Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

मलेसियामा उपचार नपाएर छट्पटिँदै राेल्पाका मनाेज र काभ्रेका सुनिल

धादिङका विनोद वर्षाैदेखि बेपत्ता

खबरडबली संवाददाता

काठमाडौं । काभ्रेपलाञ्चोक जिल्ला, महाभारत गाउँपालिका–४ सिमल्टारका सुनिल लामा गत ११ फेब्रुअरीमा सडक दुर्घटनामा परेका थिए । मलेसियाको जेरनटुट, पहास्थित इकोन सेभ क्यास एन्ड क्यारी कम्पनीमा कार्यरत रहेको र बिदाको दिन बाहिर निस्किएका उनी दुर्घटनामा परेका हुन् ।

सडक दुर्घटनामा परेर दाहिने हात गुमाएका उनी  हाल मलेसियाको सुल्तान हाजी हस्पिटलमा उपचार गरिरहेका छन् । तर, दुर्घटनामा परेर हात गुमाएपछि अस्पताल भर्ना भएका उनलाई कम्पनीले उपचार गरेन । कम्पनीभन्दा बाहिर भएको घटना भनेर उनी कार्यरत कम्पनीले बिमासमेत दाबी नगरिदिँदा उनको उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोगको अपिल गरिएको छ । उनको उपचारका लागि ठूलो धनराशि खर्च हुने र उपचारमा सहयोग गरिदिन देशविदेशमा रहने सबैमा अनुरोध गरेका छन् ।

यस्तै मलेसियामा प्यारालाइसिस रोगले थालिएका रोल्पाका मनोज रानाले पनि आर्थिक सहयोग गरी आफूलाई नेपाल फर्काउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै रानाले आफू अहिले मलेसियामा प्यारालाइसिस भएर हात खुट्टा नचल्ने र मुखको पनि समस्या रहेको र शरीरको आधा भाग पूरै प्यारालाइसिस भएको भन्दै आर्थिक सहयोगको अपिल गरेका छन् ।

आफू कार्यरत कम्पनीले पनि कुनै वास्ता नगरेको उनले बताएका छन् । कम्पनीलाई घर पठाउभन्दा ५ हजार रिंगेट दिए मात्र पठाउने भनेको तर आफूसँग पाँच रिंगेट पनि नरहेको उनले बताए । कम्पनी र नेपाली दूतावासले वास्ता नगर्दा उपचार हुन नसकेको र घर फर्कन पनि आर्थिक अभाव भएकाले सबैले सहयोग गरिदिन अनुरोध गरेका छन् ।

मलेसियाका कतिपय रोजगारदाता कम्पनीहरूले ड्युटीको समय वा बिदाको दिनमा घुम्न बाहिर निस्किएर कुनै दुर्घटनामा परे उपचार नगर्ने गरेको कारण त्यहाँ कार्यरत धेरै नेपालीहरूले कम्पनीले उपचार नगरेको भन्दै आर्थिक सहयोग माग्ने गरेका छन् ।

रोजगारीका लागि मलेसिया पुगेका एक नेपाली बेपत्ता भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–७ खैरेनी धादिङ निवासी गोपीप्रसाद पाण्डेको छोरा विनोदराज पाण्डे बेपत्ता भएका छन् । २०६२ सालमा मलेसियाको ‘गेदरउड इन्डस्ट्रिज’ कम्पनीमा गएका थिए ।

उनी यहाँ लामो समयदेखि सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको भन्दै त्यहाँस्थित नेपाली दूतावासले खोजी गरिदिन अनुरोध गरेको छ । उनलाई कसैले देखेमा वा भेटेमा दूतावासको सम्पर्क नम्बर ०१६२४७२७७७ वा मलेसियाको सम्पर्क व्यक्ति चोलाकान्त पंगेनीको सम्पर्क नम्बर ०१६२४४१४१५ मा सम्पर्क गरी जानकारी गराइदिन दूतावास अनुरोध गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका सयौं नेपाली कामदार बेपत्ता हुने क्रम बढेको छ । दूतावासले हरेक हप्ताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता भएको भन्दै खोजी गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघ संस्थालाई आग्रह गर्ने गरेको छ ।

मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाइ, व्यवहारजन्य समस्यालगायत कारण नेपाली जेल पर्ने गरेको त्यस्ता नेपाली परिवारको सम्पर्कमा आउन नसक्ने भएकाले पनि खोजी गरिदिन कल आउने गरेको दूतावासले जनाएको छ ।

मलेसिया पुगेर विभिन्न मुद्दामा जेल पर्नु, प्रेम सम्बन्ध, पारिवारिक मनमुटाव, रोजगारीकै क्रममा विदेशमा मृत्यु, दुर्घटनामा पर्नु, घरेलु कामदारको हकमा रोजगारदाताले बन्दी बनाउनु, व्यक्तिगत चाहनालगायत कारणबाट मलेसिया नेपाली कामदार हराएका हुन् । परिवारको सम्पर्कबाहिर रहेका आप्रवासी नेपाली कामदारको अवस्था पत्ता लगाउन सम्बन्धित मुलुकमा रहेको सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय हुने गरेको भए पनि प्रभावकारी हुन नसकेको सरोकारवाला बताउँछन् ।

वैदेशिक रोजगारीमा रहेर परिवारको सम्पर्कबाहिर पुगेको आप्रवासी कामदारलाई गन्तव्य मुलुकमा रहेको नेपाली दूतावास, कन्सुल सेवा विभागमार्फत खोजीकार्य हुने गरेको छ । विदेशी भूमिमा हराइरहेको कामदार’दयगत पर्याप्त विवरण नहुँदा खोजी कार्यमा चुनौती हुने गरेको छ । यस्तै, कतिपय कामदार स्वेच्छाले सम्पर्कमा आउन नचाहँदा पनि खोजीकार्य गर्न अप्ठ्यारो हुने गरेको दूतावासको भनाइ छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिलु : काठमाडौं उपत्यकाको प्रेम, श्रद्धा र सांस्कृतिक धरोहर

काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिइन्

हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...

कालीमाटी बजारमा आजका तरकारी–फलफूल मूल्य अपडेट

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...

ढेबुवा–तीनखण्डे जोड्ने पुलको अभावले सिर्जना गरेको चुनौती, सुनकोशी पार गर्ने बालबालिकाको जोखिमपूर्ण यात्रा

ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...

फापरखेतको पहिरो : बेलिब्रिजको योजना अन्यौलमा, स्थानीय जीवन जोखिममा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि दुई महिना बन्द हुने

ललितपुर ।  आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...

मधेशीय राजनीति हल्लिएको दिन : कांग्रेस–एमाले नेतृत्व असम्भव भन्ने विश्वास सरोज–श्रीकृष्णले भत्काए

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...

पूर्वी नवलपरासीको सामुदायिक वनमा ८ मृग मृत फेला, निकुञ्जले विस्तृत अनुसन्धान सुरू

नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...

हेटौंडामा बिहानैदेखि भत्काउन थालियो सडक छेउका घर तथा संरचना

मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...

मधेशका मुख्यमन्त्रीको शपथ आइतबार

काठमाडौं ।  मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending