Khabar Dabali २५ श्रावण २०८३ सोमबार | 10th August, 2026 Mon
Investment bank

मलेसियामा उपचार नपाएर छट्पटिँदै राेल्पाका मनाेज र काभ्रेका सुनिल

धादिङका विनोद वर्षाैदेखि बेपत्ता

खबरडबली संवाददाता

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला, महाभारत गाउँपालिका–४ सिमल्टारका सुनिल लामा गत ११ फेब्रुअरीमा सडक दुर्घटनामा परेका थिए । मलेसियाको जेरनटुट, पहास्थित इकोन सेभ क्यास एन्ड क्यारी कम्पनीमा कार्यरत रहेको र बिदाको दिन बाहिर निस्किएका उनी दुर्घटनामा परेका हुन् ।

सडक दुर्घटनामा परेर दाहिने हात गुमाएका उनी  हाल मलेसियाको सुल्तान हाजी हस्पिटलमा उपचार गरिरहेका छन् । तर, दुर्घटनामा परेर हात गुमाएपछि अस्पताल भर्ना भएका उनलाई कम्पनीले उपचार गरेन । कम्पनीभन्दा बाहिर भएको घटना भनेर उनी कार्यरत कम्पनीले बिमासमेत दाबी नगरिदिँदा उनको उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोगको अपिल गरिएको छ । उनको उपचारका लागि ठूलो धनराशि खर्च हुने र उपचारमा सहयोग गरिदिन देशविदेशमा रहने सबैमा अनुरोध गरेका छन् ।

यस्तै मलेसियामा प्यारालाइसिस रोगले थालिएका रोल्पाका मनोज रानाले पनि आर्थिक सहयोग गरी आफूलाई नेपाल फर्काउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै रानाले आफू अहिले मलेसियामा प्यारालाइसिस भएर हात खुट्टा नचल्ने र मुखको पनि समस्या रहेको र शरीरको आधा भाग पूरै प्यारालाइसिस भएको भन्दै आर्थिक सहयोगको अपिल गरेका छन् ।

आफू कार्यरत कम्पनीले पनि कुनै वास्ता नगरेको उनले बताएका छन् । कम्पनीलाई घर पठाउभन्दा ५ हजार रिंगेट दिए मात्र पठाउने भनेको तर आफूसँग पाँच रिंगेट पनि नरहेको उनले बताए । कम्पनी र नेपाली दूतावासले वास्ता नगर्दा उपचार हुन नसकेको र घर फर्कन पनि आर्थिक अभाव भएकाले सबैले सहयोग गरिदिन अनुरोध गरेका छन् ।

मलेसियाका कतिपय रोजगारदाता कम्पनीहरूले ड्युटीको समय वा बिदाको दिनमा घुम्न बाहिर निस्किएर कुनै दुर्घटनामा परे उपचार नगर्ने गरेको कारण त्यहाँ कार्यरत धेरै नेपालीहरूले कम्पनीले उपचार नगरेको भन्दै आर्थिक सहयोग माग्ने गरेका छन् ।

रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली बेपत्ता भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–७ खैरेनी धादिङ निवासी गोपीप्रसाद पाण्डेको छोरा विनोदराज पाण्डे बेपत्ता भएका छन् । २०६२ सालमा मलेसियाको ‘गेदरउड इन्डस्ट्रिज’ कम्पनीमा गएका थिए ।

उनी यहाँ लामो समयदेखि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको भन्दै त्यहाँस्थित नेपाली दूतावासले खोजी गरिदिन अनुरोध गरेको छ । उनलाई कसैले देखेमा वा भेटेमा दूतावासको सम्पर्क नम्बर ०१६२४७२७७७ वा मलेसियाको सम्पर्क व्यक्ति चोलाकान्त पंगेनीको सम्पर्क नम्बर ०१६२४४१४१५ मा सम्पर्क गरी जानकारी गराइदिन दूतावास अनुरोध गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयौं नेपाली कामदार बेपत्ता हुने क्रम बढेको छ । दूतावासले हरेक हप्ताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन कल आउने गरेको दूतावासले जनाएको छ ।

मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसिया नेपाली कामदार हराएका हुन् । परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् ।

वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेको आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुल सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ । विदेशी भूमिमा हराइरहेको कामदार’दयगत पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अटो र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, चार घाइते

झापा  । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। आइतबार दिउँसो बि...

नेकपा–एमालेको तीन बुँदे सहमतिले प्रदेशमा मच्चायो सत्ता संकट, मुख्यमन्त्रीदेखि मन्त्रालय भागबण्डासम्म किचलो

काठमाडौँ । नेकपा र एमालेबीच भएको तीन बुँदे सहमतिले प्रदेशमा सत्ता फेरबदलको बाटो खोले पनि त्यसको कार्यान्वयन भने सहज बन्न सकेको छैन । सहमति कार्यान्वयन...

मुख्यमन्त्रीसँग जोडिएको ठेक्का तोड्न मन्त्रीको ठाडो निर्देशन : ‘मुख्यमन्त्री होस् कि जोसुकै, छुट हुन्न’

रुपन्देही । पाँच वर्षसम्म निर्माण अलपत्र परेको गुल्मी अस्पतालको नयाँ भवनको ठेक्का तत्काल तोड्न भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले निर्देशन दिएका छ...

धनकुटामा ग्यास अभाव चर्किएपछि छड्के अनुगमन, एक परिवारलाई एक सिलिन्डरको सीमा

धनकुटा । धनकुटा बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले ग्यास डिलर तथा बिक्री केन्द्रमा छड्के अ...

बाबुराम भट्टराईको राजनीतिक सन्देश : ‘नयाँको विकल्प पुरानो होइन, झन् नयाँ हो’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली राजनीतिमा पुरानो नेतृत्व र संरचनालाई पुनःस्थापित गरेर नयाँ युग निर्माण गर्न नसकिने धारणा रा...

सात महिनामा सक्नुपर्ने सडक दुई वर्षमा पनि अधुरै, ठेकेदारको ढिलासुस्तीले यात्रु सास्तीमा

बागलुङ । सात महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता भएको बागलुङ बजारको महत्वपूर्ण सडक दुई वर्ष बित्न लाग्दा पनि अधुरै छ । राष्ट्रिय गौरवको आयोजना मध्यप...

कप्तानगञ्ज हिंसात्मक घटनामा संलग्न भएको आशंकामा पाँच जना पक्राउ

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी ...

घाटामा डुबेका सरकारी उद्योगमा सुधारको संकेत, औषधिदेखि दुग्धसम्म नाफातर्फ

काठमाडौं । लामो समयदेखि घाटा व्यहोर्दै आएका सरकारी स्वामित्वका उद्योगमा सुधारको संकेत देखिन थालेको छ। सरकारले सञ्चालन व्यवस्थापन, उत्पादन वृद्धि, खर्च...

खारेज हुने सूचीबाट ब्युँतिँदै सहरी यातायात प्राधिकरण, अब उपत्यकाको सार्वजनिक यातायातमा ‘कमाण्ड’

काठमाडौं । खारेजीको सूचीमा परेको सहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरणलाई सरकारले पुनः सक्रिय बनाउने भएको छ। काठमाडौँ उपत्यकाको अस्तव्यस...

‘संघीयता र समावेशिता कमजोर बनाउने प्रयास स्वीकार्य छैन’ : भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने प्रयास स्वी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending