रौतहट । रौतहट रौतहटको ईशनाथ नगरपालिकामा कर्फ्यू अवधिमै उच्च श्रृंखल गतिबिधि हुँदा स्थानिय प्रशासनले कर्फ्यू दायरा बढाएको छ।
ईशनाथ ७ घिउरा गाउँमा सरस्वतीको मुर्ति सेलाउन बिषयमा दुई समुदाय बीच झडप हुँदा स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।
सरस्वतिको मुर्ति सेलाउन लैजाने समुहमाथि शनिबार घिउरामा मुस्लिम समुदायले घरको छत बाट ढुङ्गा हान्दा स्थानीय कार्तिकेश ठाकुर लगायतका मानिस घाईते भएका थिए।
झडपमा मुस्लिम तर्फ पनि घाईते भएको तर घाईतेको संख्या यकीन हुन नसकेको प्रहरीले बताएको थियो। घटना नियन्त्रण गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी यज्ञबिनोद पोखरेल, सशस्त्रका डिआईजी दीपेन्द्र साह समेत घटनास्थल पुगेका थिए।
स्थिति नियन्तरणमा लिन सिडियो हिरालाल रेग्मीले एक सूचना जारिगर्दै सनिवार साँझ ५ बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेका थिए।कर्फ्यू अवधिमै उच्चश्रृंखला गतिबिधि भएपछि स्थानीय प्रशासनले कर्फ्यू क्षेत्र फराकिलो बनाएको छ।
कर्फ्यू जारी संगै उक्त क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी गरी ७०० जनशक्ती परिचालन गरिएको छ। अवस्था सामान्य पनि भएको थियो।
यसैबीच कर्फ्युकै अवधिमा आज आइतबार आज केही उच्चश्रृंखल युवाहरुको समुहले ईशनाथ नगरपालिका औरैया गाउँमा रहेको मस्दिज को माथि गुम्बद बाट माईक ९हरन ० खोलेको छ। यसरी मस्जिदको माथी रहेको माईक खोल्दा पुन: अवस्था तनावग्रस्त हुनसक्ने भएकाले प्रहरीले सजगता अपनाएको छ। जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले घटनाको पुष्टि गर्दै संलग्नको खोजी भईरहेको बताएकी छन्।
कर्फ्यू अवधिमै थप समाप्रदायिक बिवाद बढ्ने सम्भावना लाई नजर गर्दै सिडियो रेग्मीले आईतवार एक सूचना जारिगर्दै कर्फ्युको दायरा फराकिलो बनाएको छ।
बनजरहा नगरपालिका वडा २,३,४,५, ६र ७ मा समेत अनिश्चितकालीन कर्फ्यू जारी गरिएको छ। पूर्वमा बनजरहा मोड हनुमान मन्दिर, पश्चिम सानो घिउरा, उत्तर रामपुर खाप, र दक्षिणमा सशस्त्र प्रहरी आउट पोस्ट बोर्डर औरैया देखि जयनगर सम्म चारकिल्ला भित्र कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ। साथै यस सम्प्रदायिक बिवाद लाई फैलाउने बढाउने कुनै प्रकारको तस्वीर भिडियो, स्टाटस सामाजिक सञ्जालमा नराख्न जिल्ला प्रहरी कार्यालय रौतहटले आग्रह गरेको छ।
पछिल्लो दुई तीन दिनदेखि केही मानिसहरूले ईशनाथको घटना संग जोडिएको बिभिन्न भ्रामक भिडियो तस्बिर तथा स्टाटसहरू सामाजिक सञ्जालमा देखिएकाले सामाजिक सदभाव कायम राख्न त्यस्तो गतिबिधि नगर्न जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लाबासी लाई आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २५ गते, २०८३ - १८:०३
मनिला। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् । ...
जेष्ठ २५ गते, २०८३ - १७:५१
काठमाडौँ । सङ्घीय सरकारले देशका ६ महानगरपालिकालाई आर्थिक वर्ष २०८३/८४ का लागि कुल ११ अर्ब ७१ करोड ९१ लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। अर्थ मन्त्रालय...
जेष्ठ २५ गते, २०८३ - १७:३८
काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारी बोर्डिङ पास अनियमितता प्रकरणमा पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले आइत...
जेष्ठ २५ गते, २०८३ - १७:११
काठमाडौं । आफ्नी छोरीलाई झुटा कागजातका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिलाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले राजेशमान सिंह सहित सात ज...
जेष्ठ २५ गते, २०८३ - १६:५९
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातै प्रदेशमा गरिने अन्तरसरकारी वित्तीय हस्तान्तरणको विवरण सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयका अन...
जेष्ठ २५ गते, २०८३ - १६:५०
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराज भक्त श्रेष्ठले विद्युत् महसुल बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ अघि बढाउन नेपाल विद्युत् प...
जेष्ठ २५ गते, २०८३ - १६:४१
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बुधबार बिहान ११ बजे बस्दैछ । कांग्रेस केन्द्र...
जेष्ठ २५ गते, २०८३ - १६:०४
काठमाडौं । नेपालले एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा हङकङलाई डीएलएस (डकवर्थ–लुइस–स्टर्न) पद्धतिअ...
जेष्ठ २५ गते, २०८३ - १५:५८
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीमाथि लगाइएको विदेश यात्रा प्रतिबन्ध तत्काल फुकुवा गर्न अस्वीकार ...
जेष्ठ २५ गते, २०८३ - १५:२७
काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०.२७ अंकले घटेको छ। यससँगै नेप्से २,७३५ अंकमा झरेर बन्द भएको छ। यसअघि बिहीबार १३ अंक र शुक...



प्रतिकृया लेख्नुहोस्: