Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

झापाको ‘फेवाताल’मा बढ्यो पर्यटकीय आकर्षण

खबरडबली संवाददाता

झापा । झापाको मेचीनगर नगरपालिका–१३ स्थित हातेमालो सामुदायिक वनले निचाझोडा सिमसार क्षेत्रलाई व्यवस्थित गरेर निर्माण गरेको तालमा पर्यटकीय आकर्षण बढेको छ ।

प्राकृतिक सिमसारलाई चारैतिरबाट बाँध बाँधेर सामुदायिक वनको बीचमा निर्माण गरिएको उक्त ताललाई ‘फेवाताल’ नामकरण गरिएको छ । सामुदायिक वनको तीन सय ९० हेक्टर वन क्षेत्रमध्ये सिमसार र खाली रहेको ३२ बिघा जग्गामा पर्यटकीय क्षेत्र निर्माण भएको हो । यसमध्ये २० बिघाभन्दा बढी क्षेत्रफलमा ताल रहेको छ ।

पर्यटकको मनोरञ्जनका लागि तालमा छवटा डुङ्गा सञ्चालन गरिएको छ । यस क्षेत्रमा आउने अधिकांश पर्यटकले डुङ्गा सयर गर्ने हुँदा सामुदायिक वनको आम्दानीको स्रोत बढेको वन समितिका अध्यक्ष चन्द्र सिग्देलले बताए । वरिपरि सालको जङ्गल भएको हुँदा तालको वातावरण प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको छ ।

यहाँ वनभोजसहित अवलोकन गर्ने आन्तरिक र विदेशी पर्यटक बढ्ने क्रम छ । यस वर्षको माघ महिनामा ५२ हजार आन्तरिक र विदेशी पर्यटकको आगमन भएको समितिले जनाएको छ । यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाअनुरुप विभिन्न संरचना निर्माण गरिएको उहाँले बताए । आन्तरिक पर्यटकको ओइरो लाग्न थालेपछि साना पसल र खाजाघरहरूको सङ्ख्या पनि बढेको छ । जसबाट स्थानीयको जीविकाका मद्दत पुगेको छ । 

पर्यटकलाई मनोरञ्जनका साथै तालबाट थप आम्दानी आन्तरिक आम्दानी बढाउने उद्देश्यले तालमा यस वर्ष एक लाख माछाको भुरा छाडिएको उनले जानकारी दिए । तालमा पालेको माछा आफैँ बल्छीले मारेर खरिद गर्न सक्ने र त्यहीँ पकाएर खान सक्ने सुविधासमेत पर्यटकलाई उपलब्ध गराइएको हुँदा यस योजनामा समेत पर्यटकको आकर्षण बढेको छ । “तालमा सयर गर्ने अधिकांश पर्यटकले फिसिङ गर्न पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गरेपछि हामीले त्यसको व्यवस्था मिलाएका छौँ”, अध्यक्ष सिग्देलले भने, “फिसिङका लागि भारतको दार्जिलिङ र सिलिगुढीदेखि भारतीय पर्यटकसमेत आउन थालेका छन् ।” 

शनिबार र बिदाका दिन यहाँ पर्यटक खचाखच हुन्छन् । पूर्वपश्चिम राजमार्गको चारआली चोकबाट तीन किलोमिटर दक्षिणमा रहेको यस क्षेत्रलाई अझ व्यवस्थित बनाउन र थप पूर्वाधार निर्माणमा लगानी भइरहेको समितिले जनाएको छ । 

पर्यटकले पोखराको फेवातालकै झल्को पाएको बताउँछन् । “नाम पनि फेवाताल नै राखिएको रहेछ”, साथीसँग घुमफिरका लागि आएको बताउने दमक–४ की प्रमिला सिलवालले भनिन्, “जङ्गलको माझमा ठूलो पोखरीमा डुङ्गा चढ्दा मज्जा लाग्यो । तर वरिपरि ठूला–ठूला रुखको घारी भएको हुँदा डर पनि लाग्यो ।” उनले जङ्गल सफारीमा गएको जस्तो भएको अनुभूति सुनाईन् । 

यहाँको ताल छेउको खुला ठाउँमा पर्यटकलाई बस्नका लागि छवटा गोलघर निर्माण गरिएको छ । पछिल्लो समय पर्यटकको आगमन ह्वात्तै बढेसँगै वन समितिले २० वटा गोलघर थप्ने योजना बनाएको अध्यक्ष सिग्देलले बताए ।

स्थानीय तह र वन समूहको करिब रु दुई करोड ५० लाख बजेट यस पर्यटकीयस्थलको निर्माण, व्यवस्थापन र पूर्वाधार निर्माणमा लगानी भइसकेको छ । सिमसारलाई उत्खनन गरेर तालको क्षेत्रफल बढाइएको छ भने यहाँ सडक, विद्युत्, पिउने पानीलगायतको सुविधा पुर्याइएको छ । ताल क्षेत्रमा पर्यटकलाई मनोरञ्जनका लागि दुईवटा आकर्षक पुल निर्माण गरिएको छ । आकर्षण प्रवेशद्वारसहित २० फिटे अग्लो सुरक्षित पोस्ट, तारजालीको घेराबेरा र सुन्दर बगैँचा निर्माण गरिएको छ । 

मेचीनगर–१३ वडा कार्यालयले पटकपटक गरेर रु २७ लाख र मेचीनगर नगरपालिकाले फलामे पुल निर्माणका लागि १५ लाख बजेट विनियोजन गरेको छ भने अन्य लगानी सामुदायिक वनको आन्तरिक स्रोतबाट जुटाइएको बताइएको छ । कोशी प्रदेश सरकारबाट पानीको फोहोरा र चिल्ड्रेन पार्क निर्माण गर्न प्राप्त रु २५ लाख र जलाधार संरक्षणका लागि वन मन्त्रालयबाट २५ लाख बजेट विनियोजन भएको समेत समितिले जनाएको छ ।

पर्यटकका लागि यस क्षेत्रमा ढिकी, जाँतो, ठेकीलगायत लोपोन्मुख वस्तुहरूको संरक्षण गरेर सङ्ग्रहालय राख्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ निर्माण गर्ने, स्थानीय संस्कृति झल्किने गरी विभिन्न समुदायका मठमन्दिर, गुम्बा एव धार्मिक संरचनाको निर्माण गर्ने समितिको भावी योजना रहेका अध्यक्ष सिग्देलले बताए । “एग्रो टुरिजमको रूपमा समेत यसलाई विकास गर्ने भावी योजना छ”, उनले भने ।

झापाका ५९ वटा सामुदायिक वनमध्ये ३५ वटाले पर्या–पर्यटन क्षेत्रको योजनाबद्ध विकास गरिरहेको वन डिभिजन कार्यालय झापाका अधिकृत ऋषि पराजुलीले जानकारी दिए । उनले चौतर्फी सम्भावनायुक्त हातेमालो वनभित्रको निचाझोडा सिमसार पर्या–पर्यटन क्षेत्रलाई व्यवस्थित विकास गरेर देशकै नमूना बनाउन सकिने बताए ।

विसं २०३५ अघि सिमसार क्षेत्रमा राजवंशी, धिमाल समुदायले झाँडी फाँडेर बसोबास पनि गरेका थिए । सिमसार क्षेत्र भएकाले यहाँ अन्यसँगै झिँगे माछा बढी नै पाइन्थ्यो । त्यसैले राजवंशी समुदायले यस क्षेत्रको नाम निचा–झोडा राखेको जनश्रुति छ । पछि चारआलीमा नेपाली सेनाको ब्यारेक स्थापना भएपछि सेनाले वनको रेखदेख गर्ने जिम्मेवारी पाएको थियो ।   

ब्यारेक वरिपरिको जमिनमा वनभित्रको, ऐलानी जग्गा, स्कुलको जमिनमा खनजोत गर्दै नेपाली सेनाको खाद्यान्न जोहो गथ्र्यो । सिमसार क्षेत्र वरपर पनि सेनाले नै खनजोत गर्दै आएको थियो । विसं २०६३ मा देशभरि वनको रेखदेख गर्न समुदायलाई जिम्मा दिने सरकारी नीति बनेपछि हातेमालो सामुदायिक वन उपभोक्ता समूह गठन भएको हो ।

वनमा तत्काल स्थानीय अर्जुन थेवेको संयोजकत्वमा समिति गठन गरिएको थियो । त्यसपछि स्थानीय जयप्रसाद थेवे अध्यक्ष हुँदै आर्थिक वर्ष २०७२÷७३ मा विदुर शिवाकोटीको अध्यक्षतामा बनेको कार्यसमितिले निचाझोडा सिमसारलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरेको हो ।

यस क्षेत्रमा राजवंशी समुदायले दुर्गा र कालिको प्रतिमा स्थापना गरेर धार्मिक विधिअनुसार पूजाअर्चना गर्दै आएको छ । अन्य जाति र धर्मका सम्प्रदायले धार्मिकस्थल निर्माणका लागि वन समितिसँग स्थान माग्दै आएका छन् ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending