काठमाडौं । इटालीमा रोजगारी लगाइदिने आश्वासन दिएर बंगलादेशबाट काठमाडौं ल्याइएका पाँच नागरिकलाई बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको छ। यस प्रकरणमा संलग्न अन्तरदेशीय गिरोहका सात जनालाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बूढानीलकण्ठ नगरपालिका–८ भङ्गालस्थित भाडाको घरमा ती बंगलादेशीहरूलाई थुनेर राखिएको सूचनापछि प्रहरी टोलीले छापा मारेको थियो। उद्धारसँगै गिरोहका सदस्यहरू नियन्त्रणमा परेका हुन्।
पक्राउ पर्नेमा बंगलादेशका ३८ वर्षीय आल मामुन, काठमाडौंका ३९ वर्षीय बिलाल, २९ वर्षीय रिवन विश्वास, ४३ वर्षीय बाबु हुसेन, ४० वर्षीय यमडी मसिभुर रहमान, भारतका ४१ वर्षीय सरोजकुमार र नुवाकोट घर भई हाल तारकेश्वर बस्दै आएका ३२ वर्षीय शशि पाठक रहेका छन्।
प्रहरीका अनुसार गिरोहले वैदेशिक रोजगारीको नाममा काठमाडौं बोलाई बन्धक बनाउँदै रकम असुल्ने धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेकामाथि ‘शरीर बन्धक’ तथा ‘ठगी’ सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
फाल्गुन ४ गते, २०८२ - २१:३७
काठमाडौं । गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका सात जनालाई पक्राउ गरी प्रहरीले आज सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा रसुवाको उत्...
फाल्गुन ४ गते, २०८२ - २१:३४
काठमाडौं । २६३औँ नेपाली सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा विदेशी सैन्य ब्यान्डले प्रस्तुति दिएपछि राजनीतिक तरङ्ग देखिएको छ। विशेषगरी अमेरिकी से...
फाल्गुन ४ गते, २०८२ - २१:२८
सिरहा । मेहनतको पसिना फल दिने बेला सिरहाका किसानमाथि विपत्ति आइपरेको छ। लहान नगरपालिका–१३ घलेटोलमा काट्नै लागिएको करिब ३० बिघा उखु सोमबार दिउँसो आगलाग...
फाल्गुन ४ गते, २०८२ - २१:२४
काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका २०० जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले हालसम्म...
फाल्गुन ४ गते, २०८२ - २१:२३
काठमाडौं । लगातार बालीनाली नष्ट गर्दै आएका जंगली रातो बाँदर नियन्त्रणका लागि सरकारले विशेष कदम चालेको छ। वन तथा वातावरण मन्त्रालय ले राजपत्रमा सूचना प...
फाल्गुन ४ गते, २०८२ - २०:५७
झापा। प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी चलिरहँदा झापामा मतदान अधिकृत र सहायक मतदान अधिकृत खटाइ प्रक्रियामै विवाद उत्पन्न भएको छ। कर्मचारी तहबाटै विभ...
फाल्गुन ४ गते, २०८२ - २०:३९
जाजरकोट। परिवर्तन र समताको नारासहित सुरु भएको सशस्त्र ‘जनयुद्ध’ को आधारभूमि मानिने जुनीचाँदे गाउँपालिका आज देशकै सबैभन्दा गरिब स्थानीय तहको सूचीमा परे...
फाल्गुन ४ गते, २०८२ - २०:२१
धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए...
फाल्गुन ४ गते, २०८२ - २०:१८
सङ्खुवासभा । सङ्खुवासभाकोे पाँचखपन नगरपालिका–२ भिरकुनामा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ। आज बिहान खाना पकाउने चुलोबाट अचानक आगलागी हुँदा सिर...
फाल्गुन ४ गते, २०८२ - २०:१६
सङ्खुवासभा। सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ स्थित सानो याक्र्खकमा निर्माणाधीन छुजुङ खोला जलविद्युत् आयोजनाको बाटो खन्ने क्रममा आज ढुङ्गाले लागेर स्क...



प्रतिकृया लेख्नुहोस्: