Khabar Dabali ५ फाल्गुन २०८२ मंगलवार | 17th February, 2026 Tue
Investment bank

प्रणयकाे रास्वपालाई प्रश्नः २५ हजार रुपैयाँको प्राइमरी इलेक्सन कहाँ गयो ?

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. प्रणय शमशेर राणाले पार्टीले उम्मेदवार आकांक्षीहरूबाट उठाएको रकमको स्पष्ट हिसाब मागेका छन्।

राणा २०७९ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ मा उम्मेदवार समेत बनेका थिए र आगामी निर्वाचनमा पनि आकांक्षी हुन्। पार्टीले विधानमा प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गर्ने व्यवस्था राखेको भए पनि यस पटक आफूखुसी उम्मेदवार छानिएको भन्दै राणाले उठाइएको रकमको उद्देश्यबारे प्रश्न उठाएका हुन्।

‘हामी जस्ता आकांक्षीहरूले प्राइमरीमा भाग लिन २५ हजार रुपैयाँ तिरेका थियौँ,’ राणाले भने, ‘तर केही समयमै यो विधि छैन भनियो। अब सो पैसा के को लागि तिरेका थियौँ?’

उनले पार्टीले विधान अनुसार प्राइमरी इलेक्सनको व्यवस्था उल्लङ्घन गरेको र प्रत्यक्ष तर्फका उम्मेदवारहरूको वैधता पनि कानुनअनुसार प्रश्नयोग्य हुन सक्ने बताएका छन्।

राणाले सामाजिक सञ्जालमा जारी भिडियोमा भने, ‘प्राइमरी प्रक्रियाको लागि उठाइएको रकम फिर्ता नदिइएको, पारदर्शिता र आन्तरिक लोकतन्त्रको नारामा मात्र सीमित भएको छ। प्राइमरी भोटिङ फाइनल हुनुपर्नेमा अतिरिक्त ५० प्रतिशत नम्बर चलखेल गरिएको, जसले धेरै पूर्वसंसदहरूलाई हारको डरमा राखेको छ।’

उनको विरोधले रास्वपा भित्रको आन्तरिक लोकतन्त्र र पारदर्शिताको प्रश्न फेरि उभिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आदोलनका क्रममा कारागारबाट भागेका सात जना पक्राउ

काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रसुवाको उत्...

टुँडिखेलको ब्यान्डमा राजनीति: अमेरिकी प्रस्तुति किन बन्यो विवाद ?

काठमाडौं । २६३औँ नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विदेशी सैन्य ब्यान्डले प्रस्तुति दिएपछि राजनीतिक तरङ्ग देखिएको छ। विशेषगरी अमेरिकी से...

कटानीको मुखमै विपत्ति: सिरहामा ३० बिघा उखु जलेर खरानी, किसानलाई करोडौं क्षति

सिरहा । मेहनतको पसिना फल दिने बेला सिरहाका किसानमाथि विपत्ति आइपरेको छ। लहान नगरपालिका–१३ घलेटोलमा काट्नै लागिएको करिब ३० बिघा उखु सोमबार दिउँसो आगलाग...

जेनजी प्रदर्शनका क्रममा घाइते २०० जनाको वर्गीकरण

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले हालसम्म...

बालीनाली जोगाउन सरकारको नयाँ निर्णय: बाँदर ‘हानिकारक’ घोषणा, किसानलाई कानुनी छुट

काठमाडौं । लगातार बालीनाली नष्ट गर्दै आएका जंगली रातो बाँदर नियन्त्रणका लागि सरकारले विशेष कदम चालेको छ। वन तथा वातावरण मन्त्रालय ले राजपत्रमा सूचना प...

निर्वाचन तयारीमै विवाद: झापामा मतदान अधिकृत खटाइमा विभेदको आरोप

झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी चलिरहँदा झापामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइ प्रक्रियामै विवाद उत्पन्न भएको छ। कर्मचारी तहबाटै विभ...

विद्रोहको उद्गम थलो अझै अँध्यारोमा: जुनीचाँदेमा ७८% गरिबी, विकासको सपना अधुरै

जाजरकोट। परिवर्तन र समताको नारासहित सुरु भएको सशस्त्र ‘जनयुद्ध’ को आधारभूमि मानिने जुनीचाँदे गाउँपालिका आज देशकै सबैभन्दा गरिब स्थानीय तहको सूचीमा परे...

निर्वाचनलाई पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए...

सङ्खुवासभामा आगलागी हुँदा एक घर ध्वस्त

सङ्खुवासभा  । सङ्खुवासभाकोे पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ।  आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर...

ढुङ्गाले लागेर स्काभेटर चालकको मृत्यु

सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE