Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

भ्रामक भिडियो फेसबुकमा पोष्ट गर्ने दुई ताइवानीलाई जेल सजाय

खबरडबली संवाददाता

एजेन्सी । कम्बोडियालीसमुद्री किनारको एक रिसोर्टबाट नक्कली अपहरणको योजना बनाएको र त्यसको भिडियो फेसबुकको अनलाइनमा पोस्ट गरेको आरोपमा ताइवानका दुई जनालाई दुई–दुई वर्षको जेल सजाय सुनाइएको छ ।

प्रिह सिहानोक प्रान्तीय अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “३१ वर्षीय चेन नेङ–चुआन र ३४ वर्षीय लु सु–सिएनले सिहानोकभिलको एक भवनमा सुरक्षा गार्डले आफूलाई हिरासतमा लिएको र कुटपिट गरेको भिडियो फेसबुकमा पोस्ट गरेपछि पक्राउ गरिएको हो ।”

“दुवै जना मानव बेचबिखन, यातनासहित हिरासतमा राख्ने, बलात्कार गर्ने र मानव अङ्ग बेचबिखनसम्बन्धी निन्दनीय भिडियो तयार पार्न कम्बोडिया प्रवेश गरेका देखिएको छ,” अदालतले भनेको छ ।

अदालतले उनीहरूलाई ‘सामाजिक सुरक्षामा खलल पुर्‍याउन उक्साएको’ अभियोगमा बिहीबार एक सुनुवाइमा दोषी ठहर गरेको हो । अदालतले उनीहरूलाई जनही दुई वर्षको जेल सजाय सुनाएको छ र झण्डै दुई हजार अमेरिकी डलर जरिबाना तिर्न आदेश दिएको छ ।

प्रान्तीय सरकारले ती व्यक्तिहरूले प्रान्तको इज्जत, सुव्यवस्था र सुरक्षामा असर पार्ने गरी ‘फेक कन्टेन्ट’ सहितको भिडियो बनाएको बताएको छ । अधिकांश ताइवानी र अन्य देशका केहीले अनलाइनमार्फत् भ्रामक सामग्री सम्प्रेषण गरी मानिसहरूलाई प्रलोभनमा पारेर पीडितहरूलाई ठूलो रकम ठग्ने गरेका पाइएको कम्बोडियाली प्रशासनले जनाएको छ । 

ताइवानको केन्द्रीय समाचार संस्था (सीएनए) का अनुसार ती मध्ये एक व्यक्तिले सोमबार राति एक भिडियोको प्रत्यक्ष प्रशारण गरेका थिए । 

भिडियोमा उनलाई अदृश्य आक्रमणकारीहरूले लखेटेको र पिटेको देखिन्छ भने दोस्रो भिडियोमा उनी भागेको दाबी गरिएको देखिन्छ । सीएनएका अनुसार दोस्रो भिडियोमा उनले आफू घाइते भएको र लुटिएको, बाँधेको, पिटेको र स्टन गनले आक्रमण गरेको वर्णन गरेका छन् ।

गत अगष्टमा संयुक्त राष्ट्रसङ्घले दक्षिणपूर्वी एसियामा आपराधिक गिरोहहरूले लाखौं मानिसहरूलाई यातनाको धम्की दिएर अनलाइन ‘स्क्याम’हरू गर्न बाध्य पारिरहेको चेतावनी दिएको थियो ।

संयुक्त राष्ट्रसङ्घले एक रिपोर्टमा भनेको छ, “अनलाइन अपराधमा काम गर्न धेरैलाई तस्करी गरिएको छ र यातना वा यौन हिंसाजस्ता गम्भीर उल्लङ्घनको सामना गर्नुपरेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

थाइल्यान्डमा आम चुनावको मिति फेब्रुअरी-८ लाई तय

बैङ्कक । थाइल्यान्डमा आगामी फेब्रुअरी-८ मा आम चुनावको मिती तय भएको थाइ निर्वाचन आयोगले सोमबार जनाएको छ । चुनावका लागि दलले यस वर्षको अन्त्य अघि प्रधान...

कांग्रेस महाधिवेशन: देशभरका क्रियाशील सदस्यता वितरण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि एक सय ६५ निर्वाचन क्षेत्रका सबैजसो वडामा क्रियाशील सदस्यता फाराम वितरण भइरहेको छ । कांग्रेस केन्...

चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा करिब रु सात खर्ब रेमिट्यान्स भित्रिएको छ । गत कात्तिक महिनासम्म विप्रेषण आप्रवाह ३१ दशमलव चार प...

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती गरिएको छ। आइतबार अन्नपूर्ण संरक्षण आयोजना (एक्याप) लोमान्थाङसहित...

भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

काठमाडौँ । भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नो...

‘उज्यालो गण्डकी’ अन्तिम चरणमा

गण्डकी । प्रदेशका सबै घरधुरीमा बिजुलीको पहुँच पुर्‍याउने गण्डकी प्रदेश सरकारको आठ वर्षदेखिको लक्ष्य अझै पूरा भएको छैन । प्रदेश स्थापनापछि विसं २०७४ मा...

सरकारले निर्वाचनको वातावरण बनाउन सकेकाे छैन: नेपाल

सिन्धुली । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले निर्वाचनका लागि सरकारले राजनीतिक दलहरूसँग घनिष्ट संवाद गर्नुपर्ने बताएका छन्। सोमब...

म्याग्दीमा ढुवानीको समस्याले कम मूल्यमा सुन्तला बिक्री गर्दै किसान

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ३ भकिम्ली राखुका किसानलाई सुन्तला ढुवानीमा समस्या भएको छ । नयाँपुलबाट राखु हुँदै भकिम्ली जोड्ने सडकम...

पश्चिमा सुरक्षाको ग्यारेन्टी भए नेटो त्याग्न युक्रेन तयार : जेलेन्स्की

काठमाडाैँ । युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष...

बागलुङका १० ठुला सडक स्तरोन्नति गरिँदै

बागलुङ । यसवर्ष बागलुङमा १० वटा सडक स्तरोन्नति तथा कालोपत्र गर्न थालिएको छ । सङ्घीय सरकारले विनियोजन गरेको बजेटबाट दुई निर्वाचन क्षेत्र रणनीतिकसहित १०...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending