसलाई लिइएको छ ।

पञ्चायती व्यवस्था लागू गरिएको सन्दर्भमा निर्मित रासस ऐन २०१९ कै भरमा अहिलेसम्म रासस चलिरहेको छ । समयसापेक्ष हुने गरी राससको नयाँ ऐन बनाउने प्रयासले मूर्तरुप लिन बाँकी नै छ । सरकारले राससका अतिरिक्त समाचार एजेन्सीकै प्रकृतिको काम गर्न अन्य निकायलाई पनि अनुमति त दिएको छ तर जस्केलाबाट ।

किनकि रासस ऐन राससका लागि मात्र हो, अरुका लागि होइन । यदि राससबाहेक अरुलाई पनि एजेन्सी पत्रकारिता गर्ने आधिकारिक मान्यता दिने हो भने समाचार एजेन्सीसम्बन्धी अलग ऐन आउनु नितान्त आवश्यक छ ।  

सरकारले कानुनी पाटोमा दुईवटा ऐन ल्याउनु जरुरी छ– एउटा रासस ऐन २०१९ लाई विस्थापित गर्ने गरी नयाँ रासस ऐन र अर्को समाचार एजेन्सी प्रकृतिका काम गर्ने निजी वा गैरसरकारी क्षेत्रका अन्य सबै एजेन्सीलाई नियमन गर्ने नयाँ ऐन । 

एजेन्सी पत्रकारिताले आफ्नो जीवन दिगो र सुरक्षित बनाउने हो भने अब बहुआयामिक सेवातर्फ अग्रसर हुनु अपरिहार्य छ । अब पनि उहाँले भन्नुभयो’ “उहाँले गर्नुभयो’ जस्ता ‘प्रोटोकल जर्नलिज्म’ मै रुमल्लिरहने हो भने न्यूज एजेन्सीको पनि सटर बन्द हुन धेरै समय लाग्ने छैन । ‘इभेन्ट’ र ‘इन्सिडेन्स’ का समाचार रिपोर्टिङलाई मात्र प्राथमिकता दिनुको साटो ‘इस्सु’लाई महत्व दिएर फिल्ड रिपोर्टिङ, इनडेप्थ रिपोर्टिङ, इन्भेस्टिगेटिभ रिपोर्टिङ आदिलाई उच्च प्राथमिकता दिनु जरुरी छ ।

समाजमा उजागर हुनै पर्ने तर हुन नसकेका अनगिन्ति क्षेत्र र विषयहरु छन् । तिनलाई ‘प्रो एक्टिभ जर्नलिज्म’ को मान्यताअनुसार उजागर गर्न सकेमा एजेन्सीले आफूलाई समयसापेक्ष बनाईराख्न सक्नेछ । परम्परागत समाचार शैलीलाई आधुनिकीकरण गर्नु र मुख्यतः समाचार सामग्रीको विषयवस्तुमा नवीनता ल्याउनु आवश्यक छ ।

आजका ११ र १२ कक्षाका विद्यार्थीहरु देशका निकट भविष्य हुन् । तर अपसोचका साथ भन्नुपर्छ कि उनीहरु हाम्रा मिडियाका समाचार सामग्रीप्रति आकर्षित छैनन् । गहिरोसँग सोच्ने हो भने यो निकै ठूलो चुनौती हो र समग्र मिडियाकै भविष्यका लागि खतराको सङ्केत देखिएकाे छ ।

समाचार एजेन्सी र अन्य मिडियाले पनि ती युवा, विद्यार्थी वर्गलाई आकर्षित गर्न सक्ने सब्जेक्ट र कन्टेन्ट दिनसक्नुपर्छ । आफ्नो देश र समाजप्रति नवयुवा वर्गलाई उदासिन र बेखबर बन्न नदिने दायित्व मिडियाको हो । नवयुवा वर्गलाई देशको चासो नहुने तर विदेशको भने एक एक चासो हुने स्थिति लम्बियो भने त्यसले भविष्यमा दुखद् दृष्य देखाउने छ ।

समाचार एजेन्सी मात्र होइन, अहिले समग्र पत्रकारिता नै एकप्रकारको अन्योल, अराजकता र अस्थिरताको चरणबाट गुज्रिरहेको छ । यो अझ लम्बिन पनि सक्छ, सबै पक्षले बेलैमा विचार पु¥याएर प्रभावकारी कदम चालेमा छोटिन पनि सक्छ । सबैभन्दा मुख्य कुरा पत्रकारिताले आफ्नो धर्म छोडनु हुँदैन । आर्थिक लाभ, राजनीतिक लाभ र विभिन्न अवसरको क्षणिक लाभलाई मात्र लक्ष्य बनाएर पत्रकारिता गर्ने हो भने पछि पछुताउनसमेत ठाउँ नरहन सक्छ ।
(लेखक राससका पूर्वमहाप्रबन्धक हुन् )

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending